logo

साक्षरतामा नेपालको स्थिति

 

 

विश्वनाथ खरेल
भनिन्छ, विद्या धनम् सर्वधनम् प्रधानम् त्यसैले होला हरेक वर्षको सेप्टेम्बर ८ तारिखका दिन विश्व साक्षरता दिवस मनाइन्छ । यसरी सन् १९६५ मा यूनेस्कोले प्रत्येक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको थियो र यसपटक पृथ्वीमा ५१ औं साक्षरता दिवस मनाइयो । यसर्थ साक्षरताको ग्लोवल मनिटरिङ रिपोर्टका अनुसार संसारका प्रत्येक पाँचमध्ये एक जना पुरुष र दुई तिहाइ महिलाहरु अझै पनि असाक्षर छन् र अझ भन्ने हो भने धेरैको अत्यन्त न्यूनस्तरको साक्षरता सीपहरु रहेका छन् । धेरै जना बालबालिकाहरु अझै पनि स्कुल जान पाउँदैनन् र पाउनेहरु पनि दैनिक स्कुल जान सक्दैनन, पश्चिमी र दक्षिणी एसियालगायतका देशहरु साक्षरता दरमा अझै कमजोर देखिन्छन् । विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरुले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस विभिन्न कार्यक्रमहरु तय गरी स्वस्फूर्त रुपमा मनाउने गर्दछन् । यस साक्षरता दिवसले संसारभरिका स्कुल, पाठशाला, समुदाय र विभिन्न संस्थाहरुले यसैमार्फत साक्षरताको अभियान फैलाउने कार्य तगारुकका साथ अगाडि बढाउने जमर्काे गरेका छन् । सबैजना साक्षर हुने उनीहरुको नैसर्गिक अधिकार पनि हो । यसै सिलसिलमा हाम्रो देशको पनि कुरा गर्ने हो भने पनि शिक्षाको उज्यालो ज्योतिबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उक्ति सार्थकता पाउन सकेको छैन । साथै मानव एक विवेकशील तथा चेतनशील प्राणी हो ।

यसै क्रममा सृष्टिको मिर्मिरेदेखि नै शिक्षाको क्रमिक विकास हुँदै आएको छ । गुणस्तर शिक्षाबाट नै विभिन्न किसिमका वैज्ञानिक चमत्कारको साथसाथै चन्द्रलोकदेखि लिएर मंगल ग्रहमा समेत बसोबासको तयारी भइसकेको छ । आज पृथ्वीको दूरी एकातिर साँगुरिएको छ भने अर्कोतिर मनुष्यको विचारधाराले पृथ्वी, जल, वायु, आकाश, तेज आदिलाई विजय प्राप्त गरी अगाडि बढीसकेको छ । यसै परिप्रेक्ष्यमा शिक्षाविनाको मानिस पशुतुल्य हुने कुरा स्वभाविक रहेको छ । जसरी पानीविनाको माछा जीवित रहन सक्दैन त्यस्तैगरी शिक्षाविनाको मानिसको कुनै औचित्य रहँदैन । शिक्षा भन्ने वस्तु त्यस्तो किसिमको वस्तु हो जसले अन्धकारलाई नास गरी प्रकाश दिने काम गर्छ । शैक्षिक क्षेत्रको विकासको लागि प्रत्येक राष्ट्रले आ–आफ्नो किसिमको कार्यक्रमहरु तय गरिएको हुन्छ । यसरी संसारभरिका विभिन्न राष्ट्रहरुले आ–आफ्नो किसिमले विश्व साक्षरता दिवस मनाउँदै आएका छन् । साक्षरताको प्रतिशतलाई सरसर्ती हेर्दा विकसित देशहरुमा निकै उच्च प्रतिशत रहेको छ भने विकासशील राष्ट्रहरुमा यसको न्यून प्रतिशत मात्र साक्षरता रहेको पाइन्छ । त्यस्तैगरी साक्षरतालाई सार्क राष्ट्रलाई अवलोकन गर्ने हो भने सबैभन्दा बढी माल्दिभ्स ९९ प्रतिशत छ भने सबैभन्दा कम अफगानिस्तानमा २८ दशमलव एक प्रतिशत रहेको छ ।

अरु देशमा भने क्रमशः श्रीलंका ९८, भारत ७४ दशमलव चार प्रतिशत, बंगलादेश ७०, पाकिस्तान ६९, नेपाल ६५ दशमलव नौ प्रतिशत र भुटान ५२ दशमलव आठ प्रतिशत साक्षरता रहेको छ । अज्ञान र अन्धविश्वासले पीडित समाज पछौटेपनको सिकार हुन पुग्दछ भने आफ्ना श्रम र साधन पनि सही रुपमा परिचालन गर्न नसकेको देखिन्छ । प्रभावकारी रुपमा कार्यक्षेत्रमा उत्रिन नसकेको समाज आर्थिक दृष्टिकोणले अविकसित नै रहन सक्छ । कुनै पनि समाजको उन्नति तथा उत्थानको लागि शिक्षा नै एक प्रभावकारी माध्यम मानिन्छ । यति मात्र नभई स्वच्छ राष्ट्रिय चरित्रको निर्माणको लागि एक सशक्त माध्यमको रुपमा पनि शिक्षालाई लिन सकिन्छ । अतः शिक्षा विकासको माध्यम मात्र नभई परिवर्तनको साधन र प्रजातन्त्रको आधारशीला पनि हो । नेपालको शैक्षिक इतिहासलाई राम्ररी अध्ययन गर्दा खास गरी वि.सं. २००७ सालदेखि शिक्षा क्षेत्रमा क्रमिक रुपमा विकास भएको पाइन्छ । हुन त राणाकालमा पनि विद्यालयहरुको स्थापना नभएका होइनन् ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाबाट बेलायतको भ्रमणपछि वि.सं. १९१० सालमा दरबार हाई स्कुल र वि.सं. १९३४ सालमा प्रधानमन्त्री रणोद्विपको शासनकालमा रानीपोखरी संस्कृत पाठशालाको स्थापना भएको थियो । यसैगरी वि.सं.१९६८ सालमा स्थापित मटिहानी संस्कृत विद्यालय र दिङ्गलामा खोलिएको संस्कृत पाठशाला आज पनि सञ्चालित छन् । त्यसैगरी तत्कालीन प्रधानमन्त्री देवशमशेर राणाको पालामा नेपाली भाषाको माध्यममा प्राथमिक तहसम्म शिक्षा दिने व्यवस्था भएको थियो । वि.सं.१९९० सालतिर एसएलसी बोर्डको स्थापना भयो र हाई स्कुलस्तरका विद्यार्थीहरुका अन्तिम परीक्षा त्यस बोर्डले सञ्चालन गर्न थाल्यो । यसरी उच्च शिक्षातर्फको विकासको क्रममा वि.सं. १९७५ सालमा त्रिचन्द्र कलेजको स्थापना भएदेखि सुरु भएको देखिन्छ । यसमा सुरुमा आइएको कक्षा सञ्चालन भएको र पछि विस्तारै आइएस्सी, बिएस्सी र अन्य कक्षाहरुको सञ्चालन वि.सं. २००४ सालपछि भएको थियो । यसरी उच्च शिक्षा प्राप्त गराउने महान उद्देश्यलाई ध्यानमा राखी तत्कालीन स्व. श्री ५ जिज्यू मुमा कान्छा बडामहारानी ईश्वरी राज्यलक्ष्मी देवीशाह सरकारका सत्प्रयासबाट वि.सं. २०१६ साल असार ३० गते त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो । शिक्षा क्षेत्रमा भएका कतिपय समस्या र चुनौतीहरूको उदाहरणीय रूपमा सम्बोधन हुन सकेका छैनन् । सङ्घीय कानुनको अभाव, अस्थायी शिक्षक तथा कर्मचारीको दिगो व्यवस्थापन चुक्नु, भूकम्प तथा बाढी पहिरोबाट भएको क्षतिको सम्बोधन, निजी विद्यालयको नियमन, पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको पर्याप्त उपलब्धता, शिक्षक दरबन्दीको न्यायोचित वितरण, विद्यार्थीको न्यून उपलब्धि स्तर, विद्यालय छाड्ने, तथा चरम स्वार्थी राजनीति हाबी आदि वर्तमानमा शिक्षाका जल्दाबल्दा चुनौतीहरू हुन् । यसरी प्राथमिकदेखि उच्च शिक्षासम्म झण्डै ९० लाख विद्यार्थी र तिनीहरूको करोडको हाराहारीमा हुने अभिभावक, पाँच लाख शिक्षक, कर्मचारीलगायत अन्य सरोकार पक्षसमेतको आँकडाको हिसाबले लगभग सबै नेपाली परिवारको शिक्षा दिवसमा प्रत्यक्ष परोक्ष सहभागिता हुनसके मात्र शिक्षा दिवसले सार्थकता पाउन सक्छ ।

अहिले साक्षर नेपालको नारासहित साक्षरता प्रतिशत बढाउने विभिन्न नीति र कार्यक्रम सघन रूपमा सञ्चालन हुँदै आएका छन् । पछिल्लो शैक्षिक तथ्यांकअनुसार शिक्षाको विकास र विस्तार उत्साहजनक भएको पाइन्छ तर जस पाउनेगरी गुणात्मक उपलब्धिका लागि अझै समय र स्रोत खर्चिनुपर्ने देखिन्छ । अन्त्यमा भन्नुपर्दा आधुनिक विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिए पनि विश्वभरि लगभग ७७ करोडभन्द बढी मानिसहरु सामान्य लेखपढ गर्ने सिप नभएका भन्ने स्पष्ट तथ्य विभिन्न अध्यनहरुले देखाउँदछ । यसर्थ हाम्रो देशको सन्दर्भमा भन्ने हो भने १५ देखि ५९ वर्ष उमेर समूहका निरक्षरलाई दुई वर्षभित्र पढ्न र लेख्न सक्ने बनाउने उद्देश्यले २०६५ मा राष्ट्रिय साक्षरता अभियान सुरु भएको थियो । त्यसयता ४७ जिल्ला मात्र साक्षर घोषित भएका छन् । यसका लागि सात अर्बभन्दा बढी रकम खर्च भइसकेको छ । यसैअनुसार दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारी घोषणा १० वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार ३० जिल्लाका ३ लाख सर्वसाधारण अझै साधारण लेखपढसम्म गर्न सक्दैनन् ।

२०६७ भित्रै साक्षर नेपाल घोषणा गर्न दुई अर्बभन्दा बढी बजेट विनियोजन गरेर अभियान चलाइयो । उक्त अवधिमा एउटा जिल्लाले पनि लक्ष्य पूरा गर्न सकेनन् । २०६७ मा पुनः अभियान घोषणा गरियो जसमा घरधुरी सर्वेक्षण गर्दा ५१ लाख ७३ हजार नौ सय ७९ जना निरक्षर भेटिएका थिए । हाम्रा छेउछाउमा बसोबास गरिरहेका हरेक उमेरसमुहका कोही न कोही असाक्षर सजिलै भेटिन्छन् । यसरी शैक्षिक क्षेत्रमा देखा परेका केही कमी कमजोरीहरुलाई समयमै सुधार गरिनु पर्ने हुँदा शैक्षिक स्थिति खस्कँदो अवस्थाबाट जोगाउन सकिन्छ । शिक्षा क्षेत्रमा साक्षरता प्रतिशतलाई क्रमशः बढाउँदै लैजानको लागि विभिन्न राष्ट्रहरुले आफ्नो क्षेत्रमा सक्दो पहल गर्दै आएका छन् । राष्ट्रिय साक्षरता अभियानले दुई वर्षभित्र देशबाट निरक्षरता उन्मूलन गर्ने कार्यक्रम ०६९ देखि ०७२ सालसम्म सञ्चालनमा ल्याएको थियो ।

यो कार्यक्रमबाट ४७ लाख ८८ हजार निरक्षर साक्षर भए । २००७ सालसम्म नेपालको साक्षरता दर दुई प्रतिशत मात्र थियो । शिक्षा मन्त्रालयको भनाइअनुसार अहिले यो ९० प्रतिशतभन्दा बढी पुगेको दाबी गरे पनि कतिपय सरकारी निकायले ६५ प्रतिशत मात्रै रहेको जनाएका छन् । यसैगरी २०५८ को जनगणनामा साक्षरता प्रतिशत ५४ दशमलव एक प्रतिशत थियो । त्यतिबेला महिला ४२ दशमलव आठ प्रतिशत र पुरुष ६५ दशमलव पाँच प्रतिशत साक्षर थिए । यसमा सहरी क्षेत्रको ७१ दशमलव नौ प्रतिशत छ भने ग्रामीण क्षेत्रको ५१ प्रतिशत रहेको थियो । २०६८ सालमा साक्षरता दर ६५ दशमलव नौ प्रतिशत पुगेको थियो । यसमा महिला ५७ दशमलव चार र पुरुष ७५ दशमलव एक प्रतिशत छन् । यसमा पनि सहरी क्षेत्रको साक्षरता ८२ दशमलव दुई प्रतिशत छ भने ग्रामीण क्षेत्रको ६२ दशमलव पाँच प्रतिशत रहेको छ । यस अर्थमा सम्बन्धित निकायले आफ्ना मातहातका स्कुल कलेज तथा निजी विद्यालयको पठन–पाठनमा संख्यात्मक शिक्षालाई भन्दा गुणात्मक शिक्षालाई बढी महत्व दिई अगाडि बढेमा शिक्षाको गुणस्तरमा क्रमिक रुपमा सुधार भई साक्षरता प्रतिशतमा वृद्धि हुने कुरामा कसैको दुई मत नहोला ।  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्वपीडितलाई भएन न्यायको अनुभूति

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न पाएका...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै