logo

क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज, साउन २५
बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको जेलर श्यामलाल लामिछाने बताउछन् । नेपालगञ्ज १० स्थित बाँके कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएका छन् । कैदीको संख्या बढेसँगै कारागारबाट निस्केको फोहर हाताभित्र फालिने र ढल निकासको पर्याप्त व्यवस्था नहुँदा वरिपरिको वातावरण दुर्गन्धित बनेको र फोहर बढी भएकाले कैदी पनि अधिक संख्यामा बिरामी भएका छन् । कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घनाबस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताएको छ । कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । “क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो” जेलर लामिछानेको भनाइ छ । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गर्दाका बखत आसपासका क्षेत्रमा बस्ती नरहे पनि अहिले कारागार वरिपरि बाक्लो बस्ती छ । अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको गनापुरमा खुल्ला कारागार निर्माणको काम शुरु गरिएको छ । नौवस्तामा तीन हजार कैदीबन्दी अट्नसक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । यी दुबै कारागार निर्माण भएपछि नेपालगञ्जको मानव बस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारलाई विस्थापित गरिने जेलर लामिछानेको भनाइ छ । १० बिघा क्षेत्रफलमा पाँच वर्षभित्र सक्नेगरी दुईवटा कारागार भवन निर्माण गर्न लागिएको हो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोडर्न होम बिल्डर्स खुल्यो

निजी निवास बनाउने सोच राख्नु हुनेहरुलाई लक्षित गरि मोडर्न होम बिल्डर्स प्रा लि खुलेको छ । काठमाण्डौको चावहिलमा...

भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान

विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ ।...

प्रगतिशील उम्मेदवारको घोषणा

नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचनका लागि प्रगतिशील इञ्जिनीयर समूहले उम्मेदवार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै