logo

सामसुङले उल्लेख्य लगानी गर्ने

सोल, साउन २५
दक्षिण कोरियाको सबैभन्दा ठूलो कम्पनी सामसुङ ग्रुपले बुधबार एक खर्ब ६० अर्ब डलरबराबरको लगानीको योजना अघि सारेको छ । पछिल्लो समय व्यापारिक हिसाबमा विशव बजारमा समस्या देखिएको अवस्थामा सामसुङको यस्तो योजना आएको हो । त्यसका साथै आगामी तीन वर्षमा ४० हजार रोजगारी सिर्जना गर्ने सामसुङले बताएको छ । आफ्नो व्यापारमा सुधारको लागि विभिन्न किसिमका योजनाहरु ल्याइरहेको कम्पनीका लागि यो योजना निकै महत्वपूर्ण हुने विश्लेषकहरुले बताएका हुन् । अधिकारीहरुले भने अहिले अघि सारिएको योजनाले आगामी दिनमा दक्षिण कोरियाको अर्थतन्त्रमा पनि सुधारको लागि मौका मिल्ने बताएका छन् । अहिले दक्षिण कोरियाको यो कम्पनी मुन जाइ–इनको नेतृत्वमा रहेको सरकारमा रोजगारीको सिर्जनामा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विश्लेषकहरुले अहिले सार्वजनिक भएको नतिजा श्रम बजारको लागि निकै महत्वपूर्ण हुने बताएका छन् । साथै पछिल्लो समय देखिएको कमजोर खपतले पनि कम्पनीलाई आर्थिक हिसाबमा महत्वपूर्ण नतिजा हासिल गर्नु आवश्यक रहेको बताइएको हो । सामसुङ कम्पनीले यसअघि दक्षिण कोरियाको लागि ल्याएको योजनालाई पनि केही समयोग गर्ने बताइएको छ । यसले करिब सात लाख रोजगारीहरुको लागि सहयोग पुग्ने बताइएको छ । अहिले ल्याइएको एक खर्ब ६० अर्ब डलरको लगानीमध्ये एक् खर्ब १६ अर्ब दक्षिण कोरियामा खर्च हुनेछ । सामसुङले आफ्नो २२ अर्ब डलरबराबरको रकम आविष्कारको क्षेत्रमा लगानी गरिने बताएको छ । विशेषगरी सो रकम एआई, ५जी लगायतका क्षेत्रहरुमा खर्च गरिने कम्पनीले बताएको हो । पछिल्लो समय सामसुङ विश्वको इलेक्ट्रोनिक्स क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने कम्पनी बन्ने ध्याउन्नमा रहेको छ । त्यसका साथै अहिले यो कम्पनी अर्धधातु र डिस्प्ले प्यानलमा पनि महत्वपूर्ण लगानीको दिशामा अघि बढिरहेको पाइएको हो । अहिले सामसुङ कम्पनीले व्यापारिक हिसाबमा महत्वपूर्ण सुधार आउनसक्ने बताइएको छ ।   (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पाकिस्तान–भारत कारोबार सम्भावनाभन्दा धेरै कम : विश्व बैंक

पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै...

केली जिम्मेवारीबाट हट्ने

अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जर्नेल जन केलीसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्ध पछिल्लो समय...

फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक

फ्रान्समा राष्ट्रपति म्यानुअल माक्रोंको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै