logo

स्थानीयवासीको पहलमा आवासीय विद्यालय

म्याग्दी, साउन २५
विद्यार्थीमा पढाइप्रति रुचि बढाउन र शिक्षामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुंगास्थित हिमालयन आधारभूत विद्यालयलाई आवासीय बनाइएको छ । स्थानीयवासीले देउसीभैलो खेलेर जम्मा पारेको रकम तथा प्रवासी नेपालीबाट प्राप्त आर्थिक सहयोगमा विद्यालयमै छात्रावास सञ्चालनमा ल्याइएपछि बिहान बेलुकीको समय त्यहाँ रहेका विद्यार्थी पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न हुँदै आएकाले अध्ययन–अध्यापनमा सुधार आएको प्रअ रामप्रसाद तिवारीले बताए । आवासीय रूपमा सञ्चालन हुने जिल्लाकै पहिलो यस विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको र हाल उक्त विद्यालयमा ३० बालबालिका अध्ययनरत छन् । छ शिक्षक कार्यरत सो विद्यालयमा तीन निजी स्रोत र तीन सरकारी दरबन्दीका छन् । सबै कक्षा कोठामा शैक्षिक सामग्रीको प्रदर्शनबाटै पढाइने व्यवस्था मिलाइएको छ । आवासीय विद्यालय सञ्चालन गर्न अभिभावकले आलोपालो गरेर खाद्यान्न र तरकारी उपलब्ध गराउँछन् । शिक्षकको अतिरिक्त समयको भत्ता र व्यवस्थापन खर्चका लागि गत वर्ष रु एक लाख ९० हजार जुटाइएको थियो । आवासीय विद्यालयको निरन्तरता र पूर्वाधार विस्तारका लागि स्थानीय तह र प्रवासीसँग पहल थालेको गाउँ कार्यपालिकास्थित सामाजिक विकास समितिका संयोजकसमेत रहेका वडाध्यक्ष ओमप्रकाश फगामीले बताए । छोराछोरीलाई पढाउनकै लागि ग्रामीण क्षेत्रका अभिभावक शहरी क्षेत्रमा बसाइँसराइ गर्ने क्रम न्यूनीकरणका लागि गाउँपालिकाको पहलमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट यस वर्ष कक्षा एक र पूर्वप्राथमिक तह शुरु गरिएको र आगामी वर्ष अन्य कक्षामा समेत विस्तार गर्दै लाने गाउँपालिकाको सोच छ । दुर्गम ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अंग्रेजी, विज्ञान र गणित विषयको शिक्षक नपाउने समस्याले पठनपाठन प्रभावित बनेपछि टेलिटिचिङ शिक्षण विधि लागू गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । इन्टरनेटको प्रयोग गरेर एउटा विद्यालयको कक्षा कोठामा शिक्षकले पढाएको पाठ अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र साक्षात्कार गर्न पाउने व्यवस्था मिलाउन लागिएको छ । पहिलो चरणमा दश माध्यमिक विद्यालयमा टेलिटिचिङ शिक्षण विधि अपनाउने प्रविधिका उपकरण जडानको काम भइरहेको छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक...

विद्युतीय लिफ्टसहित सहकारीको भवन निर्माण हुँदै

रामपुरमा विद्युतीय लिफ्ट जडानसहितको सुविधा सम्पन्न सहकारीको भवन निर्माण हुने भएको छ । रामपुर बचत तथा ऋण सहकारी...

‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज ‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक गरेको छ । कर्णाली...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै