logo

सत्खलुवा तालमा पर्यटक वृद्धि

बर्दिया, साउन २५
माछापालन र सिँचाइका लागि उपयोगमा ल्याइएको बर्दियाको सत्खुलवा ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । चार वर्ष अघि माछाको ठेक्का रद्द गराई संरक्षण गर्न शुरु गरिएको उक्त तालमा अहिले डुंगामा सयर गर्न पर्यटकको ओइरो लाग्ने गरेको हो । तालमा संसारबाटै लोप हुन लागेको रातो कमलको फूलसमेत पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको वारबर्दिया नगरपालिका– ९ खैरनी गाउँमा रहेको उक्त तालमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । डुंगामा सयर गर्दै तालमा पानी खान आउने जंगली जनावर अवलोकन गर्न पाउनु यस तालको मुख्य विशेषता हो । निकुञ्जभित्रका चुरे पहाडका सात वटा खोलाको पानी जम्मा भएर बनेको उक्त ताललाई सत्खुलवा ताल भनिएको हो । जैविक विविधताको दृष्टिले महत्वपूर्ण स्थान ओगटेको तालको वारपार विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिङ्गरलगायत जंगली जनावरको बसोबास छ । हिउँदको समयमा र चैत, वैशाखको खडेरीमा जंगली जनावरको तिर्खा मेट्न तालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ताल संरक्षण समितिले विसं २०७२ देखि तालमा सयर गर्नाका लागि डुंगाको व्यवस्था गरेको छ । डुंगाको प्रयोग हुनथालेपछि अहिलेसम्म करीब १० हजार पर्यटकले डुंगाको प्रयोग गरिसकेका छन् । ताल हेर्न रु १० र डुंगा चढ्न रु २५ तिर्नुपर्छ । ताल संरक्षण समितिका सचिव राजकुमार थारुले पर्यटकबाट उठेको रकम तालकै विकासका लागि खर्च गर्ने गरेको बताए । भर्खर संरक्षणको शुरुआत गरिएको सो तालमा रैथाने चराका साथै आगन्तुक चराको संख्या बढ्दै गएको संरक्षणकर्मी सुनील चापागाईंले जानकारी दिए । ताल जैविक विविधताका हिसाबले महत्पूर्ण रहेको र मध्यवर्ती सामुदायिक वन भए पनि निकुञ्जका जंगली जनावरको बासस्थानका साथै उनीहरुले पानी खाने स्थान भएकाले यसमा रैथाने र आगन्तुक चराको संख्या बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । राजमार्गको नजिकै भएका कारण निकुञ्ज घुम्न आउने पर्यटक यस तालमा घुम्न जाने गर्दछन् । शान्त वातावरण र मनोरम दृश्यका साथै गर्मीयाममा पानी खान आउने जनावर सजिलै हेर्न पाउने हुँदा यो तालप्रति सबैको आकर्षण बढ्न थालेको हो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ब्रिटानिया सय वर्षमा

सन् १९१८ मा स्थापना भएको ब्रिटानिया इण्डस्ट्रिज लिमिटेडले स्थापनाको सय वर्ष पूरा गरेको छ । सय वर्ष पुगेको...

गुम्बा बिहार पुनर्निर्माणमा गतिरोध अन्त्यका लागि आन्दोलन

नेपाल गुम्बा विहार महासंघले गुम्बा बिहार पुनर्निर्माणमा भएको गतिरोध अन्त्यका लागि शान्तिपूर्ण आन्दोलन गरेको...

स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनाका ९६ हजार विजेता

स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायोे योजना सफलतापूर्वक अघि बढिरहेको छ । करिब २० दिनअघि सुरु भएको यस...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै