logo

नेपालको घरेलु उद्योगमा अल्लो व्यवसायको योगदान

निनाम लोवात्ती कुलुङ

नेपाली भूगोलको १,२०० मिटरदेखि ३,००० मिटरको उचाइसम्म पाइने अल्लोलाई अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’, ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ र कुलुङ जातिको मातृभाषामा ‘जाखिल्मा’ भन्निछ । हालको प्रचलित भाषामा अल्लो भनेर बढी चिनिने गरेको छ ।
नेपालको मेचीदेखि महाकालीसम्मका ३५ भन्दा बढी हिमाली तथा पहाडी जिल्लाहरुमा अल्लो पाइने गरेको÷रहेको छ । वन विभाग तथा यससंँग सम्बन्धित संस्थाहरुका अनुसार नेपालमा वार्षिक तीन सय ५० मेट्रिक टनभन्दा बढी अल्लोको बोक्राबाट धागो तथा अन्य अल्लोजन्य सरसामानहरु उत्पादन गरिन्छ । यसरी उत्पादन भएका अल्लोजन्य सरसमानहरु ८० प्रतिशतभन्दा बढी विदेश निर्यात हुन्छ । नेपालमा रहेका अल्लोजन्य उत्पादनसँग सम्बन्धित विभिन्न संघ–संस्थामध्ये एक ‘हिमालयन फाइबर फाउन्डेसन नेपाल’ का अर्थ तथा कार्यक्रम निर्देशक भलाकाजी ङोपोचो कुलुङका अनुसार अल्लोजन्य सरसामान विदेश निर्यात गरिने देशहरुमा बेलायत, जापान, जर्मनी, अमेरिका, फ्रान्स, क्यानाडा, इटाली, स्वीजरल्यान्ड, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनलान्ड, दक्षिण कोरिया आदि रहेका छन् । कुलुङका अनुसार यसरी विदेश निर्यात हुने सरसमानहरुमा बढीजसो लत्ताकपडाहरु हुने गरेको छ । नेपाल हस्तकला महासंघको हस्तकला निर्यात रेकर्ड अनुसार आर्थिक वर्ष २०६४÷६५ मा ४८,४१,१५३ बराबरको अल्लोजन्य सरसमान विदेश निर्यात भएको थियो भने आर्थिक वर्ष २०६५÷६६ मा रु. ४७,३९,६६८ बराबरको अल्लोजन्य सरसामान विदेश निर्यात भएको देखिन्छ ।

अल्लोको रेसा तथा रेसाजन्य वस्तुलाई प्रशोधन गरेर उत्पादनको प्रमुख स्रोत बनाइन्छ । अर्थात् अल्लोको रेसा नै प्रडक्सनको प्रमुख म्याटेरियल हो भन्ने बुझिन्छ । नेपालमा अल्लो जन्य उत्पादन र व्यवसायका लागि हाल धेरै व्यक्ति तथा संघ–संस्थाहरु लागेका छन् । त्यसमध्ये ‘हिमालयन नेचुरल फाइवर फाउन्डेसन’, निनामरिदुम ह्यान्डीक्राप्mट, ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ’ (कुलु गुसखोम) लगायतका संघ–संस्थाहरु संस्थागत ढंगले नै अल्लोजन्य उत्पादनमा लागेका छन् । हिमालयन नेचुरल फाइवर फाउन्डेसनले अल्लो र यसको रेसाजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र संखुवासभाको सिलिचोङ गाउँपालिकालाई आधार क्षेत्र मानेर ती क्षेत्रका आर्थिक स्थिति कमजोर भएका गरिब किसानहरुलाई अल्लो बेर्ना उत्पादन, खेती गर्ने तरिका पाकेपछि काट्ने तरिका, प्रशोधन गर्ने तरिकालगायतका विभिन्न तालिमहरु दिएर अल्लो उत्पादनमा प्रोत्साहन दिने गरेको छ । त्यसो त अल्लो र अल्लोको रेसाजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनमा मेडेप नेपालले पनि आफ्नै ढंगले प्रयत्न गरिरहेको छ ।
मेडेप नेपालले अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँंग मिलेर पर्वत, वाग्लुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको छ । साना तथा घरेलु उद्योग र तत्कालीन जर्मन विकास सहायता संस्था जिटिजेटको सहकार्यमा रुकुम र रोल्पा जिल्लामा पनि अल्लो प्रवद्र्धनका लागि छलफल र तालिम आयोजना गरिसकिएको बताउनुहुन्छ, ‘हिमालयन नेचुरल फाइवर फाउन्डेसन’ का कार्यकारी निर्देशक इन्द्र होनित्ति कुलुङ । कुलुङका अनुसार अल्लोकोे रेसावाट उत्पादित धागो तथा कपडाहरुबाट विभिन्न सामग्री उत्पादन तथा सप्लाइ गर्ने संस्थाहरुमध्ये ‘निनाम रिदुम जैविक हस्तकला’ ९ल्ष्लबm च्ष्मगm द्यष्य(ज्बलमष्अचबात० प्रमुख रहेको छ । कुलुङका अनुसार यसबाहेक होमनेट नेपालले पनि अल्लोको रेसाबाट उत्पादित कपडावाट हस्तकला निर्माण गर्ने र बेच्ने कार्य गर्दै आएको छ । अल्लो रेसावाट बनेका सामग्री बिक्री वितरण गर्ने अन्य संस्थाहरुमा महागुठी, साना हस्तकला संघ, हस्तकला उत्पादक संघलगायतका संघ–संस्थाहरु रहेका छन् ।


कुलुङ जाति र अल्लोको सम्बन्ध
समग्र आदिवासीको जीवन शैली प्रकृतिमा आधारित रहेको हुन्छ । त्यस्तै कुलुङ जाति पनि पूर्णरुपले प्रकृतिसंँग खेल्दै÷हुर्कँदै आएको जाति हो । माथि नै भनियो कि, कुलुङ जातिको मातृभाषामा ‘जाखिल्मा’ भनिन्छ, अल्लोलाई । यहाँ कुलुङ र अल्लोको घनिष्ठ सम्बन्धबारेमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ । कुलुङ समुदायको जातीय संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ’ (कुलु गुसखोम) केन्द्रीय समितिले २०६१ र २०६८ मा सुनसरीको धरान पाँचकन्या (सेउतीपारि) मा गरेको कुलुङ पूर्खा सम्मेलनमा उपस्थित भएका कुलुङ पूर्खाहरुका अनुसार कुलुङ जाति, कुलुङ भनी चिनिनुअघि हुतिलिपदेखि लिएर कुलुसम्मका २३ पुस्ताहरु रहेका थिए । तीनै २३ पूर्खाहरुमध्ये होरेम र तुम्नोको पालासम्म ‘जाखिल्मा’ अर्थात अल्लोको धागो एवं कपडा बनाउन सुरु भयो । खासगरी तुम्नोको पालादेखि अल्लोको कपडाहरु जस्तै ओन्चे जसलाई हाल ओन्चेभन्दा पनि फेंगा भनेर बढी चिनिन्छ भने, यो कपडा इस्टकोक आकारको शरीरको माथिल्लो भागमा लगाउने हो । कुलुङ समुदायको पुर्खाले लगाउने र, हालका पुस्ताले पनि लगाउँदै आएको तेइ (लुगा), ओन्चे ( फेंगा) वोम्रो (धोती) शरीरको तल्लो भागमा लगाउने लुगा, कन्धनी, झोला आदि अल्लोबाटै बन्थ्यो । पुर्खाहरुले भन्दै आएको कथन र कुलुङसम्बन्धी पुरानो दस्तावेजहरुमा पनि यी कुराहरु उल्लेख भएको पाइन्छ ।

कुलुङ समुदायमा रहेको हरेक जीवन्त संस्कार, संस्कृति, धर्मकर्म, रीतिथिति, चाडपर्व आदिमा अनिवार्य रुपमा ‘जाखिल्मा’ प्रयोग हुन्छ । यो विधिविधान परापूर्वकालदेखि नै कुलुङ जातिमा लागू हुंँदै आएको छ । अल्लोे अर्थात् ‘जाखिल्मा’को सम्बन्ध अरुतिरका कुलुङहरुभन्दा पनि सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाका कुलुङहरुसँग बढी नै अन्तर–सम्बन्धित रहेको छ । किनभने, सन् १९९० सम्म पनि सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाका कुलुङहरु अल्लोको घर बुना कपडामै निर्भर रहेका थिए भने अझै पनि यी जिल्लाका कतिपय गाउँहरुमा ‘जाखिल्मा’बाट बुनेकै कपडाहरु लगाइने गरिन्छ । मुख्य गरेर हाल पनि अल्लोको धागोबाट बुनेको ओन्चे (फेंगा), पगरी (तोङ्रिम्मा), गलबन्दी (पैरिम्) सुरुवाल, पटुका (थाप्री) धोती (बोमरो), कन्धनी (बुन्छारी) आदि कुलुङ जातिका पुरुषले लगाउने गरेका छन् भने उलुम्मा, लो, लालाचार (लुक्सपा), ओन्चे (फेंगा), तोङरिम्मा (टाउकोमा लगाउने), हेम्बारी (छात्तीमा बांध्ने–जाडोमा, नानी बोक्ने आदिका लागि), ताकिपेम (केश बाँंध्ने) आदि कुलुङ जातिका महिलाहरुले लगाउने गर्छन् । कुलुङ समुदायको धर्म, संस्कार, संस्कृति आदिमा पनि अल्लो अर्थात् जखिल्माको महत्व रहेको छ भन्ने त माथि नै उल्लेख भएको छ । किनभने, कुलुुङ जातिमा मानिस जन्मेदेखि मृत्युसम्मको कुनै पनि संस्कारमा अल्लो अर्थात् ‘जखिल्मा’ नभई हुँदैन । जस्तै कुलुङ जातिमा बच्चा जन्मिसकेपछि नाइटो काटेपछि अल्लोको धागोले बांँध्ने, अल्लोकै कपडाले बच्चालाई बेर्ने, त्यस्तै अल्लोकै कन्धनी लगाइदिने, अल्लोकै कपडा वा धागोको धुप बाल्ने, अल्लोकै थाङ्नामा सुताउने गरिन्छ । त्यस्तै कुलुङ जातिको मृत्यु संस्कारमा अल्लोको धागो र अल्लोको कपडा अनिवार्य चाहिन्छ । पूजा–आजामा पनि अल्लोको धागो, कपडा प्रयोग नभई हुँदैन ।
जस्तै कुलुङ जातिले ‘देदाम’ भन्ने ठूलो पूजा गर्दा (यो धेरै नै पूजा खर्चिलो हुने भएकोले हत्तपत्त गरिँदैन) अल्लोबाट बनेको दख्खु नामक कपडा अनिवार्य प्रयोग गरिन्छ । मोबो गर्दा (पूजा थान छोप्ने कपडा) पनि अल्लोबाट बुनेकै कपडा प्रयोग गरिन्छ । यसरी हेर्दा अल्लो र कुलुङ जातिको सम्बन्ध परापूर्वकालदेखि नै अन्योन्याश्रित रहेको देखिन्छ । हुन पनि जसरी हिन्दु धर्म मान्नेहरुका लागि गाई पवित्र जनावर हो, त्यसरी नै कुलुङ जातिका लागि पनि अल्लो अर्थात् ‘जाखिल्मा’ पवित्र बिरुवा हो । तर, फरक के छ भने हिन्दुहरुले जसरी गाई हाम्रो पवित्र जनावर हो । त्यसैले गाई नमार, नकाट भनेर र, गाई मारे वा काटेमा २० वर्ष (जन्म दिने आमा मारेसरह) जेल हाल्ने कानुन बनाएझैं कुलुङ जातिले अल्लो अर्थात् ‘जाखिल्मा’लाई नकाट वा सोको व्यावसायिक खेती नगर ! भनेर कसैलाई पनि वाधा–व्यवधान सिर्जना गर्दैनन् । बरु उनीहरुले अल्लोलाई आय आर्जनको एउटा गतिलो माध्यम बनाएका छन् ।


प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्वपीडितलाई भएन न्यायको अनुभूति

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न पाएका...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै