logo

सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग

राजविराज, साउन २५
नेपाली काङ्ग्रेसले सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । उक्त पार्टीको जिल्ला कार्यालयले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति दिनेशकुमार यादवले वर्षा र सिँचाइको उचित व्यवस्था नहुँदा यहाँका कृषक मारमा परेको भन्दै सो माग गरिएको बताए । जिल्लामा देखिएका विभिन्न समस्या समाधान हुन नसकेको, जिम्मेवार पदमा बसेकाले प्रभावकारी अनुगमन गर्न नसकेको र विकास निर्माणका योजनामा आर्थिक अनियमितता भइरहेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले जानकारी दिए । जिल्लामा तीनै तहबाट भइरहेका विकास निर्माणका कार्यको समितिमबाट प्रभावकारी अनुगमन हुनुपर्नेमा समेत सभापति यादवले जोड दिए । पत्रकार सम्मेलनमा स्थानीय नेता ध्रुव देवले राजविराज नगरपालिकाले अदालतको आदेशलाई लत्याउँदै राजनीतिक प्रतिशोधका कारण आफ्नो घर भत्काएको आरोप लगाए । नगरपालिकाले पूर्वसूचना बिना आफ्नो घर तोडफोड गरेको बताउँदै उनले भित्री सडक बिस्तारका नाममा आफ्नो घरलाई मात्र लक्षित गरी तोडफोड गरिएकामा आपत्ति पनि जनाए ।
पैंसठ्ठी प्रतिशत धान रोपाइँ :- साउनको अन्तिम सातासम्ममा सप्तरीको ६५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको छ । यस वर्ष शुरुमा मनसुन कमजोर भई पर्याप्त वर्षा नभएको र १५ दिन अगाडिको वर्षासँगै जिल्लाको विभिन्न खोलामा आएको बाढीले खेतीयोग्य जमीन डुबानमा परेका कारण जिल्लामा ३५ प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यहाँका किसानले सधैँ आकाशे पानीको भरमा खेती गर्नुपर्दा पनि सरकारले सिँचाइको उचित व्यवस्था गर्न नसकेका कारण अधिकांश खेतीयोग्य जमीन बाँझै रहने गरेको सम्बद्ध कृषकको भनाइ थियो । जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये साउनको अन्तिम समयमा ४१ हजार ५०० हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको वरिष्ठ कृषि अधिकृत भागिरथ यादवले जानकारी दिए । मुलुककै पुरानो नहरका रुपमा रहेको चन्द्रनहर जीर्ण भएको र जिल्लामा रहेका अन्य नहरमा खेतीको समयमा पर्याप्त पानी नआउनालेसमेत खेतीको समयमा खेतमा पानी हाल्न नपाउँदा यहाँ धान रोपाइँ ढिलाइ हुने गरेको कृषकको गुनासो छ । त्यस्तै कोशी पश्चिमी नहर वितरण प्रणालीको क्षमताअनुसार १३ हजार ३०० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने भएपनि छ हजार ६१६ हेक्टरका लागि मात्र पानी पुग्छ । अन्य सिँचाइ आयोजनामध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले तीन हजार ६६५ हेक्टर तथा सेक्टर सिँचाइले दुई हजार ५०० हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध हुन्छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ज्ञानलक्ष्मी साकोसको ११औं साधारणसभा

बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपन, नारायणचोकमा रहेको ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ११औँ...

पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि

पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय...

ऐंसेलुखर्क गाउँपालिकामा व्यावसायिक कफी खेती

जिल्लाको उत्तरी क्षेत्रको ऐेँसेलुखर्क गाउँपालिकामा व्यावसायिक कफी खेती विस्तारको काम थालिएको छ । किसानले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै