logo

व्यापार वार्ताका लागि अमेरिकी प्रस्ताव चीनद्वारा स्वागत

 

 

 

बेइजिड., भदौ २९
केही समयदेखि अमेरिका र चीनबीच व्यापारिक विवाद चुलिँदै गएको अवस्थामा अमेरिकाले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई चीनले स्वागत गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीचको विवादले व्यापार युद्धकै रुप लिने अनुमान गरिएको थियो । महिनौंदेखि चीन र अमेरिकाले एक अर्का विरुद्ध प्रतिशोध स्वरुप करबृद्धिको घोषणा गरिरहेका थिए । तर बुधबार अमेरिकी अर्थमन्त्री स्टीभेन मुन्चिनले व्यापार विवादका विषयमा छलफल गर्न उच्च चिनियाँ अधिकारीलाई वासिङ्टन आमन्त्रण गरेका छन् । ‘चिनियाँ पक्षको के विश्वास छ भने व्यापारिक विवाद बढ्दै गएमा त्यो कुनै पनि पक्षको हितमा हुने छैन’, बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले बताए । ‘बेइजिङले अमेरिकाको निमन्त्रणा प्राप्त गरेको साँचो हो र त्यसलाई हामीले स्वागत गरेका छौं, गाओले भने । उनले दुवै पक्षले छलफलमा उठाइने खासखास विषयमा कुराकानी अगाडि बढाइसकेको जानकारी पनि दिए ।

चीनमा रहेका अमेरिकी कम्पनीमाथि अमेरिकी करवृद्धिको असर पर्न थालेको समाचार आएसँगै अमेरिकाले वार्ताका लागि आमन्त्रण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने ५०० अर्ब अमेरिकी डलरबराबरको आयातमा करवृद्धि गर्ने चेतावनी दिएको एक सातापछि नै अर्थमन्त्री मुन्चिनको नयाँ वार्ता प्रस्ताव आएको छ । वार्ताको प्रस्ताव सार्वजनिक भएलगत्तै एसियाली सेयरबजारमा सकारात्मक प्रभाव परेको छ । साताका पूरै छ दिन ओरालो लागेको हङकङ सेयरबजारमा सुधार आई २.५ प्रतिशत विन्दुले वृद्धि भएको छ भने साङ्घाई सेयरबजारमा एक प्रतिशतले वृद्धि भएको छ । ट्रम्पले पहिलो चरणमा करिब ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करवृद्धिको घोषणा गरिसकेका छन् । करवृद्धिको चपेटामा उच्च प्रविधिका पार्टपुर्जा र उत्पादित सामग्री छन् । बेइजिङले समेत प्रतिशोधस्वरुप सोही रकमबराबरको अमेरिकी सोयाबिन, सवारीसाधन र अन्य कृषिजन्य वस्तुमा करवृद्धि गरेको छ ।

ह्वाइट हाउसका वरिष्ठ आर्थिक सल्लाहकार ल्यारी कुड्लोले फक्स न्यूज नेटवर्कसँगको कुराकानीमा भने, ‘अर्थमन्त्री मुन्चिनले निमन्त्रणा दिनु भएको छ । संवादहीन हुनुको साटो कुराकानी गर्नु नै राम्रो हो । त्यसैले यो मलाई राम्रै लागेको छ ।’ अमेरिकी राष्ट्रपतिले थप २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करबृद्धि गर्ने चेतावनी दिइरहेको अवस्थामा दुई देशका अधिकारीबीच हुने वार्तामा यस विषयले पनि प्राथमिकता पाउने सम्भावना छ । अमेरिकाले करवृद्धिको घोषणा गरे बेइजिङले पनि करिब ६० अर्ब डलरबराबरका अमेरिकी सामानमा २५ प्रतिशत करवृद्धि गर्ने चेतावनी यसअघि नै दिइसकेको छ । दुवै देशका व्यवसायीहरुले वासिङटनलाई करवृद्धिका सम्बन्धमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् । आधाभन्दा बढी अमेरिकी कम्पनीहरुले व्यापारिक विवाद बढ्दै गएपछि पछिल्ला दिनहरुमा अमेरिकी कम्पनीमाथि कडा नियमन गर्ने, निरीक्षण गर्ने तथा भन्सारमा विलम्ब गर्नेजस्ता दुःख दिनथालेको एक सर्वेक्षणमा देखिएको छ । (रासस/एएफपी)

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बेलायतको मुद्रास्फीतिदर छ महिनायताकै उच्च

बेलायतको मुद्रास्फीतिदरको नतिजा अगष्ट महिनामा छ महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । सो महिनामा...

२०२२ सम्ममा जर्मनीमा १० लाख विद्युतीय कार

जर्मनीले आफ्नो मुलुकमा विद्युतीय कारमा उल्लेख्य वृद्धि हुनसक्ने एक विवरणले देखाएको छ । विश्लेषकहरुले सन् २०२२...

थाइल्याण्ड–इरान व्यापार बढ्यो

इरानको थाइल्याण्डसँगको व्यापारमा उल्लेख्य सुधार आएको छ । यस वर्षको सुरुवाती पाँच महिनाको अवधिमा इरानको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै