logo

मेटलाइफ नेपाललाई अन्तर्राष्ट्रिय बिजनेस अवार्ड

 

 

काठमाडौं, भदौ २९
मेटलाइफ नेपालले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । कम्पनीले वेष्ट न्यु प्रडक्ट अर सभिस–फाइनान्सियल सर्भिसको विधाअन्तर्गत ‘सिल्भर स्टिभी’ अवार्ड जितेको हो । वित्तीय सेवाको विधामा नवीनता र उत्कृष्टताका लागि लाइफ केयर लाई ‘सिल्भर स्टिभी’ अवार्डबाट सम्मानित गरिएको थियो । नेपालमा लाइफ केयर यस प्रकृतिको पहिलो बीमा योजना हो । यसमा जीवनको क्षति, अप्रत्यासित घटना र गम्भीर रोगको पहिचानबापत विस्तृत वित्तीय सुरक्षा प्रदान गरिन्छ । यस योजनामा खासगरी लाइफ केयर ब्युटिफुल नामक महिलालाई मात्र लागू हुने योजना उपलब्ध छ जसअन्तर्गत जीवनको क्षति तथा महिला केन्द्रित रोगहरु जस्तै स्तन क्यान्सर, पाठेघरको क्यान्सरलगायत महिलालाई मात्र हुने १० वटा रोगहरु बापत सुरक्षण प्रदान गर्दछ । लाइफ केयरको एउटा भिन्न विशेषता भनेको उपचार खर्च र गम्भीर रोग पत्ता लागेको अवस्थामा स्याहारका लागि लाग्ने खर्चबापत एकमुष्ठ रकम अग्रिम भुक्तानी हुनु हो । कुनै कुनै अवस्थामा यस योजनाअन्तर्गत बीमितले उक्त रकमलाई उपचारका लागि प्रयोग गर्नुका साथै आफू काममा नफर्कुन्जेलसम्मका लागि उक्त अवधिमा हुने आयको नोक्सानीलाई पूर्ति गर्नका लागि समेत प्रयोग गर्न सक्दछन् । लाइफ केयर फेब्रुरीबाट सुरु गरिएकोमा पहिलो छ महिनाको अवधिमा २५ सयभन्दा बढी बीमा लेख बिक्री भइसकेको छ । (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

एभरेष्ट बैंकका कर्मचारीले देखाए प्रतिभा

एभरेष्ट बैंकका कर्मचारीहरुले आफ्नो प्रतिभा देखाएका छन् । बैंकले यस वर्ष आफ्नो २५ वर्षको यात्रा विभिन्न...

हिमालयन बैंकद्वारा मोबाइल बैंकिङ एप सुरु

हिमालयन बैंक लिमिटेडले औपचारिकरुपमा मोबाइल बैंकिङ एप सुुुरु गरेको छ । बैंकद्वारा आयोजित पत्रकार भेटघाट...

सेयर बजारमा आठ दशमलव ३६ अंकले गिरावट

सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि गिरावट आएको छ । यसदिन सेयर बजार परिसूचक आठ दशमलव ३६ अंकले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै