logo

तीजको दर : संस्कृतिसँगै विकृति

काठमाडौँ, भदौ २५
हरितालिका तीज आउन अब केही दिन मात्र बाँकी छ । पहिले पहिले तीजको अघिल्लो दिन मात्र खाइने दर केही वर्षदेखि एक दुई महिनाअघिदेखि नै खाने प्रचलन बढ्दै आएको छ । काठमाडौँ नयाँ बानेश्वरकी ६९ वर्षीया दुर्गा दाहालले तीज मनाउन थालेको ५० वर्ष हुन लागिसक्यो । त्यतिबेला दर खाने चलन एकदमै सीमित थियो । जसले जतिसक्यो त्यति नै आफ्ना चेलीबेटीलाई खुवाउने चलन थियो । “त्यतिबेला दर खाने र खुवाउने संस्कृति एकदमै राम्रो थियो, परिवार र आफन्तलाई तीजमा एकै ठाउँमा भेला हुने अवसर मिलेको थियो”, उनी थप्छीन, “तर अहिले दर आफ्नो आर्थिक हैसियत नहेरी खुवाउनु अहिलेको विकृति हो ।” उनका अनुसार अहिले अरुको देखावटीबाट नै दर खुवाउने प्रवृत्ति बढ्दै गए पनि विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने दर कार्यक्रमले महिलाबीच जमघटको अवसर मिलेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी दाहाल आफ्नो पार्टीले आयोजना गर्ने दर कार्यक्रमले देशभरीका दिदीबहिनीसँग भेटघाट गर्ने अवसर जुराइदिएको बताउछिन् । काठमाडौँमा बसोवास गर्दै आएकी निर्मला राउत सबैले मिलाएर एकपछि अर्को गरी दर खाने संस्कृति आफूलाई राम्रो लाग्ने गरेको बताउछिन् । “पहिले एक जनाले मात्र तीजको अघिल्लो दिन दर खुवाउँदा अर्कोले खुवाएन भन्नेजस्तो लाग्थ्यो, अहिले भने सबैको पालो आउने र भेटघाट गर्ने अवसर जुर्ने हुँदा रमाइलो गर्ने पर्याप्त अवसर पाइन्छ”, उनले भनिन । दर भड्किलोे रुपमा नगरी सामान्य रुपमा रमाइलो गर्ने उद्देश्यले गर्नुपर्ने उनी बताउछिन् । तीजमा धनी वर्गलाई भन्दा गरीब वर्गलाई देखावटीको कारण समस्या हुने गरेको झापाकी रमा न्यौपाने बताउछिन् । “तीजको दिन भोकै बसेर महिलाहरु खासै नाच्न पनि सक्दैनन्, अगाडि नै दर खाएर रमाइलो गर्नु एक किसिमले राम्रै पनि हो”, उनले भनिन । तीज अगाडि नै दर खानुमा राम्रो र नराम्रो दुवै पक्ष रहेको बताउँदै एक दुई महिना अघिदेखि दर खानुभन्दा पनि एक हप्ता अगाडिदेखि खानु राम्रो रहेको न्यौपानेको भनाइ छ । अहिले व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा दर खाने प्रचलन बढ्दै गइरहेको छ । तीजका बेला आफ्ना सङ्गठनका सेवाग्राहीलाई भेला गराएर थुप्रै सहकारी, राजनीतिक दल, सङ्गठन आदिले दर खुवाउँदै आइरहेका छन् । विभिन्न सङ्घसंस्थाले दर खुवाउँदा त्यसले नकारात्मक असर नगर्ला भन्न सकिन्न ।

कतिपय अवस्थामा भने दरकै कारण सयौंँ मानिस बिरामी परेका उदाहरण हामीसामु छ । गत शनिबार मात्र काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा यस्तै घटना भयो । नगरको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारीले आयोजना गरेको दर कार्यक्रममा विषाक्त खाना खाँदा पाँच सयभन्दा बढी मानिस विषाक्त खानाका कारण बिरामी परे । हाल बिरामी उपचारकै क्रममा छन् । ती अवसरमा खाइने खानामा आफू स्वयं सचेत हुनुपर्ने त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्वप्रमुख डा वीणा पौडेल बताउछिन् । “दर भन्ने शब्द तीजको अघिल्लो दिन भोलिपल्ट भोक नलागोस् भनेर खाइने खाना हो तर अन्य दिनमा खाने खाना दर होइन”, पौडेलले भनिन ।

तीजको अगाडि गरिने भेटघाट नराम्रो नभए पनि शब्दको चयनमा ख्याल गर्नुपर्ने उनी बताउछिन् । अन्य दिनमा घरबाट बाहिर निस्कन नपाएका महिलाले विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भई नयाँ कुरा सिक्ने अवसर पनि पाउने डा पौडेल बताउछिन् । त्यस्ता अवसर आयोजना गर्दा सरकारी निकायलगायत अन्य सङ्घसंस्थाले महिला सशक्तीकरणमा ध्यान दिनुपर्ने सुझाव उनले दिइन । “महिलालाई वैदेशिक रोजगारीलगायत अन्य कानूनी कुरा सिकाउन सकेमा देश र समाज दुवैलाई फाइदा हुन्छ”, उनी थप्छीन्, “महिलालाई सशक्त बनाए मात्र समाजिक समस्या न्यूनीकरणमा केही सहज हुन्छ ।” उनका अनुसार तीजका बेला गरिने भेटघाटमा महिला मात्र नभएर पुरुष पनि सहभागी हुनु अर्को सकारात्मक पक्ष हो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

प्रहरीले अवैध रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले नेपाली...

विदेशीहरुको निशानामा नेपाली बैंकहरु

विदेशी ह्याकरहरुले नेपाली बैंक र नेपाली नागरिकको खातालाई निशाना बनाउने क्रम बढेको छ । नेपालका बैंकहरुको...

मदिरा बेच्न पाउनपर्ने भन्दै व्यापारी आन्दोलनमा

बझाङको दोस्रो सभाले जिल्लाभरि मदिरा पूर्णरुपले बन्द गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन्...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै