logo

नेपाल महिला चेम्बरको तीज विशेष मेला

काठमाण्डौं, भदौ २५
नेपाल महिला चेम्बर, व्यापार समितिले तीज स्पेसल फिएस्टा (तीज विशेष मेला) २०१८ सम्पन्न गरेको छ । जमलस्थित चेम्बर भवनमा शनिबार आयोजित सो मेलाको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गरेकी थिइन् । कार्यक्रमको उद्घाटनपश्चात् मन्त्री थापाले मेलाको अवलोकन समेत गरेकी थिइन् । मेलामा महिला उद्यमीहरुद्वारा उत्पादित तथा बिक्रीवितरण हुँदै आएका पहिरन, श्रृंगार, हस्तकलाका सामग्री, खानाका परिकारलगायतका सामग्रीहरु प्रदर्शनीका लागि राखिएको थियो । मेलाको आयोजना सँगसँगै चेम्बर भवनको सभा हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री थापाले महिला दिदीबहिनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण ब्याजदरमा ऋण सुविधा दिलाउने सरकारको योजना रहेको बताइन् । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्लले महिला उद्यमीको उद्यमशीलताको कदर हुनसके मात्रै देशको वाणिज्य क्षेत्र सबल हुने धारणा राखे । कार्यक्रममा बोल्दै महिला चेम्बरका अध्यक्ष डा. अन्जान शाक्यले महिलाहरुले व्यवसाय सञ्चालन गर्दै राज्यलाई कर तिर्ने र रोजगारीको अवसर सिर्जना गर्ने जस्ता महत्वपूर्ण काम गर्दै आइरहेको बताइन् । कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेत रहेकी नेपाल महिला चेम्बरका सहअध्यक्ष उर्मिला श्रेष्ठले तीज पर्व र उद्यमशीलतालाई जोडेर व्यावसायिकताको विकास गराउनु नै मेला आयोजना गर्नुको प्रमुख उद्देश्य रहेको बताइन् । कार्यक्रममा कलाकारहरु दिपाश्री निरौला र रेखा थापाको प्रस्तुति रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

प्रहरीले अवैध रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले नेपाली...

विदेशीहरुको निशानामा नेपाली बैंकहरु

विदेशी ह्याकरहरुले नेपाली बैंक र नेपाली नागरिकको खातालाई निशाना बनाउने क्रम बढेको छ । नेपालका बैंकहरुको...

मदिरा बेच्न पाउनपर्ने भन्दै व्यापारी आन्दोलनमा

बझाङको दोस्रो सभाले जिल्लाभरि मदिरा पूर्णरुपले बन्द गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन्...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै