logo

निहारिकाको योगमायालाई मदन पुरस्कार

काठमाडौं । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार निलम कार्की निहारिकाको उपन्यास योगमायालाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीको सोमबार बसेको बैठकले निहारिकाको उपन्यास योगमायालाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । मदन पुरस्कार वर्षभर प्रकाशित उत्कृष्ट कृतिमध्ये एक कृतिलाई र जगदम्बा–श्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा विशेष योगदान दिएवापत व्यक्तिलाई प्रदान गरिन्छ ।
यस्तै, जगदम्बाश्री पुरस्कार बाल साहित्यमा लामो समयदेखि सक्रिय शान्तदास मानन्धरलाई दिइने भएको छ । बाल साहित्यको विकास, विस्तार तथा प्रवद्र्धनमा पाँच दशकदेखि समर्पित रहको जनाउँदै गुठीले जगदम्बाश्री दिने भएको हो ।
यसअघि मदन पुरस्कारका लागि गुठीले उत्कृष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरेको थियो । जसमा योगमायासहित नयनराज पाण्डेको यार, सरस्वती प्रतीक्षाको नथिया, ध्रुवसत्य परियारको कैरन, मोहन वैद्यको हिमाली दर्शन, यज्ञशको भुइयाँ, तीर्थ गुरुङको पाठशाला, राज माङ्लाकको लिम्बुनी गाउँ सूचीमा परेका थिए ।
२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपटक विक्रम सम्बत २०१३ सालमा हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो भने २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरुप जगदम्बा–श्री पुरस्कार घोषणा गर्न थालिएको हो । दुवै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

नितिनले ‘गीत गजल’ निर्देशन गर्ने

जोनी जेन्टलम्यान निर्देशक नितिन चन्दले नयाँ सिनेमा ‘गीत गजल’ निर्देशन गर्ने भएका छन्...

‘आर्या’को डबिङ सप्पन्न

तिमिल्सिना फिल्म प्रडक्सनद्वारा निर्माण भएको नेपाली कथानक चलचित्र ‘आर्या’को डबिङ सप्पन्न भएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै