logo

सेयरबजारमा १४ दशमलव १३ अङ्कको वृद्धि

कारोबार रकम झण्डै ७२ करोड नाघ्यो

 

 

 

काठमाडौं, भदौ २९
धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार पनि सुधार आएको छ । यसदिन धितोपत्र बजार परिसूचक १४ दशमलव १३ अंंकले उकालो लागेर १२ सय ४४ दशमलव ८४ अंकमा पुुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४७ अंकले उकालो लागेर दुुई सय ६४ दशमलव २७ अंकमा पुुगेको छ । यसदिन कुुल एक सय ७३ कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार सात हजार चार सय ३६ वटा कारोबारमा २७ लख ११ हजार एक सय १० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ७२ करोड ९८ लाख पाँच हजार पाँच सय ४६ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन १० वटा समूहको कारोबार भएकोम सातवटा समूहको सूचक बढेर हरियो भए पनि तीनवटा समूहको सूचक घटेर रातो भएको छ । वाणिज्य बैंक समूहको सूचक १६ दशमलव दुुई अंकले उकालो लागेर एक हजार ९२ दशमलव ९३ अंकमा पुुगेकोमा ४८ करोड ८४ लाख २९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

 

विकास बैंक समूहको सूचक पनि ११ दशमलव २७ अंकले उकालो लागेर १४ सय ९३ दशमलव ४९ अंकमा पुुगेकोमा पाँच करोेड आठ लाख ८६ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ । यसदिन जलविद्युुत् समूहको सूचक पनि चार दशमलव ५३ अंकले उकालो लागेर १३ सय ९२ दशमलव ४९ अंकमा पुुगेकोमा दुुई करोड १२ लाख १७ हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी होटल, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको कारोबार सूचक पनि क्रमशः ३२ दशमलव १९, दुुई दशमलव दुुई, दुुई दशमलव छ र २२ दशमलव २९ अंकले बढेका छन् । यसदिन निर्जीवन बीमा समूहको सूचक भने ४१ दशमलव ४१ अंकले ओरलो लागेर पाँच हजार आठ सय ३३ दशमलव ४४ अंकमा पुुगेकोमा दुुई करोड ६३ लाख ६६ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । जीवन बीमा समूहको सूचक पनि ११ दशमलव १८ अंकले ओरालो लागेर पाँच हजार पाँच सय ७२ दशमलव २१ अंकमा पुुगेकोमा दुुई करोड २४ लाख ७६ हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ ।

 

यसैगरी लघुुबित्त समूहको सूचक पनि शून्य दशमलव ६९ अंकले ओरालो लागेर १५ सय २९ दशमलव ५२ अंकमा पुुगेकोमा चार करोड ४८ लाख ७८ हजार दुुई सय रुपैयाँको सेयर किनबेच भएको छ । यस दिन कमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ७७ पैसाले बढेर चार सय ७२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको तिनाउ विकास बैंकको सेयर मूल्य छ रुपैयाँ ९० पैसाले बढेर एक सय ८६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुुमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको भार्गभ विकास बैंकको सेयर मूल्य चार रुपैयाँ ५४ पैसाले घटेर एक सय २६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य तीन रुपैयाँ ३३ पैसाले घटेर नौ सय ८५ रुपैयाँमा किनबेच भएको छ । यी बाहेक हिमालयन पावर पार्टनर, कामना सेवा विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन रकम कारोबारका आधारमा अग्रस्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ५५ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ९४ लाख ५१ हजार छ सय २९ रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी एनआईसी एसिया बैंकको पनि प्रतिकित्ता चार सय १३ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ४९ लाख ६९ हजार नौ सय ४३ रुपैयाँको सेयर किनबेच भएको छ ।  (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

एभरेष्ट बैंकका कर्मचारीले देखाए प्रतिभा

एभरेष्ट बैंकका कर्मचारीहरुले आफ्नो प्रतिभा देखाएका छन् । बैंकले यस वर्ष आफ्नो २५ वर्षको यात्रा विभिन्न...

हिमालयन बैंकद्वारा मोबाइल बैंकिङ एप सुरु

हिमालयन बैंक लिमिटेडले औपचारिकरुपमा मोबाइल बैंकिङ एप सुुुरु गरेको छ । बैंकद्वारा आयोजित पत्रकार भेटघाट...

सेयर बजारमा आठ दशमलव ३६ अंकले गिरावट

सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि गिरावट आएको छ । यसदिन सेयर बजार परिसूचक आठ दशमलव ३६ अंकले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै