logo

प्रस्तावित रंगशालाविरुद्ध जनता सडकमा

भक्तपुर, भदौ २४
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ साबिकको ताथली गाविसको तेडोल र डाँडापाटीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणविरुद्ध जनता सडकमा उत्रिएका छन् । सो क्षेत्रमा सरकारले जग्गा एकीकरण आवास योजनामार्फत अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने एकतर्फी निर्णय भएको भन्दै सो क्षेत्रका जनता सडकमा उत्रिएका हुन् । रंगशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अनप्रसाद न्यौपानेको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको र भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडाल क्षेत्रमा झण्डै ३८ हजार रोपनीमा आवास योजना सञ्चालन गरी त्यसबाट बचेको दुई हजार रोपनी क्षेत्रफलमा रंगशाला बनाएको खण्डमा आफूहरुको उठिबास हुने निश्चित भएपछि रंगशाला पीडित जनता सडकमा उत्रिएको पीडितहरुले बताए । पीडित जनताहरुले बिहीबार भक्तपुरको भत्केको पाटीदेखि चाँगुनारायण नगरपालिका कार्यालयसम्म जुलुससहित विरोध -याली गरेका छन् । उनीहरुले चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रलाई विरोधपत्र पनि बुझाएका छन् । उनीहरुले ‘बस्ती उठाउन पाइँदैन– रंगशाला हामीलाई चाहिँदैन’, ‘विकासको नाममा विनाश–हुन्छ जनताको उठिबास’, ‘रंगशाला झेल हो, ‘भूमाफियाको खेल हो’, ‘मनपरी सहन्नौं– चुप हामी रहन्नौं’, ‘बस्दैनौ चुप लागेर– आए जनता जागेर’, ‘जनचाहनाको कदर गरौं–रंगशाला बदर गरौं’, ‘जनताको तागत थाहा होला– जनविरोधी तत्वको हालत के होला ?’, ‘जनता कहिल्यै दब्दैन– हातमा दही जम्दैन’ लगायतका नारा लगाई नगरपालिका कार्यालय घेराउ गर्न गएका थिए ।

 ‘जनताको पक्षमा काम गर्ने कबुल गरी चुनिएका जनप्रनिधिहरुले जनताको गाँस, बास नै नरहने गरी कुनै काम गर्नु जनप्रतिनिधिको धर्मभित्र पर्दैन । सो ठाउँमा रंगशाला बन्ने भएपछि हामी जनताहरु दिनरात आतंकित भइरहेका छौं । यो विषयमा नगर प्रमुख र केही जनप्रतिनिधिहरुबाट अझ पनि स्पष्ट तथ्य बाहिर नआउनु दुःख र विडम्बनाको कुरा हो’, विरोध ¥यालीमा सहभागी ताथलीको तेडोलका सोभिता भण्डारीले भनिन् । उनले सो क्षेत्रमा रंगशाला बने आफ्नो मात्र नभएर आफूजस्ता सयौंको उठिबास हुने जानकारी दिँदै आफ्नो गाँस र बासको लागि पनि आन्दोलनको विकल्प नभएको बताइन् । ‘डाँडापाटी र तेडोलमा रंगशाला बन्नुहुन्न, यसले हाम्रो उठिबास हुन्छ, त्यहाँ सयौं वर्षदेखि बसोबास गरिरहेका स्थानीय मात्र नभएर विभिन्न जिल्लाबाट यस स्थानमा बसाइँ सरी आई दुई– चार आना जग्गामा घडेरी गरी बसिरहेका पीडितहरुको पनि उठिबास हुन्छ’, विरोध ¥यालीमै सहभागी अर्का पीडित रामकृष्ण सुवालले भने । सोही कारण जनताहरु आन्दोलित भएको उनको भनाइ छ ।

उनले सो क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने कामका विषयमा नगरपालिकाले कुनै पनि सल्लाह नगरी जनप्रतिनिधिले नै जनताको मतविपरीतको काम गरेको पनि बताए । ‘सरकारबाट त्यो ठाउँमा रंगशाला निर्माण गर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने हाम्रो माग छ, त्यो कुरा मेयरसावलाई सुनाउन विरोध -याली गरिएको हो’, उनले भने । विरोध -यालीपछि नगरपालिका कार्यालय परिसरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण पीडित संघर्ष समितिले विरोध सभा पनि गरेका थिए । विरोधसभामार्फत चाँगुनारायण नगरपालिका नगर प्रमुख मिश्रलाई जनताको मतविपरीतको काम नगर्न खबरदारी गरेका थिए । संघर्ष समितिले बुझाएको विरोध पत्र लिँदै मेयर मिश्रले सो विषयमा आफूलाई राम्रो जानकारी नभएको भन्दै पन्छिन खोजेका थिए । उनले रंगशाला बन्नुपर्ने, कोहीको पनि विस्थापन हुन नहुने जिकिर गरे पनि जनतासमक्ष भने रंगशाला बन्नुपर्ने कारण खुलाउनसकेका थिएनन् । आयोजक समितिका अध्यक्ष रामचन्द्र बासीले जनताको मागलाई बेवास्ता गरी रंगशाला निर्माणकार्य अगाडि बढाएमा अझ सशक्त आन्दोलन गर्ने बताए । (आर्थिक दैनिकबाट) 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ...

प्रशिक्षक र खेलाडीलाई पदक

सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा...

खेलकूदले देशलाई चिनाएको छ : मन्त्री विश्वकर्मा

सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएको छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै