logo

‘आर्या’को डबिङ सप्पन्न

काठमाण्डौं, भदौ १३
तिमिल्सिना फिल्म प्रडक्सनद्वारा निर्माण भएको नेपाली कथानक चलचित्र ‘आर्या’को डबिङ सप्पन्न भएको छ । नेपालीहरुको महान् चाड दशैमा रिलिज हुन गइरहेको यो चलचित्रमा मुख्य भूमिकामा छन् शिल्पा पोखरेल, अनुपविक्रम शाही, रवि गिरी, सुशील पोखरेल आदि । निर्देशक उपेन्द्र तिमिल्सिनाको भनाइअनुसार चलचित्र आर्याको गीत यही हप्ता युट्युबमार्फत रिलिज हुँदै छ । लगातार नेपाली चलचित्रको बजार खस्किरहेको अवस्थामा आर्याबाट कस्तो अपेक्षा राखेका छन् भन्ने प्रश्नको उत्तरमा निर्देशक उपेन्द्र तिमिल्सिनाचाहिँ आफू आर्याबाट ढुक्क रहेको बताए । आर्या परम्परावादी चलचित्र निर्माणकै धारमा टेकेर बनाइए पनि यसको कथा पक्ष सबल र दर्शक तान्ने किसिमको छ । अहिले बनिरहेका अधिकांश चलचित्रका कथा पक्ष कमजोर भएकै कारण दर्शकले मन नपराएका हुन् भन्ने कुरा चलचित्र समीक्षकहरुको रहेको छ । प्राविधिक पक्ष नयाँ तर कथामा नवीनताको अभाव हुनुले नै यो वर्ष बनेका अधिकांश चलचित्रले लगानी डुबाए । हतारमा कथा छान्ने, हतारमै स्क्रिप्ट तयार गर्ने र हतारमै सुटिङ सक्ने परम्पराले पनि नेपाली चलचित्रको अपेक्षाकृत विकास हुन नसकेको कुरा पुराना निर्देशकरुको भनाइ रहेको छ । आर्या चलचित्र साहित्यकार लक्ष्मण सिटौलाको चर्चित उपन्यास हो । ‘आर्या’ उपन्यासबाट निर्माण गरिएको यो चलचित्रमा गीत पनि सिटौलाकै रहेको छ । चलचित्रमा राम सिटौलाको संगीत रहेको छ । तीन दशकदेखि सिर्जनात्मक क्षेत्रमा लागेका लक्ष्मण सिटौलाले भोजपुरबाट ‘अस्मिता’ नामक चलचित्र लेखेका थिए । कुराकानीका क्रममा सिटौलाले अहिले आफूसँग चलचित्र निर्माणका लागि करिब एक दर्जन महत्वपूर्ण कथा भएको बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

परदेशिको पिडा समेटिएको देउसी गीत

गीतकार दुर्गा खनाल घिमिरेकोे तिहार सम्बन्धी नयाँ गीत तथा म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । नेपालीहरुको...

दुर्घटनापछि माधव भण्डारी रोधी घरमा देखिए

गायक, सर्जक र एरेन्जरको रुपमा चर्चा कमाएका बहुप्रतिभाका धनी माधव भण्डारी गत वर्ष मोटरसाइकल दुर्घटनापछि आफ्नै...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

साहुको वचनको करौतीले ध्वस्त भएको मेरा वृद्ध बाबुको छातीको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन

पठ्ठो लाल सिंह दंग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भई । माइती त्यहीं पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु...
मनोरञ्जन / साहित्य अरु धेरै

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै