logo

कृषि पाठशाला सञ्चालन

पर्वत, भदौ २२
कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले यहाँको एक विकट गाउँमा कृषि पाठशाला सञ्चालन गरिएको छ । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाएर गाउँमा उत्पादित अन्न तथा फलफूल निर्यात गरी प्रशस्त आम्दानी भित्र्याउने उद्देश्यले जिल्लाको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा सो पाठशालामा सञ्चालन गरिएको वडाध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए । उक्त पाठशालामा हरेक शुक्रबार बिहान कक्षा सञ्चालन गरिने भएको छ । कृषि पाठशालासँगै व्यावसायिक कृषिका लागि वडा कार्यालयले ११ टोल विकास संस्था पनि स्थापना गरिएको छ । एक टोल एक सामुदायिक नर्सरी स्थापना र एक घर एक करेसाबारी सञ्चालन गर्ने कार्यक्रमसमेत तय गरिएको छ । साप्ताहिकरूपमा सञ्चालन हुने पाठशालामा हरेक टोल विकास संस्थाका कृषक सहभागी हुने र तिनलाई कृषि प्राविधिकले बालीनाली लगाउने तरिका, मलखादको प्रयोग, रोग किराको प्रकोपबाट बच्ने उपाय, फल टिप्ने तरिका, फलको व्यवस्थापन, फल टिपिसकेपछि बोेटको व्यवस्थापनजस्ता विषयमा सहजीकरण गर्दछन् । कृषकले आफ्नो घरमा रहेको करेसाबारीमा देखिएका समस्या पाठशालामा लान्छन । कृषि प्राविधिकले पाठशालामा समस्या समाधान गरिदिन्छन् । प्रत्येक साता कक्षा सञ्चालन हुने भएपछि कृषकका सबै समस्या समाधान गर्न सहज हुने वडाध्यक्ष उच्चैले जानकारी दिए । यसबाट व्यवासायिक कृषकका साथै निर्वाहमुखी वा घरायसी प्रयोजनका लागि मात्र खेती गर्ने कृषक पनि लाभान्वित हुने भएका छन् ।

पछिल्लो समय कृषि क्षेत्रको विकासमा लगानी बढाएको महाशिला गाउँपालिकाले एक गाउँ एक प्राविधिक पनि परिचालन गरिसकेको छ । यसअघि यान्त्रिक हलो वितरण गरेको गाउँपालिकाले कृषकको सहजताका लागि कुटनी पिसनी मिलसमेत वितरण गरेको छ । निःशुल्क रूपमा प्लाष्टिक टनेल बाँडेको गाउँपालिकाले अहिले कृषकलाई उनीहरूको माग बमोजिम निःशुल्क बिऊ वितरण गरेको छ । रु एक लाख बराबरको काउली, बन्दा, रायो, मुला, सिमी, बोडी, काक्रा, घिरौला, लौका, टमाटर, खुर्सानीलगायतका जातका उन्नत बिऊ वितरण गरिएको वितरण गरिएको वडाध्यक्ष उच्चैले बताए । त्यस्तै घरघरमै पशु चिकित्सक तथा प्राविधिक पठाएर पशुको स्वास्थ्य परीक्षण पनि गराउन थालिएकाले कृषकको मनोबल बढ्नाका साथै कृषि पेशातर्फ लाग्न प्रेरणा पनि मिलेको छ । जिल्लामै पहिलो पटक सञ्चालन गरिएको उक्त पाठशालाबाट अन्य वडाका कृषक पनि लाभान्वित भएका छन् । अहिले वडा नं ५ मा मात्रै झण्डै २०० परिवारले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादित तरकारी स्थानीय लुङ्खुदेउराली बजारका साथै छिमेकी जिल्ला स्याङजाको वालिङ, पुतलीबजार, पर्वतको कार्किनेटा बजार र पोखरासम्म जाने गरेको छ । एउटा कृषकले न्यूनतम रु एकदेखि १० लाखसम्म पनि आम्दानी गर्ने गरेको वडाध्यक्ष उच्चैले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कञ्चनपुर धान जोनः उपकरणदेखि अनुदानसम्म

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर यहाँका किसानलाई...

छ सय ११ मेट्रिकटन रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११।२ मेट्रिकटन...

रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११ दशमलब २०० मेट्रिक टन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै