logo

बैंकहरुभित्र नै अवैध जुुवा

टिप्पणी
नेपालका केही बैंकभित्र नै अवैधरुपमा जुुवा खेलाइन्छ भन्दा सायद पत्यार नलाग्न सक्छ । तर वास्तविकता यही नै । सधैं तपाईंहरुको आफ्नै बैंक, जनताको बैंक, तपार्इंहरुको घरदैलोको बैंक, बैंक पनि साथी पनि, तपाईंको आर्थिक समृद्धिको लागि........ भन्ने विभिन्न नाराका साथ सञ्चालनमा रहेका नेपालका बैंकभित्र यस्ता धेरै कार्यहरु हुुने गरेकाछन् । जसको बारेमा आम सर्वसाधारणलाई चासो नहुुन सक्छ र जानकारी पनि नहुुन सक्छ । झण्डै तीन महिनाअघि विश्वकप खेलसम्म भयो । विश्वकप खेलमा सट्टेबाजी गरेको, अवैधरुपमा अनलाइन जुुवा खेलाएको अभियोगमा दर्जनौं व्यक्तिहरु पक्राउ परे । पूर्वफुुटबल खेलाडीहरुदेखि लिएर चर्चित सट्टेबाज नागराज भनिने अमृत अग्रवाल पनि पक्राउ परे । टोलटोल र व्यक्ति—व्यक्ति तथा समूह—समूहमा भएको सट्टेबाजी र अवैध जुुवाको बारेमा जानकारी पाएको नेपाल प्रहरीले विश्वकप खेलको अवधिभित्र नेपालका बैंकहरुभित्र भएको अवैध जुुवा र सट्टेबाजीको सुइँको समेत पाएन । विभिन्न एजेन्टहरुको निर्देशनअनुसार बैंकमा कर्मचारीहरुबीच खेलाइएको अवैध जुुवा र सट्टेबाजीका कारण बैंकहरुभित्र यस्ता जुुवा खेलाउने धेरै व्यक्तिहरु लखपति बने ।

केही बैंकका कर्मचारीहरु सट्टेबाजीमा जितेको रकम सदुुपयोग गर्न बैंकबाट विदा लिएर थाइल्याण्ड, मलेसिया, सिंगापुुर दुुवई पनि घुम्न गए । तर यो कुरा न नेपाल प्रहरीले थाहा पायो, नत नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले नै । लक्ष्मी बैंकको एक जना कर्मचारी विश्वकपको सट्टेबाजीमा सहभागी भएको र रकम सात लाख रुपैयाँ जितेकै आधारमा थाइल्याण्ड घुुमेर फर्किएको चर्चा लक्ष्मी बैंकको कर्मचारी वृत्तमा अझै सेलाएको छैन । ती कर्मचारीहरुको भनाइलाई आधार मान्दा विश्वकपको समयमा मात्र सो बैंकको २० लाखभन्दा बढीको सट्टेबाजी भएको थियो । यसैगरी सिद्धार्थ बैंक, सोही बैंकअन्तर्गतको सिद्धार्थ क्यापिटलमा पनि झण्डै ५०—६० लाख रुपैयाँको हाराहारीमा सट्टेबाजी खेलाइएको थियो । त्यसमा केही व्यक्तिहरु सट्टेबाजी जितेको भन्दै विदेश घुम्न समेत गए । तर बाँकी रहेका जस–जसले विश्वकपको सट्टेबाजीमा पैसा लगाए, बाजी लगाए उनीहरुको करोडौं रुपैयाँ गुुम्यो । विशेषगरी नेपालका वाणिज्य बैकहरुमा पछिल्लो समय धेरै सट्टेबाजी र अनलाइन जुवा खेलाइएको थियो । तर यसबारे अहिलेसम्म नेपाल प्रहरी र राष्ट्र बैंकले जानकारी पाउन सकेको छैन । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राष्ट्र वहस (२०७५) सम्पन्न

डिबेट नेटवर्क नेपालको आयोजनामा नेपाली भाषाको संरक्षण र प्रवर्द्धन गर्ने हेतुले तर्कसंगत बहस र वैचारिक...

युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ...

शान्ति समाजको २१औं राष्ट्रिय परिषद् बैठक बिराटनगरमा

शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक विराटनगरमा ३०० भन्दा बढीको सहभागिता हुने भएको छ । मानव अधिकार, शान्ति,...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै