logo

मकालु यातायातको टिकट अब अनलाइनबाट काट्न सकिने

 

 

काठमाण्डौं, भदौ २९
नेपालको पूर्वी क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको मकालु यातायातको टिकट अबदेखि अनलाइनबाट काट्न सकिने भएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै यात्रुलाई टिकट काट्न सहज होस् भन्ने उद्देश्यले माउन्ट मकालु यातायात प्रा.लि.ले बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट काट्न सकिने सेवा सुरू गरेको हो । अनलाइन टिकटिङ सेवासँगै अबदेखि पूर्वी नेपालका झापा, मोरङको बिराटनगर, धरान, ताप्लेजुङ, जनकपुरलगायतका क्षेत्रमा अनलाइनबाटै टिकट काटेर यात्रा गर्न सकिनेछ । कम्पनीले राजधानीमा एक कार्यक्रमको आयोजना गरी अनलाइन टिकटिङ सेवाको औपचारिक सुरूवात गरेको हो । कार्यक्रममा माउन्ट मकालु यातायात प्रा.लि.का अध्यक्ष तुलसीमान सिंहले विश्वमा मात्र नभएर नेपालमा पनि अहिले प्रविधिको प्रयोग बढिरहेको र हरेक क्षेत्र प्रविधिको प्रयोग गरेर अगाडि बढिरहेका बेला यातायात क्षेत्रलाई पनि प्रविधि मैत्री बनाई यात्रुलाई सहजता प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले अनलाइन टिकटिङको सेवा सुरू गरेको बताए ।

कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले नेपालको यातायात क्षेत्रलाई डिजिटलाइज बनाउनुपर्छ भन्ने उद्देश्यले करिब चार वर्षअगाडि बससेवा डटकमको स्थापना गरेको जानकारी दिए । यही क्रममा पूर्वी नेपालमा उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको मकालु यातायातसँग सहकार्य गरेको उनले बताए । यात्रुहरूले माउन्ट मकालु यातायातको आधिकारिक वेबसाइट माउन्ट मकालु डटकम अथवा बससेवाको वेबसाइट बससेवा डटकम तथा बससेवाको मोबाइल एप्सबाट सिधै टिकट काट्न सक्नेछन् । यसैगरी इसेवाको वेबसाइट तथा मोबाइल एप्लिकेसनबाट समेत टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोलछिमेकमा रहेका इसेवाका जोन तथा प्वाइन्टबाट टिकट काट्न सकिनेछ । साथै निकट भविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत समेत टिकट काट्न सकिनेछ । करिब २२ वर्ष अगाडि स्थापना भएको माउन्ट मकालु यातायात प्रा.लि. पूर्वी नेपालमा यात्रुहरुको पहिलो रोजाइको यातायात कम्पनी बन्न सफल भएको कम्पनीको भनाइ छ । यो अविधसम्म ५० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेकोे यो यातायात कम्पनीले समय र यात्रुको मागसँगै डिलक्स र एसी गाडीमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स, हाइसलगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ को तयारी पूरा, आज उद्घाटन

आज बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जेम फ्लोरिङको प्रस्तुतिमा आयोजना हुने फर्निचर तथा फर्निसिङ...

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गतेसम्म स्यार्पुताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको काम...

यतिले भित्र्यायो नयाँ विमान

यति एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा तेस्रो एटीआर–७२–५०० विमान भित्र्याएको छ । कम्पनीको नयाँ विमान...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै