logo

भीमसेन मन्दिर पुनर्निर्माण स्थानीयले नै गर्ने

काठमाडौं, भदौ २७
गत २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनहरुले क्षति पु¥याएको पाटन दरबार क्षेत्रको उत्तरी भागमा रहेको भीमसेन मन्दिर स्थानीयले नै बनाउने भएका छन् ।
भूकम्पले विश्व सम्पदा क्षेत्रको पाटन दरबार स्क्वायर संरक्षित स्मारक क्षेत्रभित्र रहेका चार नारायण मन्दिर, हरिशंकर मन्दिरलगायतका अन्य सम्पदाहरु पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । ललितपुरका व्यापारिक वर्गको आराध्य देवताको रुपमा स्थापित रहेको पाटन दरबार क्षेत्रको उत्तरी भागमा अवस्थित भीमसेनको मन्दिर पनि नराम्रोसँग क्षतिग्रस्त भएको छ । भूकम्पको तत्कालै पछि युनेस्कोबाट आएका इटालियन विशेषज्ञसमेतको प्रतिक्रियाअनुसार मन्दिर अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकोले पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेकोमा उक्त मन्दिरको पुनर्निर्माणको कार्यको लागि भारतको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभागबाटै पुनर्निर्माण हुने भनिएको थियो । तर तीन वर्ष बितिसक्दा पनि मन्दिरको पुनर्निर्माणको पहल भएको नदेखिएको र मन्दिरको उत्तर–पश्चिमतर्फको गारोको चिरा दिन प्रतिदिन बढदै गई इँट्टाहरु खस्न थालेपछि दुर्घटना हुने अवस्थामा आएकोले भीमसेन मन्दिरको निर्माण स्थानीयले नै गर्ने भएका छन् । स्थानीयले मन्दिरको पुनर्निर्र्माण कार्यको जिम्मा ललितपुर उद्योग वाणिज्य संघलाई प्रदान गर्न सम्बन्धित निकायहरुमा विभिन्न समयमा औपचारिक तथा अनौपचारिक रुपमा आग्रह गर्दै आएका थिए । गत २०७३ वैशाख ३१ गते लिखित रुपमा नै पुरातत्व विभागमा अनुरोध पत्र दर्ता गराएको साथै २०७५ साउन १ गते उद्योग वाणिज्य संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई समेत अनुरोध गरेका थिए । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको नेतृत्वमा ललितपुर उद्योग वाणिज्य संघ तथा मंगल टोल सुधार संघसमेतको प्रतिनिधि रहेको टोलीको भारतीय राजदूतावासमा २०७५ साउन २९ मा भएको बैठकमा स्थानीय संघ–संस्थाले मन्दिरको पुनर्निर्माण कार्य गरेमा भारतीय सरकारलाई कुनै आपत्ति नहुने आशय व्यक्त गरेकोले मन्दिरको पुनर्निर्माणको कार्य स्थानीय तवरबाटै गर्ने आशयको पत्र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भारतीय राजदूतावासमा बुझाइसकेका छन् ।
भारतीय राजदूतावासमा भएको बैठकमा दूतावासका अधिकारीहरुले जानकारी गराएअनुसार भारतीय सहयोगमै पुनर्निर्माण हुने अवस्थामा पनि सबै प्रक्रिया पु¥याउ“दा १४÷१५ महिनाअघि पुनर्निर्माणको थालनी हुनसक्ने अवस्था नरहेको र मन्दिर कुनै पनि बेला भत्किन सक्ने अवस्था रहेको कारण त्यति समय कुर्न सक्ने अवस्था नभएको श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष एवं संयोजक, कृष्णलाल महर्जनले बताए । मन्दिरलाई तत्काल भत्काई पुनर्निर्माणको थालनी नभएमा यसले ठूलो दुर्घटना निम्तिन सक्ने सम्भावना रहेको उनको भनाइ छ । उक्त मन्दिरको पुनर्निर्माणमा लाग्ने सम्पूर्ण व्ययको जोहो ललितपुर महानगरपालिका, स्थानीय व्यापारिक वर्ग तथा अन्य दाताहरुको सहयोगमा ललितपुर उद्योग वाणिज्य संंघले गर्नेगरी पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा उक्त मन्दिरको पुनर्निर्माणको कार्य गर्ने जिम्मा ललितपुर उद्योग वाण्ज्यि संघको अगुवाई गठित श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिलाई प्रदान गर्ने व्यवस्थाका निमित्त पुरातत्व विभागमा मन्दिर पुनर्निर्माणको लागत योजनासमेत समावेश गरी २०७५ भदौ १ गते निवेदनसमेत दिइसकेको महर्जनले बताए । ‘श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति’ ले मंगलबार क्षमा पूजा गरी मन्दिर भत्काउन सुरु गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आयुर्वेद औषधालयमा चिकित्सक, औषधिको अभाव

वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन् । छ जना...

म्याग्दीमा ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ । आपत्कालीन...

मिर्गौला फेरे पनि चरा देखाउने पेशा फेरिएन

चितवनको सौराहाका ४८ वर्षीय दिनेश गिरीलाई पर्यटकलाई चरा देखाउने पेशामा पुनः सक्रिय हुन सकिएला भन्ने आशा थिएन ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै