logo

सत्तापक्ष किन रुन्छ ?

काठमाण्डौं, साउन २७
केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइ सांसदहरुको समर्थन छ । नेकपा एक्लैको पनि झण्डै दुई तिहाइ संख्या रहेको बेला संघीय समाजवादी फोरम सरकारमा आएपछि दुई तिहाइको संख्या कटेको हो । दुई तिहाइ मत भएमा संविधानले पनि धेरै विषयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ । वर्तमान राजनीतिक दलहरुले नै दुई तिहाइ मत भएमा संविधानका धेरै प्रावधान खारेज र आफूअनुकूल बनाउन सकिने व्यवस्था गरेको छ । संविधान नै आफूअनुकूल बनाउन सकिने प्रावधान वर्तमान संविधानमा राख्ने काम कुनै एक राजनीतिक दलले मात्रभन्दा पनि अहिलेकै दलहरुले गरेका हुन् । अहिले प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेस संविधान बनाउने बेलामा सबैभन्दा ठूलो दलको नाताले सरकारको नेतृत्वमा थियो । नेपाली कांग्रेसले कुनै पनि विषयमा अडान लिएको भए संविधान बन्न समस्या पर्ने थियो । त्यसमा पनि संविधानको धारा संशोधनको प्रावधानको बारेमा त कांग्रेसको मतविना सम्भव नै थिएन । कांग्रेसको मत कुनै विषयमा मात्रभन्दा सरकारको नेतृत्व गरेको र त्यसमा पनि संसद्मा सबैभन्दा ठूलो दल भएको कारण संविधानका ड्राफ्ट बनाउनेलगायतका विषयमा कांग्रेसको भूमिका अहिले सत्तामा रहेका दलहरुको भन्दा धेरै थियो । त्यही भएर वर्तमान संविधान लेखनमा तत्कालीन नेकपा एमाले र माओवादी अर्थात् अहिलेको नेकपा जति जिम्मेवार छ त्योभन्दा बढी जिम्मेवार कांग्रेस छ । जसले बहुमत ल्याउँछ त्यसले सरकार बनाउने र जोसँग संसद्मा दुई तिहाइ बहुमत छ उसले संविधानका धाराहरुलाई आफूअनुकूल बनाउन सक्तछ र पाउँछ पनि ।
वर्तमान सरकार दुई तिहाइको भए पनि यसले दुई तिहाइको जसरी काम गरिरहेको छैन । उसलाई कांग्रेसलगायतका दलहरुले काम गर्नबाट रोक्ने प्रयास गरिरहेका छन् । कांग्रेससँग वर्तमान सरकारका कामकाज रोक्ने सामर्थ नभए पनि सरकार भने कांग्रेसले यो पनि गर्न दिएन र ऊ पनि गर्न दिएन भनेर गुनासो गरेर बसिरहेको छ । संंविधानतः वर्तमान सरकारका कामकाजलाई अझै चार वर्षभन्दा बढी समय कसैले पनि रोक्न सक्तैन । उसले संविधानका कतिपय धाराहरुलाई उलटपुलट पारिदिन सक्तछ । सरकारका काम मात्र होइन सबै न्यायाधीशलाई महाअभियोग लगाएर हटाउन सक्तछ । त्यस्तै संवैधानिक अंगमा पनि अहिलेका नियुक्तिलाई हटाएर नयाँलाई नियुक्ति दिन सक्तछ । संविधानले नै दुई तिहाइ मतले यीलगायतका आफूअनुकूल काम गर्न पाउने व्यवस्था गरिदिएको छ । कांग्रेस र नेकपाले आ–आफूले दुई तिहाइ बहुमत ल्याउने आशमा संविधानका कुनकुन प्रावधान संशोधन गर्न सकिन्छ भनेर किटान गरिदिएको छ । सरकारले काम गर्दै जाँदा के के समस्या आइपर्छ ती सबै समाधान गर्न आफूअनुकूल कानुन बनाउनुपर्छ । सरकारले चाहेको काम अरु दलहरुले चाहेको कानुनबाट पूरा हुन सक्तैन । आफ्नो काम गर्न आफैंले कानुन बनाउनुपर्छ । आफूअनुकूल कानुन बनाउने हैसियतमा वर्तमान सरकार छ । यसलाई कसैले पनि रोक्न सक्तैन । सडक वा सदन जता आन्दोलन भए पनि सरकारले चाहेको काम हुने अवस्था अहिले छ । कुनै पनि दलको विरोधले काम रोक्न नसकिने अवस्था भएको बेला कांग्रेसलगायतका दलहरुले काम गर्न दिएन भनेर रुनु काम गर्ने हैसियत र क्षमता छैन भनेर स्वीकार गर्नु हो । २०४६ पछि अहिले जत्तिको सरकारलाई काम गर्न सजिलो कहिल्यै पनि थिएन । यस्ता अवसर दुनियाँमा कमै मात्र मिल्छ । त्यस्तै कम अवसरमध्ये अहिलेको ओली सरकारले पाएको छ । अहिले विपक्षले के भन्ला ? सडकमा कति विरोध होला ? सामाजिक सञ्जालमार्फत कति विरोध होला भनेर हेर्दै विश्लेषण गरेर बस्ने होइन । आफूलाई मन लागेको काम फटाफट गर्ने हो । राम्रो काम गरे जनताले फेरि चुन्छन् र नराम्रो काम गरे भने जनताले त्यसको बदला लिन्छन् । दुई तिहाइको सरकारले विपक्षीले काम गर्न दिएन भन्नु नै गलत छ । दुई तिहाइ हुँदा पनि विपक्षीले काम गर्न दिएन अब कति संख्या चाहियो भन्दै सरकारमा बसेकाहरु चुनावमा जानेछ । दुई तिहाइको बहुमतको सरकारले विरोधलाई बेवास्ता गर्दै अगाडि बढेन भने विपक्षीले अवसर पाउँछन् । दुई तिहाइले पनि काम गर्न सकेन हामी गर्छौं भनेर माग आउन थाल्छ । त्यही भएर अहिलेको सरकारले सबैलाई बेवास्ता गरेर आफूलाई मन लागेको काम गर्नेतर्फ अगाडि बढ्नै पर्छ । अहिले पनि काम भएन भने कम्युनिष्टहरुले कहिल्यै पनि काम गर्न सक्तैन । जे जे गर्ने भनेको छ, ती सबै काम तत्काल थाल्नुपर्छ । काम थालेन भने यो सरकारलाई हराउन कांग्रेस अर्को निर्वाचनमा मत माग्न नै जान पर्दैन । निर्वाचनमा उम्मेदवार मात्र उठाए पुग्छ । स्पष्ट बहुमत ल्याउँछ । यदि कम्युनिस्टले जनताको पक्षमा काम गर्न थाल्यो भने कांग्रेसले अर्को दुई वटा निर्वाचनमा उम्मेदवारी नै नदिए हुन्छ । तर, अहिलेको सरकारले विपक्षीले काम गर्न दिएन भनेर कराउनु भनेको आफ्नो हैसियत बिर्सनु हो । सुरु मै हैसियत बिर्सिएर ओराले लाग्यो भने ऊ कहिल्यै पनि माथि उठ्नै सक्तैन । तसर्थ माथि उठ्ने वा तल झर्ने भन्ने हात विपक्षीको छँदै छैन । सबै बल सरकारमै छ । आफूलाई कता लैजाने सरकारमा बस्नेहरुले नै निधो गर्ने हो । अरुको विरोध र समर्थनले केही लछारपाटो लगाउने छैन । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...

यसपालिको दशैं सुदूरपश्चिम प्रदेशमा सुदूर पर्यटनमा टेवा

नेपालीहरुको महान् चार्ड दशैं अब नेपालीहरुको घर घरमा आउँदैछ । विदेशिएका नेपाली दाजुभाईहरु दशैं मनाउन आफ्नो घर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै