logo

जापानले नेपाललाई कृषिमा सहयोग गर्ने

काठमाण्डौं, भदौ २५
नेपालका लागि नवनियुक्त जापानका राजदूत मासामिचि साइगोले जापानले नेपाललाई कृषि विकासमा सहयोग गर्न इच्छुक रहेको बताएका छन् । नेपालमा विभिन्न क्षेत्रको विकासमा जापानको सहयोगलाई निरन्तरता दिँदै नेपाल कृषिप्रधान देश भएको र आफू पनि लामो समय जापानको कृषि क्षेत्रमा काम गरी नेपालमा राजदूतको रुपमा आएकोले कृषिको विकासको लागि विशेष सहयोग गर्न इच्छुक भएको बताए । उनले यसका लागि सहयोग गरि दिन नेपाल जाइका अलमनाई एसोसियसन (जान) का सदस्यहरुलाई अनुरोधसमेत गरेका छन् । जानको ४५ औं वार्षिक साधारण सभा एवं जानका सदस्यहरुको प्रोफेसनल प्रोफाइलको विमोचन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । सोही कार्यक्रममा बोल्दै नेपालका लागि जापानका पूर्व राजदूत एवं जापान नेपाल सोसाइटीका अध्यक्ष मिचुआकी कोजिमाले जापानले नेपालको विकासमा सहयोग गर्दै आएको सन् २०१५ मा नेपालमा गएको महाभूकम्पपछि नेपाल जापान सोसाइटीले जानमार्फत भूकम्पपीडितलाई सहयोग गरेको बताए ।

उनले कृषि क्षेत्रले नै नेपालमा रोजगारी दिन सक्ने भएकोले यस क्षेत्रलाई नेपाल सरकारले पनि विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । उनले आफूले हालै प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँगको भेटमा समेत अनुरोध गरेको जानकारी दिए । साथै नेपाल जापानबीचको मित्रतालाई सुदृढ गर्न र सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्न जानले खेलेको भूमिका र गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरे । जाइका नेपालका मुख्य आवासीय प्रतिनिधि जुन साकुमाले जाइकाले नेपाललाई गर्ने सहयोग कार्यान्वयन गर्नमा जानका सदस्यहरुले आ–आफ्नो क्षेत्रबाट उल्लेखनीय सहयोेग गरेको भन्दै जानका सदस्यहरुलाई धन्यवाद दिँदै जापान र जाइकाको लागि जापानबाट अध्ययन र तालिम पूरा गरी नेपालको विकासको लागि विभिन्न क्षेत्रमा कार्यरत जानका सदस्यहरु जाइकाको लागि गौरव र सहयोगको आधार भएको बताए ।

उक्त समारोहमा जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जापानले नेपाललाई गर्दै आएको सहयोग नेपालको दिगो विकासको लागि महत्वपूर्ण रहेको बताए । जानले नेपाल र जापानबीचको मित्रता सुदृढ गर्नमा सधैं उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ । उनले जानका सदस्यहरुले नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको नेतृत्व गरिरहेकोले जापान सरकारको सहयोग कार्यान्वयन गर्नमा विशेष सहयोग गर्न सक्ने बताए । सो समारोहमा जानबाट प्रकाशित जानका सदस्यहरुको प्रोफेसनल प्रोफाइलको विमोचन गर्नुको साथै जापानका पूर्वराजदूत एवं नेपाल जापान सोसाइटीका अध्यक्ष मिचुआकी कोजिमा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई नेपाल जापानको सुमधुर सम्बन्ध सुदृढ गर्न र जानका विभिन्न कार्यक्रमहरुमा गरेको सहयोगको लागि जानको तर्फबाट सम्मानसमेत गरिएको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

किसानलाई अनुदानमा आलुको बीउ

किसानलाई व्यावसायिक खेतीतर्फ डो-याउने उद्देश्यले बेलौरी नगरपालिकाले उन्नत जातको ८० मेट्रिक टन आलुको बीउ ५०...

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी...

‘ऋण माग्न जाँदा १० प्रतिशत ब्याज भनेपछि आफ्नै सहकारी स्थापना’

बझाङ जिल्ला सुर्मा गाउँपालिका बस्ने शान्ति बोहरा पुजारा महिला एक उदाहरणीय महिला हुन् । जसले सानैमा बुबा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै