logo

स्नातक उत्तीर्ण गरेपछि मात्र साधारण राहदानी !

राहदानी कब्जा गर्नेलाई नरम कारबाही गर्नुपर्ने नेमकिपाको

काठमाण्डौं, भदौ २९
स्नातक तहको परीक्षा उत्तीर्ण गरेपछि मात्र कुनै पनि व्यक्तिलाई साधारण राहदानी दिनुपर्ने कानुन बनाउन सांसद्हरुले माग गरेका छन् । सरकारले संसद् सचिवालयमा दर्ता गराएको ‘राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को दफा ९ को उपदफा १ मा संशोधन प्रस्ताव दर्ता गर्दै सांसद् भरत कुमार शाहले स्नातक तहको परीक्षा उत्तीर्ण व्यक्तिलाई मात्र साधारण (हरियो) राहदानी उपलब्ध गराउन माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद् शाहले दर्ता गराएको संशोधनमा सरकारले नयाँ पुस्ताका प्रत्येक नेपालीलाई स्नातक तहसम्म निःशुल्क र अनिवार्य शिक्षा प्रदान गरी स्नातक तह उत्तीर्ण गराएर मात्र साधारण राहदानी जारी गर्नुपर्ने ऐन बनाउनुपर्ने उल्लेख गरेका हुन् । सरकारले ल्याएको विधेयकमा नेपाली नागरिकलाई साधारण राहदानी जारी गर्न सकिने उल्लेख छ । विधेयकमा साधारण राहदानीका लागि नेपाली नागरिकता मात्रै योग्यता तोकेको छ । शाहले ल्याएको संशोधन पारित हुने सम्भावना नरहेको संघीय संसद् सचिवालयका एक अधिकारीले जानकारी दिए । ‘स्नातक उत्तीर्णलाई मात्र राहदानी दिने कानुन बनाउने हो, यहाँ भोलिपल्टैदेखि सडकमा आगो लाग्न थाल्छ ।

यो प्रस्ताव तत्कालको लागि नेपालमा सम्भव छैन’, ती अधिकारीले भने । सरकारले ल्याएको विधेयकको दफा ६ मा कूटनीतिक राहदानी लिनका लागि सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय वा सचिवालयबाट मनोनयन भई निर्णयसहित लेखी आएमा मात्र राहदानी विभागले कूटनीतिक राहदानी दिने उल्लेख गरे पनि सांसद्द्वय अमरेश कुमार सिंह र भीमसेनदास प्रधानले दर्ता गराएका संशोधनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुले आफू निर्वाचित प्रमाणपत्र वा संघीय संसद्को सदस्यको परिचयपत्र पेस गरेमा कूटनीतिक राहदानी जारी गर्नुपर्ने प्रतिबन्धात्मक वाक्यांश थप्नुपर्ने माग गरिएको छ । अर्का सांसद्द्वय देवेन्द्रराज कँडेल र भारत कुमार शाहले दर्ता गरेको संशोधनमा भने ती निकायबाट लेखेर आएमा मात्र पनि राहदानी दिनुपर्ने उल्लेख छ । सरकारले ल्याएको विधेयकको दफा १६ मा नेपाल सरकारको निर्णयबमोजिम कुटनीतिक वा विशेष राहदानीप्राप्त पदाधिकारीले सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्दा मात्र त्यस्तो राहदानी प्रयोग गर्नुपर्ने र सोही उपदफा १ मा प्रयोजन सकिएपछि त्यस्तो राहदानी विभागमा बुझाउनुपर्ने उल्लेख गरिए पनि सांसद्द्वय दिव्यमणि राजभण्डारी र दिलेन्द्र प्रसाद बडूले दर्ता गराएको संशोधनमा कूटनीतिक राहदानी लिने संघीय संसद्का सदस्यहरुले पदमा बहाल रहँदासम्म कुनै पनि कामको सिलसिलामा विदेश भ्रमण गर्दा कूटनीतिक राहदानी प्रयोग गर्न पाउनुपर्ने वाक्यांश थप गर्नुपर्ने उल्लेख गरेका छन् । उनीहरुको संशोधन पास हुने हो भने सरकारीबाहेक व्यक्तिगत जुनसुकै कामका लागि जतिबेला पनि सांसद्हरुले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेछन् ।

कूटनीतिक राहदानीको दुरुपयोग बढेको भन्दै सरकारले कडाइ गर्न लागेको बेला सांसद्हरुले आफूहरुलाई भने कडाइ गर्न नहुने संशोधन ल्याएका हुन् । तर, नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले भने संशोधनकर्ता सांसद्द्वय राजभण्डारी र बडूको भन्दा ठीकविपरीतको प्रस्ताव लाउँदै जुनसुकै पदमा बसी काम गर्ने नेपालीले निजी कामको लागि विदेश जाँदा साधारण राहदानी प्रयोग गर्नुपर्ने ऐन बनाउनुपर्ने गरी संशोधन दर्ता गराएका छन् । राहदानी दुरुपयोग गर्नेलाई आर्थिक रुपमा पनि बढी दण्ड दिनुपर्ने ठहर गर्दै सरकारले ल्याएको विधेयकमा सांसद् सुवालले संशोधन प्रस्ताव दर्ता गर्दै अन्य व्यक्तिको राहदानी सम्बन्धित व्यक्तिको मञ्जुरी नलिई बदनियतपूर्वक नियन्त्रणमा राखेमा एक लाख रुपैयाँ मात्र जरिवाना गर्नुपर्ने प्रावधान राख्नुपर्ने सुवालको संशोधनमा उल्लेख छ । तर, सरकारले ल्याएको विधेयकमा भने त्यसरी राहदानी दुरुपयोग गर्ने व्यक्तिलाई दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आगन्तुक चराको चहलपहल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा जाडो छल्न आगन्तुक चरा आउने क्रम शुरु भएको छ । सिमसार...

नेपालको चौतर्फी विकासमा जापानले सघाउने

जापानले नेपालको चौतर्फी विकासमा निरन्तर सघाउने आश्वासन दिएको छ । जापानको औपचारिक भ्रमणमा रहेका...

नेपालको चौतर्फी विकासमा जापानले सघाउने

जापानले नेपालको चौतर्फी विकासमा निरन्तर सघाउने आश्वासन दिएको छ । जापानको औपचारिक भ्रमणमा रहेका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै