logo

सुडानको पहाडी इलाकामा पहिरो जाँदा २० जनाको मृत्यु

 

 

 

खार्तुम, भदौ २९
सुडानको युद्धग्रस्त क्षेत्र डार्फरको पहाडी इलाकामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको एक विद्रोही समूहले बुधबार जानकारी दिएको छ । गत सेप्टेम्बर ७ मा डार्फरको जेबेल मार्रा क्षेत्रको पहाडी इलाकामा ठुल्ठूला ढुङ्गासहितको पहिरो झरेका कारण घरहरु पुरिएका र अरु कैयौं व्यक्ति पुरिएको आशा गरिएको छ । डार्फरको जेबेल मर्रा क्षेत्र बिद्रोही समूह ‘सुडान लिबरेसन आर्मी–अब्दुल वाहिद (एसएलए–एडब्लू)’ को नियन्त्रणमा रहेको छ । सोही कारण त्यहाँबाट स्वतन्त्र रुपमा सूचना प्राप्त गर्न पनि कठिन भएको अधिकारीहरुले बताएका छन् । शुरा परिषद्का महासचिव अमिन महमुद ओस्मानले खुला आकाशमुनि बस्न बाध्य मानिसहरुका लागि आश्रयस्थल उपलब्ध गराउन र हराइरहेका मानिसको खोजी गर्न राष्ट्रसघं गैरसरकारी संस्था एवं सुडान सरकारसमक्ष आग्रह गरे ।सीमान्तकृत समुदायलाई बेवास्ता गरिएको आरोपमा सन् २००३ बाट डार्फरमा सुडान सरकारको विरोधमा विद्रोह सुरु भएको थियो । संयुक्त राष्ट्रघका अनुसार सुडानमा जारी पछिल्लो द्वन्द्वका कारण तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैगरी यस द्वन्द्वमा परी २५ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । (रासस/एएफपी)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पाकिस्तानद्वारा साउदी अरबसँग एक अर्ब डलर कर्जा स्वीकार : स्टेट बैंक

साउदी अरबबाट ‘व्यालेन्स अफ पेमेन्ट’ सहयोग अन्तर्गत पाकिस्तानलाई दिने भनिएको तीन अर्ब अमेरिकी डलरमध्ये पहिलो...

अध्यक्ष गोसनको पक्राउपछि निस्सान र मित्सुबिसीको सेयरमा गिरावट

जापानी कार कम्पनी निस्सान र मित्सुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ...

द्वन्द्वग्रस्त यमनलाई ५० करोड डलर सहयोगको घोषणा

यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै