logo

दुग्ध चिस्यान केन्द्रको स्थापना

जाजरकोट, भदौ २०
जाजरकोट जिल्लामा पहिलो पटक दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको हो । जिल्लामा भएको दुध सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्ने उद्देश्यले चिस्यान केन्द्र स्थापना गरिएको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ७९ लाख ९९ हजार नौ सय ५० रुपैयाँ र नागरिक दुग्ध सहकारी संस्थाको १६ लाख २५ हजार रुपैयाँ गरी ९६ लाख २४ हजार नौ सय ५० रुपैयाँको लागतमा तीन हजार लिटर क्षमताको चिस्यान केन्द्र स्थापना गरिएको छ । केन्द्रका लागि चिलिङ भ्याट र त्यसका लागि आवश्यक सम्पूर्ण सामग्री र एउटा गाडीसमेत गरी ९६ लाख रुपैयाँमा खरिद गरिएको र दुध सङ्कलनका लागि अर्को गाडी ल्याउने तयारी रहेको केन्द्रले बताएको छ । जिल्लामा उत्पादित दुधको सदुपयोग र बाहिर निर्यातका लागि चिलिङ भ्याट स्थापना गरिएको सहकारीका अध्यक्ष धीरन शेर्पालीले बताए । सुरुमा मुसिकोट नगरपालिका, सानीभेरी, त्रिवेणी गाउँपालिकाका विभिन्न बस्तीमा उत्पादित दुधलाई बजार लिने उद्देश्यसहित चिलिङ भ्याट स्थापना गरिएको उनको भनाइ छ । असोज पहिलो साताबाट दुध सङ्कलन सुरु हुनेछ, सङ्कलित दुध जिल्लामा पुगेपछि जिल्ला बाहिर निर्यात गर्ने योजना सहकारीका अध्यक्ष शेर्पालीले बताए । अहिले तत्काललाई दाङको लमही र नेपालगञ्ज दुध पठाइनेछ । दुध सङ्कलनका लागि ठाउँठाउँमा केन्द्र खोलिएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कञ्चनपुर धान जोनः उपकरणदेखि अनुदानसम्म

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर यहाँका किसानलाई...

छ सय ११ मेट्रिकटन रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११।२ मेट्रिकटन...

रासायनिक मल बिक्री

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय पोखराबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६११ दशमलब २०० मेट्रिक टन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै