logo

तत्कालीन लुम्बिनी फाइनान्सका सञ्चालक भट्टराईविरुद्ध उजुुरी

झण्डै एक दर्जन कम्पनीलाई विना धितो कर्जा, करोडौं रुपैयाँ घोटाला

सुरेश राउत
काठमाण्डौं, भदौ २९
तत्कालीन लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी हाल परिवर्तित लुम्बिनी विकास बैंकका तत्कालीन प्रबन्धक सञ्चालक चिन्तामणि भट्टराईविरुद्ध अख्तियार दुुरुपयोग अनुसन्धान आयोगमा उजुुरी दर्ता भएको छ । भट्टराईले बैंक तथा फाइनान्समा कार्यरत रहँदा नियमविपरीत कार्य गरेको भन्दै भट्टराईविरुद्ध पूर्वअरनिको आयल स्टोर्सको नाउँबाट २०७५ असार १२ गते उजुरी दर्ता भएको हो । भट्टराईले झण्डै एक दर्जन कम्पनीहरुलाई विना धितो कर्जा दिएको, कमसल धितो लिएर तथा कम मूल्यको धितोमा करोडौं रुपैयाँ कर्जा दिएर संस्थाको स्रोत र साधनके चरम दुरुपयोग गरेको भन्दै भट्टराईविरुद्ध उजुरी दर्ता भएको हो । पत्रमा भनिएको छ, ‘म एक सर्वसाधारण नेपाली नागरिक हुुँ । बैंक तथा वित्तीय संस्थाहरुको सेयरमा लगानी गर्दा लाभ हुुन्छ । ती संस्थाहरुको लेखापरीक्षण र वार्षिक साधारणसभा नियमितरुपमा हुन्छ । 

नेपाल राष्ट्र बैंक यसको नियामक निकाय भएकोले समय–समयमा सुुपरिवेक्षण, निरीक्षण, अनुुगमन, नियमन हुुने हुँदा संंस्थागत काम पनि चुस्तदुुरुस्त हुन्छ, कारोबार कानुुनसम्मत र पारदर्शी हुुन्छ र सर्वसाधारण ठगिँदैनन् भन्ने सुनेर खाई नखाई बाउबाजेको पुख्र्यौली सम्पत्ति खेतबारी बेचबिखन गरी १० वर्षअगाडि मैले लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको सेयर खरिद गरेको थिएँ । तर मैले किनेदेखि अहिलेसम्म कहिले पनि खराब कर्जाको प्रतिशत पाँच प्रतिशत वा सोभन्दा तल भएको जानेको छैन र सोचेजस्तो लाभ पनि भएको छैन । किन यस्तो भयो भनेर विस्तारै उक्त फाइनान्सकम्पनीका लेखापरीक्षक तथा कर्मचारीहरुलाई सम्पर्क गर्ने र अन्य सेयरधनीहरुसँग पनि विचारविमर्श गर्दा पो थाहा पाएँ । यो कम्पनी त मजस्ता सर्वसाधारण सेयरधनी र स—साना लगानीकर्ताहरुको पैसामा कम्पनीको ठूलाबडाहरुले मोजमस्ती गर्ने, आफूले धन कमाउने, आफ्ना आसेपासेलाई जागिर दिने, विनाधितो कर्जा दिने, कमसल धितो लिएर तथा कर्जा प्रवाह गरेका थिए । पत्रमा उल्लेख भएअनुसार भट्टराईले किरण गिरी सञ्चालक रहेको केमल कफी नेपाल नाम गरेको कम्पनीलाई विनाधितो कर्जा दिएका थिए भने कमसल तथा कम मूल्यको धितो लिएर काठमाडौं मल, कौशल कुुमार घिमिरे, रसुुवा इण्डस्ट्रियल भिलेज आदिलाई कर्जा दिएका थिए ।

पत्रमा भनिएअनुसार भट्टराईले शिवाज एग्रिकल्चर इण्डष्ट्रिज, धनलक्ष्मी उपाध्याय, सरिता पाण्डे, काठमाडौं मल, रेमण्ड सप, पूर्वअरनिको आयल स्टोर्स आदिलाई धितो सुरक्षणको लागि कानुुनबमोजिमको लिखत नगरी कम्पनीलाई नै जोखिममा पारेका थिए । यसैगरी भट्टराईले प्रकाश बहादुर श्रेष्ठको कर्जाको सुरक्षणमा रहेकोमा बीएम डब्लुु गाडी, द ल्याण्ड मार्क अर्पाटमेन्ट प्रालिको कर्जाको सुरक्षणमा रहेको घरजग्गा, होटल माउन्टेन प्रालिको कर्जाको सुरक्षणमा रहेको ल्याण्ड रोभर, ल्याण्ड मार्क रियाल्टी एण्ड अर्पाटमेनटको कर्जा सुरक्षणमा रहेको गाडीलगायतलाई सन् २०१२ मा नै गैरबैंकिङ सम्पत्तिकोरुपमा लेखांकन गरेको तर कम्पनीको नाउँमा सम्पत्ति नल्याएको, कब्जामा नलिएको र लामो समयसम्म ती सम्पत्तिहरु बिक्री नगरेको देखिएको छ । भट्टराईविरुद्ध अख्तियारमा दर्ता भएको उजुरीपत्रमा उल्लेख भएअनुसार भट्टराईले कम्पनीको नाउँमा रहेको गैरबैंकिङ सम्पत्ति बिक्री गर्दा पनि करोडौं रुपैयाँ हिनामिना गरेर संस्थालाई कमजोर बनाएका थिए । भट्टराईले ऋणी ल्याण्डमार्क अपार्टमेन्टसँग सम्बन्धित कर्जाको सावाँ ब्याज असुुल नभएपछि सन् २०१२ जुुलाई १५ मा चार करोड २२ हजार नौ सय ३० रुपैयाँ ७६ पैसामा कम्पनीको लेखामा गैरबैंकिङ सम्पत्तिमा लेखांकन गरेका थिए । पछि सन् २०१५ जुुलाई १३ मा तीन करोड ९५ लाख रुपैयाँमा सो गैरबैंकिङ सम्पत्ति बिक्री गरी दुुई करोड ५९ लाख १९ हजार तीन सय २५ रुपैयाँ २० पैसा उक्त अपार्टमेन्टको कर्जा घटाउन प्रयोग गरी ९० लाख रुपैयाँ कर्जा बाँकी नै राखी बाँकी रहेको रकम एक करोड ३५ लाख ८० हजार छ सय ७४ रुपैयाँ ८० पैसा दुरुपयोग गरिएको पत्रमा उल्लेख छ । यसरी दुरुपयोग भएको रकममध्ये ६५ लाख ३२ हजार रुपैयाँ तत्कालीन प्रबन्धसञ्चालक चिन्तामणि भट्टराईकीश्रीमती लेनिना भट्टराई अध्यक्ष रहेको आर्या बचत तथा ऋण सहकारी संस्थामा सारेको देखिएको छ ।

यसैगरी बाँकी रहेको रकममध्ये २६ लाख १७ हजार नौ सय ९२ रुपैयाँ प्रकाश चन्द्र बस्नेतसँग सम्बन्धित कर्जा राफसाफ गरेको, ३० लाख रुपैयाँ मिनर्भा मल्लको कर्जा राफसाफ गर्न प्रयोग गरेको र १४ लाख ३० हजार रवीन्द्र मल्लको बचत खातामा ओभर ड्रन मिलाउन प्रयोग गरिएको थियो ।’ पत्रमा उल्लेख भएअनुसार ऋणी रवीन्द्र मल्लको कर्जासँग सम्बन्धित गैरबैंकिङ सम्पत्ति ऋणीलाई फिर्ताको लागि सन् २०१२ नोभेम्बर २२ मा ऋणीले एक करोड सात लाख ४६ हजार सात सय ३२ रुपैयाँ जम्मा गरेकोमा सन् २०१३ मा फेब्रुुअरी १२ मा उक्त ऋणसँग सम्बन्धित गैर बैंकिङ सम्पत्ति घटाउन ५० लाख रुपैयाँ घटाउन ५० लाख रुपैयाँ प्रयोग गरी बाँकी ५६ लाख ६९ हजार आठ सय ९२ रुपैयाँ ४५ पैसा भट्टराईको श्रीमती लेनिना अध्यक्ष रहेको आर्या बचत तथा ऋण सहकारी संस्थामा सारिएको थियो । यसैगरी वि.सं. २०७२ चैतमा बसेको उक्त कम्पनीको सञ्चालक समितिको बैठकमा प्रबन्धसञ्चालक भट्टराई स्वयं उपस्थित भई आफू प्रबन्धसञ्चालकबाट अवकाश लिन लागेको भन्दै बैंकमा रहेको फक्सवागन गाडी उपहारस्वरुप प्रबन्धसञ्चालकलाई दिने निर्णय गराएका थिए । सो निर्णय एक वर्षपछिको साधारणसभाबाट अनुुमोदन गराएपनि संस्थाकै खर्चमा तेल हाल्ने, मर्मतसम्भार गर्ने, बीमा गराउनेर आफूले प्रयोग गर्ने गरेको र अहिलेसम्म पनि उक्त गाडी नामसारी नगरेको पत्रमा उल्लेख छ ।  (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महाअभियोगको सामना गर्छु राजीनामा दिन्न ः जोशी

सत्तारुढ दल नेकपाले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोगको प्रस्ताव ल्याउने तयारी गरेको छ । सो प्रस्तावका लागि...

इन्धनको अभाव, पेट्रोल पम्पमा लाईन

नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध सिर्जना गरेपछि काठमाडौमा इन्धन अभाव भएको छ । मुलुकी...

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै