logo

चुलिँदो व्यापारघाटा र कृषिप्रधान मुलुक

काठमाडौँ, भदौ २३
नेपाललाई कृषिप्रधान मुलुक भन्न, अकमकाउनु पर्ने अवस्था आयो । यसै वर्षको असार महिनामा दुई लाख ७६ हजार ४११ प्रतिशतले दैनिक आवश्यक पर्ने खाद्यान्न आयातमा वृद्धि भएको छ ।

असार एक महिनामा रु तीन अर्ब ५६ करोड २९ लाख ३८ हजारको खाने खाद्यान्न आयात भएको हो । जबकी सोही अनुपातमा आयात हुने हो भने एक वर्षमा रु ४२ अर्ब ७५ करोड ५२ लाख ५६ हजारको खाद्यान्न आयात हुने देखिन्छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा सोही अवधिमा १२ लाख ८९ हजारको खाद्यान्न निर्यात भएको उल्लेख छ । सोही अनुपातमा निर्यात हुँदा एक वर्षमा नेपालले रु एक करोड ५४ लाख ६८ हजारको खाद्यान्न निर्यात गर्नसक्छ ।

नेपालले एक महिनामा भारत, चीन, मलेशियालगायत अन्य केही देशबाट धान, मकै, गहुँ, कोदो, फापर र अन्य केही खाद्यान्न आयात गरेको हो । उत्पादनमा प्रचुर सम्भावना रहँदारहदै पनि असार महिनामा खाद्यान्नबाट मात्र नेपाललाई रु ४२ अर्ब ७३ करोड ९७ लाख ८८ हजार व्यापार घाटा भयो ।

सोही अवधिमा जीउँदो पशु रु ५३ करोड ७४ लाख ७४ हजारको आयात भएको छ । मुख्यगरी मासुका लागि खसी, बोका, राँगा, भैँसी, बङ्गुरलगायत अन्य चौपाया आयात हुने गर्दछ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार एक वर्षमा जति चौपाया खरीद हुन्छ, त्यतिकै सङ्ख्या बराबर दसैँ र तिहारमा मात्रै रु १२ अर्ब ८९ करोड ९३ लाख ७६ हजार बराबरका मासुजन्य चौपाया आयात हुने गर्दछ । जबकी नेपालबाट कुनैपनि मुलुकमा पशुको बिक्रीवितरण भने शून्य रहेको तथ्याङ्कले देखाएको छ ।

दसँैको समयमा मासुका लागि वर्षभरिमा खपत हुने चौपायाको दोब्बर खपत हुन्छ । अझै दसैँमा चीनबाट थप भेडा, च्याङग्रासमेतको आयात हुन्छ । नेपालमा आयात हुने भेडा, च्याङ्ग्रालाई उक्त हिसाबमा समावेश गरिएको छैन ।

नेपालबाट सागसब्जीमा निर्यातको प्रचुर सम्भावना छ । असारको एक महिनामा रु एक अर्ब ९७ करोड ९२ लाख ९७ हजारको तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट जम्मा रु १३ करोड ३८ लाख ३९ हजारको निर्यात भएको छ ।

उक्त तथ्याङकलाई केलाउँदा सागसब्जी, तरुल, पिँडालुलगायतका तरकारीजन्य वस्तुको वार्षिक आयात रु २३ अर्ब ७५ करोड १५ लाख ६४ हजार र निर्यात रु एक अर्ब ६० करोड ६० लाख ६८ हजार हुन्छ । यसरी तरकारीबाट पनि नेपाललाई रु २२ अर्ब १४ करोड ५४ लाख ९६ हजार व्यापारघाटा रहेको भन्सार विभागको तथ्याङ्कले जनाएको छ ।

नेपालमा झण्डै ८३ हजार नदीनाला र सयौँको सङ्ख्यामा तालतलैया रहेपनि त्यसमा व्यावसायिक माछापालन नहुँदा माछाको आयात घटेको छैन । असारमा भारतलगायत अन्य मुलुकबाट रु १५ करोड आठ लाख ४३ हजारको ताजा माछा आयात भएको छ तर निर्यात भने जम्मा रु २८ हजारको रहेको छ ।

माछाको आयात निर्यातको लेखाजोखा गर्दा नेपालमा वार्षिक ताजा मााछाको रु एक अर्ब ८१ करोड एक लाख १६ हजारको आयात र निर्यात रु तीन लाख ३६ हजार देखिन्छ । माछाबाट नेपाललाई रु एक अर्ब ८० करोड ९७ लाख ८० हजारको व्यापार घाटा रहेको छ ।

खाद्यान्नमा रु ४२ अर्ब ७३ करोड ९७ लाख ८८ हजार, चौपायामा रु १२ अर्ब ८९ करोड ९३ लाख ७६ हजार, तरकारीमा रु २२ अर्ब १४ करोड ५४ लाख ९६ हजार र माछामा रु एक अर्ब ८० करोड ९७ लाख ८ हजार गरी एक वर्षमा चार कृषि उत्पादनबाट मात्र रु ७९ अर्ब ५९ करोड ४४ लाख ४० हजारको आयात भएको तथ्याङकबाट पुष्टि हुन्छ ।

नेपालले सबैभन्दा धेरै आयात गर्ने वस्तु पेट्रोलियम पदार्थ हो । यस वर्षको साउन महिनामा सबै प्रकारको पेट्रोलियम पदार्थ खरीद गर्दा भारतको आयल निगम लाई रु १८ अर्ब १० करोड भुक्तानी गरेको छ । सो आयात गत वर्षको भन्दा ८७ प्रतिशतले बढी हो । गतवर्ष सोही महिनामा रु नौ अर्ब ६९ करोड थियो ।
भारतसँग देखिएको बढ्दो व्यापार घाटालाई कम गर्ने मुख्य स्रोत भनेकै कृषि उत्पादनको वृद्धि रहेको वरिष्ठ कृषिविज्ञ कृष्ण पौडेल बताए । कृषि विकास मन्त्रालयले आर्थिक वर्ष २०७३÷७४ मा रु १० अर्ब ७८ करोड कृषि अनुदानको रकम उपलब्ध गराएको भएपनि त्यसको प्रतिफल भने सन्तोषजनक नभएको उहाँको भनाइ छ ।

सरकारी तथ्याङ्कले उत्पादन बढेको देखाए पनि आयातको तुलनामा निर्यातको निक्कै फराकिलो हुदै गएको छ । राज्यको आँखा बाँझो जमीनलाई उपयोगमा ल्याउनतर्फ केन्द्रीकृत नहुँदा नेपालको कूल खेतीयोग्य जमीनको झण्डै ११ लाख हेक्टर जमीन पूर्ण रुपमा बाँझो छ ।

बाँझो जमीनलाई उपयोगमा ल्याउने हो भने अहिले भारतसँग देखिएको व्यापार घाटा रु एक खर्ब ३७ अर्ब ६० करोड ५५ लाख ६० हजार झार्न सकिन्छ । कृषि क्षेत्रबाट लाखौ जनताले रोजगारको अवसर प्राप्त गर्न सक्ने सम्भावना छ ।

कृषि मजदुर, भूमिहीन र सीमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानको हातमा जमीन छैन । छैठौँं कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमीन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ । गणनामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेशामा आत्मनिर्भर छन् । ४२ प्रतिशत कृषकले कृषि गर्न ऋण उपलब्ध नभएको उल्लेख छ ।

सरकारले सार्वजनिक गरेको २० वर्षे कृषि विकास रणनीतिमा आगामी पाँच वर्षमा नेपाललाई कृषिमा पूर्ण आत्मनिर्भर बनाइने उल्लेख छ । हालसम्म बाँझो जग्गा उपयोगमा ल्याउन नसक्नु, जग्गाको हदबन्दी नतोक्नु, कृषि ऋणलाई सरलीकरण नबनाउनु तथा कृषिमा युवालाई आकर्षित नगर्नुले सरकारको योजना सफल हुन्छ भन्नसक्ने पर्याप्त आधार भने देखिंदैन । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै