logo

इरानमाथिअमेरिकाले प्रतिबन्ध लगाएसँगै बढ्यो तेलको मूल्य

लण्डन, साउन २५
अन्तर्राष्ट्रिय बजारमा विहीबार तेलको मूल्यमा वृद्धि भएको छ । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको पहिलो चरण सुरु भएसँगै तेलको मूल्यमा वृद्धि भएको हो । तेलको मूल्यमा वृद्धि भएपनि विश्व बजारमा तेलको मागको अवस्था भने अमेरिका र चीनको बीचमा देखिएको व्यापारयुद्धले केही समस्या सिर्जना गरेको देखिएको छ । विहीबारको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्यमा १७ सेन्टको वृद्धिदर हासिल भएको देखिएको हो । बुधबारको बजारमा तीन प्रतिशतभन्दा ठूलो गिरावट आएको भए पनि विहीबार भने केही सुधार आएको देखिएको हो । यससँगै ब्रेन्ट कच्चा तेलको मूल्य ७२ दशमलव ४५ अमेरिकी डलर प्रतिब्यारेलमा पुगेको देखिएको छ । साथै अमेरिकी कच्चा तेलको मूल्यमा विहीबार चार सेन्टको वृद्धिदर हासिल भएको देखिएको छ । यससँगै अमेरिकी कच्चा तेल पनि ६६ दशमलव ९८ अमेरिकी डलर प्रतिब्यारेलमा पुगेको देखिएको छ । अघिल्लो दिन अमेरकाको तेलको मूल्यमा पनि तीन दशमलव २ प्रतिशतको गिरावट आएको देखिएको थियो । गत मंगलबार अमेरिकाले विश्वको तेस्रो ठूलो तेल उत्पादक इरानमाथि पुनः प्रतिबन्धको निर्णय गरेको थियो । अहिले ल्याइएको नयाँ प्रतिबन्धले आगामी नोभेम्बरसम्म इरानियन तेलमा प्रत्यक्षरुपमा कुनै किसिमको प्रभाव नपार्ने बताइएको छ । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै मुलुकहरुलाई इरानको तेल खरिद नगर्नका लागि आग्रह गरेका छन् । यसले पनि इरानको तेलको व्यापारको विषयमा आशंका देखिएको हो । इरानको तेलनिर्यात शून्यमा झार्नका लागि अमेरिकी राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन् । पछिल्लो समय चीन र अमेरिकाको बीचमा जारी रहेको व्यापारयुद्धको नकारात्मक असर पनि तेलको बजारमा पर्नसक्ने अनुमानि विश्लेषकहरुले गरेका छन् । इरानको तेल सबैभन्दा बढी एसियाको बजारमा निर्यात हुने गरेको कारण पनि एसियाको बजारमा अमेरिकाको आँखा परेको देखिएको हो । सकेसम्म एसियाको बजारमा इरानको तेल रोकेर आफ्नो प्रतिबन्ध घटाउने ध्याउन्नमा अमेरिका रहेको छ भने चीन र भारतले इरानबाट आउने तेलमा अमेरिकाको प्रतिबन्धको आधारमा रोक नलगाइने बताएका छन् ।           (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक

चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति...

श्रीलङ्काको संसद् विघटनको निर्णय अवैधानिक : सर्वोच्च

श्रीलङ्काको सर्वोच्च अदालतले संसद् विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको...

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधूप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै