logo

जगदम्बा मोटर्सको ‘एनटर्क १२५ स्कुटर’

 

 

काठमाण्डौं, भदौ २९
टीभीएस टू ह्विलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमण्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर कम्पनीले सार्वजनिक गरेको हो । युवा वर्गको लागि लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टीभीएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ  । एनटर्क १२५ टेक्नोलोजी प्लेटफर्म टीभीएस स्मार्ट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको सुरुवाती मूल्य दुई लाख २४ हजार नौ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । टीभीएस एनटर्क १२५ले टीभीएस रेसिङ पेडिग्रीका कारण उच्च प्रदर्शन गर्ने बताइएको छ । विगत चार वर्षदेखि लगातार द रेसिङ च्याम्पियनशिप जितेर टीभीएस रेसिङ स्कुटर टिमले रेकर्ड कायम राखेको छ । टीभीएस एनटर्क १२५मा न्यू जेनेरेशन सीभीटीआई आरईभीभी १२६।७९ सीसीको सिंगल सिलिन्डर, ४स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन रहेको छ ।

 

यसले सात हजार पाँच सय आरपीएममा ९।४ पीएस र पाँच हजार पाँच सय आरपीएममा १०।५ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनमा प्रयोग भएको अतिरिक्त भल्भले यसको प्रदर्शन उच्च राख्दै उकृष्ट एक्सेलेरेसनका साथ ९५ किलोमिटर प्रतिघण्टाको गतिमा दौडिने कम्पनीको भनाइ छ । यसमा ३ ट्रिप मिटर, फ्युल लेबल, स्पिड, इन्जिन टेम्परेचर, र घडीजस्ता फिचर नर्मल मोडमा रहेको छ । यस स्कुटरमा रहेको लो फ्युल वार्निङले रिजर्भमा आएपछि कति दूरी पार गरेको छ भन्ने देखाउँछ । त्यसैगरी, एंकर एपले पनि कामको धेरै सूचनाहरु दिने गर्छ । राइड रिपोर्ट जेनरेट भएपश्चात् दूरी, टाइम, ट्राफिकको टाइम र पछिल्लोपटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरुको जानकारी यस एपले दिने गर्छ । यसमा १२ इन्चको एलोइ ह्विल दिइएको छ भने, सुरक्षाको लागि फ्रन्ट डिस्क ब्रेक दिइएको छ । यसमा एलईडी डे टाइम रनिङ ल्याम्प भए पनि हेडलाइट एलईडीमा छैन । अन्डर सिट स्टोरेज क्षमतासमेत राम्रो रहेको छ । १ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । यो स्कुटर विभिन्न ५ रङमा उपलब्ध छन् ।

 

नयाँ एनटर्क १२५ को आगमनपछि नेपाली बजारमा टीभीएसको उपस्थिति निकै बलियो भएको कम्पनीको भनाइ छ । अब बजारमा कम्पनीको टीभीएस अपाची आरटीआर १६०– २भी, आरटीआर १६०– ४भी, आरटीआर १८० र आरतीआर २००, टीभीएस स्टाइकर, टीभीएस स्टार सिटी प्लस, टीभीएस भिक्टर, टीभीएस बिगो, टीभीएस जुपिटर बेस, जेडएक्स र क्लासिक, टीभीएस डेज, टीभीएस ज्येष्ठ ११०, टीभीएस एक्सएल १००, टीभीएस एक्सएल १०० हेभी ड्युटीलगायतका स्कुटर पाइने बताइएको छ । साथै कम्पनीले २०० सीसी इन्जिन क्षमताको थ्रि ह्विलर टीभीएस किङ पेट्रोल भेरिएन्टको समेत बिक्रीवितरण गर्दै आइरहेको छ । (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ को तयारी पूरा, आज उद्घाटन

आज बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जेम फ्लोरिङको प्रस्तुतिमा आयोजना हुने फर्निचर तथा फर्निसिङ...

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गतेसम्म स्यार्पुताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको काम...

यतिले भित्र्यायो नयाँ विमान

यति एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा तेस्रो एटीआर–७२–५०० विमान भित्र्याएको छ । कम्पनीको नयाँ विमान...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै