logo
565 x 90 pixel-01.png

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं भदौ ३
गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत ‘कार किन्देऊ किन्ने भा’ गत साउन ३१ बिहीबारदेखि औपचारिक रुपमा सार्वजनिक भएको छ ।
नमुना नेपाल युट्युव च्यानले बजार व्यवस्थापन गरेको यो गीत अति नै मौलिक र सामाजिक सन्दर्भलाई समेत समेटिएको छ । समाजमा वर्गीय भिन्नता रहेको छ एउटा वर्गको मान्छेले अर्को वर्गको मान्छेलाई आफ्नो सम्पत्ति, गरगहना र गाडीको रवाफ देखाउने गरेको र फलस्वरुप तलले वर्गको मान्छेमा नकारात्मक प्रभाव पर्ने र त्यसले पारिवारिक कलहका साथै बेमेलको अवस्थासमेत सिर्जना हुने सामाजिक यथार्थलाई यहाँ देखाउन खोजिएको छ ।
गायन र पत्रकारिता पेसालाई सँगसँगै अगाडि बढाउँदै आएका गायक तथा पत्रकार रामप्रसाद पाठकको लय तथा शब्द सङ्कलनमा तयार भएको यो तीजगीतमा रामप्रसाद पाठक, राधिका हमाल र मञ्जु घिमिरेको स्वर रहेको छ भने यस गीतको संगीत संयोजन लक्षुप्रकाश मल्लले गरेका हुन् । यस्तै मनोज डंगोलले रेकर्ड गरेका हुन् भने जीवन बडुले मिक्सिकङ गरेका हुन् ।
काभ्रेको बनेपा नगरपालिका वडा नं.२ घिमिरे गाउँ र गिरी गाउँमा यस गीतको म्युजिक भिडियोको छायाङ्कन भएको हो । राजधानीदेखि नजिकैको दूरीमा रहे पनि राज्यले दिनुपर्ने विकासको सेवा सुविधाबाट वञ्चित रहेको यो अति नै रमणीय गाउँमा भएको यो तीज गीतको छायाङ्कनको निर्देशन गायक स्वयं पाठकले गरेका हुन् भने यस गीतमा गायक रामप्रसाद पाठक, सशीला निरौला बिम्ली, गायिका मञ्जु घिमिरे, नमराज घिमिरे, शम्भु घिमिरेलगायतका कलाकारको अति नै सशक्त अभिनय देख्न सकिन्छ । यो म्युजिक भिडियोलार्इृ रामकृष्ण कँडेलले खिचेका हुन् । गायक पाठक साइकल चलाएर आफ्नी बुढीलाई माइत लैजाने एउटा संघर्षशील गाउँले लोग्ने मान्छेको प्रतिनिधि पात्र जो आफ्नो जीवन सधैँभरि घाँस दाउरा, गोठ, भँैसीमै बिताएको रुपमा उभिएका छन् भने बिम्ली सुशीला निम्न परिवारको स्वास्नी मान्छे जसले अरुको देखासिकी गरेर आफ्नो सोझो पतिलाई बेलाबेलामा ठूलठूलो माग प्रस्तुत गरेकी एउटी गाउँले नक्कली महिला पात्रको रुपमा उभिएकी छिन् ।

बजारमा एउटै किसिमका र विकृति र विसङ्गति भित्र्याउने किसिमका तीज गीतहरुको भीडमा एउटा सामाजिक यथार्थता र अलिकति भए पनि रोमान्टिक किसिमको स्वाद बोकेको यो तीजगीत अवश्य पनि सबैले एकचोटि हेर्नैपर्ने बनेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी।। भिडियो

करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक...

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन गएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै