logo

माछापुच्छ्रे बैंकद्वारा ग्राहकलाई बीमा रकम भुक्तानी

 

 

 

काठमाडौं, भदौ २९
माछापुच्छ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमाअन्तर्गत ४३ हजार आठ सय ८६ रुपैयाँ भुक्तानी गरको छ । त्यातले तीन महिनाअघि माछापुच्छ्रे बैंकको भक्तपुर शाखामा स्मार्ट बचत खाता खोलेकी थिइन् । पाँच हजार न्यूनतम मौज्दात राखी खोल्न मिल्ने स्मार्ट बचत खातामा ग्राहकहरुले पाँच लाखसम्मको दुर्घटना बीमा, एक लाखसम्मको अस्पताल भर्ना खर्च र पाँच हजारसम्मको औषधी खर्च जस्ता सुविधाहरु निःशुल्क पाउँदै आएका छन् । स्मार्ट बचत खाता खोलेकी त्यातले अस्पताल भर्ना खर्चको दाबी गरी उक्त रकम प्राप्त गरेकी हुन् । त्यातले आफ्नो उपचार खर्च बैंकबाट फिर्ता पाएकोमा विश्वास नै नलागेको बताइन् । बैंकले अब बचत खातामा प्रदान गर्दै आएको ब्याजदर वृद्घि गरी सात प्रतिशत पु¥याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा पाँचदेखि अधिकतम सात प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा सात प्रतिशत ब्याजदर पाउन सक्नेछन् ।

यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएको अन्य सुविधासहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन् । मुद्दति निक्षेपमा पनि बैंकले १० दशमलव पाँच प्रतिशतसम्मको उत्कृष्ट ब्याजदर दिँदै आएको छ । बैंकले स्मार्ट बचत खोलेबापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ, निःशुल्क एमबीएल मोबाइल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर सुविधा, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क सि–आश्वा सुविधा र निःशुल्क अन्तर्शाखा कारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदान गर्दै आएको छ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, दुई वटा एक्सटेन्सन काउन्टरहरुलगायत २८ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा एक सय १६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ । (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

एभरेष्ट बैंकका कर्मचारीले देखाए प्रतिभा

एभरेष्ट बैंकका कर्मचारीहरुले आफ्नो प्रतिभा देखाएका छन् । बैंकले यस वर्ष आफ्नो २५ वर्षको यात्रा विभिन्न...

हिमालयन बैंकद्वारा मोबाइल बैंकिङ एप सुरु

हिमालयन बैंक लिमिटेडले औपचारिकरुपमा मोबाइल बैंकिङ एप सुुुरु गरेको छ । बैंकद्वारा आयोजित पत्रकार भेटघाट...

सेयर बजारमा आठ दशमलव ३६ अंकले गिरावट

सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि गिरावट आएको छ । यसदिन सेयर बजार परिसूचक आठ दशमलव ३६ अंकले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै