logo

स्मार्टफोनलाई नक्कली एपबाट यसरी गर्न सकिन्छ सुरक्षित

साउन २५
पछिल्लो पुस्ताको आकर्षण स्मार्टफोनमा उल्लेख्य मात्रामा रहेको देखिन्छ । जसको कारण स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या लगाताररुपमा बढिरहेको छ । यद्यपि स्मार्टफोनको प्रयोगको क्रममा केही समस्याहरु पनि आउने गरेका छन् । यस्तोमा स्मार्टफोनमा प्रयोग हुने नक्कली एपको बजार पनि बढ्दो क्रममा रहेको देखिन्छ । नक्कली एपबाट छुटकारा पाउनका लागि प्रयोगकर्ता आफैं सचेत हुनु जरुरी देखिन्छ । यसरी डाउनलोड गरिएका एपहरुले स्मार्टफोनमा भाइरस तथा अन्य समस्याहरु पनि जन्माउन सक्छन् भने तपाइँका विवरणहरु हासिल गर्न पनि सक्छन् ।
नक्कली एपहरुबाट बच्न निम्न विषयहरुमा ध्यान दिनु जरुरी हुन्छ –
१. आधिकारिक एप स्टोरबाट डाउनलोड गर्ने :- सबैभन्दा महत्वपूर्ण कुरा एपहरु डाउनलोड गर्दा सधैं आधिकारि स्टोरबाट डाउनलोड गर्नु राम्रो हुन्छ । अन्य स्थानहरुबाट पनि एपहरु डाउनलोड गर्न सकिन्छ तर आधिकारिक साइट मात्र सुरक्षित हुन्छ । आधिकारिक साइटहरुमा कुनै नक्कली एपहरु फेला परेको खण्डमा त्यसलाई तत्कालै हटाइन्छ । सधैं आधिकारिक साइटबाट मात्र एप डाउनलोड गर्ने बानीले नक्कली एप डाउनलोड हुने खतरा निकै कम हुन्छ ।
२. एपको विवरण पढ्ने :- यदि कुनै एपको विवरणहरुमा धेरै स्पेलिङ र ग्रामरमा गल्ती भेटियो भने ढुक्क हुनुहोस्, त्यो नक्कली एप हो । विश्वासिला निर्माताहरुले त्यस किसिमको गल्ती गर्दैनन् । त्यसैले एपको आधारभूत विवरण गल्ती छ भने त्यस्ता एपहरु डाउनलोड नगर्दा राम्रो हुन्छ ।
३. एपहरुप्रतिको मानिसहरुको प्रतिक्रिया हेर्ने :- एप स्टोरमा राखिएका एपहरुमा मानिसहरुले कस्तो किसिमको प्रतिक्रिया दिन्छन् भन्ने कुराहरुलाई पनि ध्यानमा राख्नु राम्रो हुन्छ । यदि प्रतिक्रियामा कुनै पनि नराकारात्मक टीप्पणी गरिएको छैन भने त्यस किसिमका एपहरु डाउनलोड गर्दा ठिक हुन्छ ।
४. निर्माताहरुको पृष्ठभूमिको अध्ययन गर्ने :- कुनै पनि एप डाउनलोड गर्दाको समयमा एप निर्माताहरुको पृष्ठभूमिको विषयमा पनि अध्ययन गर्नु राम्रो हुन्छ । निर्माताहरुको विषयमा स्टोरहरुले राखेको विवरणहरु निकै महत्वपूर्ण हुन्छन् । कुनै पनि एप डाउनलोड गर्नुभन्दा पहिले उक्त विवरणहरुको अध्ययन गर्नाले उक्त निर्माताहरु कति विश्वसनीय छन् भन्ने कुरा थाहा पाउन सकिन्छ ।
५. कतिपटक डाउनलोड भएको छ हेर्ने :- कुनै पनि एप डाउनलोड गर्नुभन्दा पहिला कतिपटक डाउनलोड गरिएको छ भन्ने कुरालाई ध्यानमा राख्नु जरुरी हुन्छ । विश्वसनीय एपहरु धेरैपटक डाउनलोड गरिएको हुन्छ । यसबाट पनि एप नक्कली हो वा होइन भन्ने कुराको अनुमान लगाउन सकिन्छ । यद्यपि यी टिप्सहरुले पूर्णरुपमा तपाइँलाई नक्कली एपहरु डाउनलोड गर्नबाट भने रोक्न सक्दैन तर डाउनलोड गर्दाको समयमा यी कुराहरुलाई दिमागमा राख्नु राम्रो हुन्छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो, बच्चाहरुले तालिम लिन थाले

दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन्...

भारतको औद्योगिक उत्पादन घट्यो

भारतको औद्योगिक उत्पादनमा सुधारको नतिजा गत अगष्ट महिनामा केही कमजोर रहेको विवरण सार्वजनिक भएको छ...

मुद्राको विषयमा जापान र अन्य मुलुकहरुसँग कुरा गर्न चाहन्छ अमेरिका

अमेरिकी वाणिज्य सचिव स्टिभिन नुचिनले जापान तथा अन्य मुलुकहरुसँग मुद्राको एकाधिकारको विषयमा छलफल आवश्यक रहेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै