logo

पर्यटन प्रवर्द्धन गर्न बौद्ध टाउन प्लानिङमा मेला सुरु

 

 

काठमाण्डौं, भदौ २९
कृषि, पर्यटन तथा स्थानीयस्तरमा उत्पादन भएका सामानहरुको बजारीकरण गर्ने उद्देश्यले बौद्ध टाउन प्लानिङ मिनी महोत्सव–२०७५ बौद्धको नयाँ बस्तीमा सञ्चालन भइरहेको छ । सो मिनी पर्यटन तथा व्यापार मेला–२०७५ काठमाडौको बौद्धमा आगामी भदौ २७ गते हुने असोज १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । सो नेपाल मेला महोत्सव संघले विभिन्न स्थानमा गरेको मेलाबाट संकलन भएको रकमबाट केही प्रतिशत भलाइ कोष स्थापना गरेर गरिब जेहेनदार विद्यार्थीहरुलाई अध्ययनका लागि खर्च गरिने गरी स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । नेपाल व्यवसायी तथा घरपती महासंघको आयोजनामा सो मेला सञ्चालन भएको हो । जसमा संरक्षक नेपाल राष्ट्रिय तामाङ घेदुङ, सञ्चालक तथा व्यवस्थापक नेपाल मेला महोत्सव संघ र सहयोगी टुसाल युवा क्लब बौद्ध र ह्युल्सा महिला समूह बौद्धको संलग्नतामा सो मेलाको आयोजना गरिएको हो । सो मेलाबाट स्थानीय उत्पादन र बजारीकरण गरेर आर्थिक विकासमा टेवा पु-याउने र स्थानीय सांस्कृतिक पहिचानको जगेर्ना गर्ने मुख्य उद्देश्य रहेको आयोजकको दाबी छ । साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पहिचान, कला, संस्कृतिको प्रवर्द्धन गर्दैै विद्यालयस्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ । 

मेलाको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनलाई भित्र्याउने र प्रचारप्रसार गर्ने गराउने मुख्य उद्देश्य रहेको समेत जनाइएको छ । मेलाबाट स्थानीयस्तरमा भएका विकासका सम्भावनाको उजागर गरी लगानी भित्र्याउने उद्देश्य समेत रहेको जनाइएको छ । साथै स्थानीय उत्पादनको बजार प्रवर्द्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषिमा भएका सामग्री समेत उक्त मेलामा बिक्रीका लागि राखिएको छ । पर्यटन, साँस्कृतिक र अन्य क्षेत्रमा रहेको सम्भावनाको प्रचारप्रसार गरी लगानीकर्तालाई आकर्षित गराउने उद्देश्य रहेको मेला संयोजक ताम्राकारले बताए । सो मेलामा स्थानीय उत्पादन, कृषि, लोकदोहोरी गीतका साथै चर्चित कलाकारहरूबाट गीत तथा नृत्य प्रस्तुत भइरहेका छन् भने विभिन्न वस्तुहरुको ४० वटा बिक्री स्टल समेत रहेका छन् । मेलामा विभिन्न प्रकारका मनोरञ्जन खेलहरु समेत खेल्ने व्यवस्था आयोजकले मिलाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ को तयारी पूरा, आज उद्घाटन

आज बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जेम फ्लोरिङको प्रस्तुतिमा आयोजना हुने फर्निचर तथा फर्निसिङ...

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गतेसम्म स्यार्पुताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको काम...

यतिले भित्र्यायो नयाँ विमान

यति एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा तेस्रो एटीआर–७२–५०० विमान भित्र्याएको छ । कम्पनीको नयाँ विमान...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै