logo

मदिरा बेच्न पाउनपर्ने भन्दै व्यापारी आन्दोलनमा

आशिष बहादुर सिंह
बझाङ, भदौ २७
बझाङको दोस्रो सभाले जिल्लाभरि मदिरा पूर्णरुपले बन्द गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन् ।
जिल्ला सभाको दोस्रो बैठकले मदिरा पूर्णरुपमा बन्द गर्ने निर्णय गर्नुपूर्व आफूहरुसँग कुनै पनि समन्वय तथा सर सल्लाह नगरी एकलौटी ढंगले जिल्लाभरि मदिरा निषेध गर्ने निर्णय गरेको भन्दै उद्योग वाणिज्य संघ बझाङ आन्दोलमा उत्रेको हो । संघले सोमबार मदिरा बेच्न पाउनुपर्ने माग राख्दै सदरमुकाम चैनपुर बजारका उद्योग तथा व्यापारहरु पूर्णरुपले बन्द गरेका थियो । जिल्लाभरिका व्यवसायीहरुले सदरमुकाम चैनपुरमा चर्कानारा बाजी गर्दै जनप्रतिनिधिहरुको खुलेर विरोध गरेका थिए । आन्दोलनमा उत्रिएका व्यापारीहरुले स्थानीय सरकारले व्यवसायीहरुलाई धोका दिएको बताएका छन् । जिल्लामा जे जति घटना घटेका छन्, ती घटना मदिराको कारणले मात्र नभएर व्यक्तिमा जनचेतना कमीको कारण जिल्लामा बढी घटना घटेको चैनपुरका व्यवसायी नगेन्द्र खड्काले जिकिर गरे । ‘राज्यले नियमनकारी भूमिका निर्वाह गरी दिनु प¥यो नि ।’ जनप्रतिनिधिप्रति आक्रोशित हँुदै उनले भने । ‘सबैभन्दा बढी मदिरा सेवन गर्ने पनि जनप्रतिनिधि र सबै बन्द गरेर कमिसनबाट ब्ल्याक मदिरा सेवन गरी सीमित व्यक्तिलाई मात्र मोटाउने कार्य हुने हो ।’ उनको भनाइ छ । यता जिल्ला समन्वय समितिका संयोजक खडक खड्काले मदिराका कारण जिल्लामा धेरै विकृति भएकोले र जिल्लाका सबै स्थानीय तहका साथीहरुले मदिरा बन्द गर्नुपर्ने प्रस्ताव ल्याएर सोहीअनुसार भएको बताए । जिल्लामा हुने आपराधिक घटनाहरुमध्ये ९८ प्रतिशत घटना मदिराका कारणले घटेको जिल्ला प्रहरी कार्यालको तथ्यांकमा उल्लेख गरिएको छ । मदिराका कारण वर्षेनी १० देखि २० जनाको मृत्यु हुने र यसैको कारणले महिला हिंसा तथा बलात्कार स्ता जघन्य अपराधसमेत घट्ने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष जिल्लामा व्यापारीहरु आन्दोलनमा उत्रे पनि सर्व साधारण जनाताका लागि भने दोस्रो जिल्ला सभाले गरेको निर्णयमा स्वागतयोग्य रहेको स्थानीयको बुझाइ छ ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आयुर्वेद औषधालयमा चिकित्सक, औषधिको अभाव

वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन् । छ जना...

म्याग्दीमा ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ । आपत्कालीन...

मिर्गौला फेरे पनि चरा देखाउने पेशा फेरिएन

चितवनको सौराहाका ४८ वर्षीय दिनेश गिरीलाई पर्यटकलाई चरा देखाउने पेशामा पुनः सक्रिय हुन सकिएला भन्ने आशा थिएन ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै