logo

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

प्रकाश भट्टराई
काठमाण्डौं, साउन २७
लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको निरङ्कुशताको विरुद्ध लड्न परेको स्वयं कांग्रेस कार्यकर्ताले बताउन थालेका छन् । त्यस्तो गौरवमय इतिहास बोकेको कांग्रेस आज किन निरीह र दुर्बल हुन पुग्यो भन्ने कुरा कांग्रेस नेतृत्वले बुझेको देखिँदैन । वा बुझेर पनि नबुझेझैं गरेको अवस्था छ । आखिर किन हुँदैन कांग्रेसमा आन्तरिक लोकतन्त्र ? त्यसको एउटै प्रश्न छ, अहंकार र स्वार्थीपना । कांग्रेसको नेतृत्वमा अर्को एउटा ठूलो सरुवा रोग छ । त्यो हो रोग हो कार्यकर्ताको मूल्यांकन नहुनु र नेतृत्वमा पुगेपछि कार्यकर्ताको योगदानलाई सम्झन नसक्नु । यो कांग्रेसको वंशाणुगत रोग हो । कुनै काम पूरा गर्न निष्ठा, त्याग र समर्णपणको खाँचो पर्दछ । साँच्चै भन्ने हो भने कांग्रेसका कार्यकर्ताजस्तो अरु पार्टीका कार्यकर्तामा समर्पणको भाव कम छ । तर, त्यो कुरा नेतृत्वले बुझ्न सकेको छैन । त्यसैको परिणाम आजको दयनीय अवस्थामा कांग्रेस आइपुगेको हो । यो दुई चार वर्षको अवधिमा कांग्रेसको अवस्था भनेको ‘मनुष्य रुपेण मृगाश्चरन्ति’ को श्लोकसँग मेल खाने अवस्था हो । यो श्लोक कांग्रेसलाई नै चरितार्थ गरिएको हो किनभने कांग्रेसको अहिलो अडान र सिद्धान्त के हो भन्ने नै अन्योल छ । कुनै पनि टुंगोमा पुग्न त्यसमा प्रस्ट हुन जरुरी हुन्छ । राम्रोसँग नकेलाएर पकाएको चामलको भात खाँदा घाँटीमा ढुंगा अड्कन सक्छ । ठ्याक्कै कांग्रेसको अहिलेको अवस्था त्यही हो । सरकारमा छँदा होस् या बाहिर बस्दा उसले प्रतिशोध या आफ्नो व्यक्तिगत स्वार्थको लागि कांग्रेस नेतृत्वले जे जस्तो अडान र निर्णय लिएको थियो । त्यो अडान र निर्णय वास्तवमा ठीक थियो कि थिएन विचारै नगरी हचुवाको भरमा निर्णय गर्दा आज कांग्रेसले लजास्पद हार बेहोर्नु परेको हो । दूरगामाी असर पर्ने कुरामा निर्णय गर्दा नेतृत्वले आम कार्यकर्ताको भावना र संस्थागत परिपाटीलाई बेवास्ता गर्ने अर्को सरुवा रोग छ । यो सरुवा रोग कांग्रेसको जन्मसिद्ध अधिकारजस्तै हो । सर्वोच्चजस्तो जनताका अन्तिम सहाराको रुपमा रहेको अदालतमा अनावश्यक हस्तक्षेप गरी जनताको र कार्यकर्ताको भावनाविपरीत प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन अग्रसर हुनु, जनयुद्धमा कांग्रेस मास्न उसको घर खोज्दै हिंड्ने तत्कालीन माओवादीसँग स्थानीय चुनावमा चुनावी एकता गर्नु कांग्रेस नेतृत्वको महान् कमजोरी हो । यसैको प्रभाव संसदीय चुनावमा देखिएको छ र त्यसको कांग्रेसले अहिले भोगिरहेको छ । तर, विडम्बना अझै पनि कांग्रेस नेतृत्व तहका नेताले त्यो गल्तीको महसुस गरेको देखिँदैन । कांग्रेसलाई सशक्त र क्रियाशील बनाउनुपर्नेमा गुटगत भेला र एकअर्काप्रतिको आरोपप्रत्यारोपले स्थान पाएको छ । अहिले कांग्रेसको प्रस्ट नीति के हो भनेर कसैले सोध्यो भने एकअर्कालाई लडाएर आफू माथि उठ्ने हो भन्ने उत्तर आउँछ । यो काल्पनिक आरोप होइन । अहिले कांग्रेसमा भएको यथार्थ हो ।कांग्रेसमा सबै नराम्रा मात्र छन् भन्ने होइन पार्टीकै लागि भनेर जीवन अर्पण गर्ने नेता र कार्यकर्ता थिए र छन् तर उनीहरुको उचित कदर हुन सकेन । शक्ति र पहुँचको आधारमा राम्राभन्दा हाम्रालाई काखी च्याप्दै गएकोले कांग्रेसले अहिलेको चुनावमा नराम्रो हार बेहोर्नु परेको हो । कांग्रेसलाई वैतरणी नदी तार्न सक्ने नेता पार्टीमा छन् । तर, उनीहरुलाई नेतृत्व तहले बेवास्ता गरेको छ । राणाकालमा सार्वजनिक स्कुल खोलियो भने जनता शिक्षित हुन्छन् र हामीले सत्ताबाट बाहिरीनुपर्छ भन्ने हीन मासिकता बोकेका राणाहरु थिए । अहिले कांग्रेसमा त्यस्तै मानसिकताले काम गर्न थालेको हो कि भन्ने महसुस गर्न थालिएको छ । आखिर किन निष्ठावान् नेतालाई पार्टीको नेतृत्व गर्नबाट वञ्चित गरिन्छ त ? त्यो हो राणाकालको हीन मानसिकता नै हो सत्य लुकाएर लुकिँदैन तर सत्य, सत्य नै हुन्छ । अहिले कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिसमा परेर संसदीय समितिद्वारा अस्वीकृत भएका दीपकराज जोशीलाई प्रधानन्यायाधीश नबनाएको भन्दै विरोध ग¥यो । तर, उसले दीपकराज जोशी किन विवादमा आए भन्ने कुरालाई छानबिन गर्न सरकारलाई दबाब दिनुको सट्टा उनलाई प्रधानन्यायाधीश बनाउनै पर्छ भन्ने मात्र भनिरह्यो । यदि कांग्रेसले दीपकराज जोसीको विवादित विषयवस्तुप्रति स्वतन्त्र छानबिन गरेर सत्यतथ्य बाहिर आएपछि आफ्नो धारणा बनाएको भए जनतामा छुट्टै खालको प्रभाव पर्थ्यो । तर, त्यो अवसरबाट कांग्रेस चुक्यो ।
त्यसै पनि दीपकराज जोशीको विगतका चरित्र स्वच्छ छैन भन्ने कुरा सर्वविदितै छ  । यस्ता अदूरदर्शी निर्णय गरेर कांग्रेसले आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने काम गरेको छ । कतिसम्म भने पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा पनि गुट हेर्ने मानसिकता छ । जबसम्म कांग्रेसले यस्ता बेथिति, विवादित र अपरिपक्व काम गर्दै जान्छ तबसम्म कांग्रेस पूर्वावस्थामा पुग्न सक्दैन । कांग्रेसले अब सुधार्ने कुरा भनेको सबै कार्यकर्तालाई समान दृष्टिले हेर्नु र कुनै पनि निर्णय गर्दा संस्थागत ढंगले गर्नु हो । एकअर्कालाई दोष दिएरभन्दा आ–आफ्नो कमीकमजोरी सुधारेर अगाडि बढ्नु नै कांग्रेसको हितमा छ । किनकि संस्थाभन्दा व्यक्ति कहिल्यै ठूलो हुन सक्दैन । लामो समय मुलुकको नेतृत्व सम्हाल्दै आएको कांग्रेसको सरकार कहिल्यै स्थिर हुन सकेन । यसको कारण स्वयं कांग्रेस नै हो । एउटाले नेतृत्व गर्दा अर्कोले आफू कमजोर भइन्छ कि भन्ने मानसिकताले गर्दा कांग्रेस कहिल्यै पनि बलियो पार्टी बन्न सकेन । यो समस्या अहिलेको नेतृत्वमा मात्र होइन जन्मदेखि कै परम्परगत समस्या हो । यो बेला कांग्रेस सदनमा कसरी प्रस्तुत हुने र सरकारको कसरी र केको लागि विरोध गर्ने भन्ने नै अन्योलमा छ । उसले अहिले खालि विरोधको विरोध मात्र गरेको छ  । जबसम्म उसले पार्टीभित्रको गुटगत समस्यालाई समाधान गर्दैन तबसम्म उसले जति नै आन्दोलन वा सरकारविरुद्ध डम्फू बजाएर हिँडे पनि कांग्रेस उँभो लाग्दैन । अतः कांग्रेसको अहिलेको आवश्यकता भनेको पार्टीको सुदृढीकरण नै हो । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै