logo

गुगलको नयाँ एन्ड्रोइड भर्सन सार्वजनिक

सन्फ्रान्सिस्को, साउन २५
गुललको नयाँ एन्ड्रोइड भर्सन बजारमा आएको छ । यसअघिको एन्ड्रोइड भर्सनलाई धेरैले रुचाएसँगै कम्पनीले नयाँ भर्सन ल्याएको हो । कम्पनीले यो भर्सन ल्याउन लागेको बताएको एक महिनापछि आधिकारिक रुपमा सार्वजनिक गरेको हो । नयाँ एन्ड्रोइड भर्सनको नाम एन्ड्रोइड पी नाम दिइएको छ । यो एन्ड्रोइड भर्सनका लगि गुगलले ‘पाइ’ नामको चयन गरेको हो । गुगलले आफ्नो पछिल्लो एन्ड्रोइड भर्सन बजारमा आउने तयारी रहेको बताएको हो । अहिले बजारमा आउन लागेको गुगलको यो भर्सन यसअघिको एन्ड्रइड ओरेओ ८.० को विस्तारित रुप रहेको बताइएको छ । एन्ड्रोइड भर्सन ८.१ वा ८.२ आउनसक्ने अनुमान गरिएको अवस्थामा गुगलले एन्ड्रोइड भर्सन ९ सार्वजनिक गरेको हो । गुगलको नयाँ एन्ड्रोइड भर्सन सोनी, साओमी, एमएचडी ग्लोबल, ओप्पो, भिभो, वानप्लस र इसेन्सियलजस्ता कम्पनीहरुको उत्पादनमा प्रयोग हुने बताइएको छ । एन्ड्रोइड वान अम्ब्रेलामा रहेका स्मार्टफोनहरुले नयाँ भर्सनको अपडेट पाउने बताइएको छ ।गुगलले यो वर्ष आफ्नालाई निकै फलदायी रहेको बताएको छ । उसले आफ्नो नयाँ भर्सन नन–पिक्सेल स्मार्टफोनहरुमा पनि प्रयोग गरिन लागिएको बताएको हो । यो भर्सनको पहिलो अपडेट पाउने स्मार्टफोनहरुमा सोनीको एक्सपेरिया एक्सजे२, इसेन्सियल फोन, नोकिया ७प्लस, साओमी मिमिक्स २एस, ओप्पो आर१५ प्रो, भिभो एक्स२१ र वानप्लस ६ रहेका छन् । मंगलबारबाटै नै पिक्सेल डिभाइसहरुमा यो अपडेट दिने तयारीमा गुगल रहेको हो । नयाँ एन्ड्रोइड भर्सनमा स्मार्ट टेक्स्ट सेलेक्सन, छिटो सेटिङ्स, सरल भोल्युम कन्ट्रोल, नयाँ ड्यासबोर्ड, एप टाइमर, ‘डु नट डिस्टर्व’ मोडलगायतका फिचर्सहरु रहनेछ । पछिल्लो समय मानिसहरुको स्मार्टफोन चलाउने तरिका र स्मर्टफोनको व्यापारको माहोलको कारण गुगलले आफ्नो नयाँ एन्ड्रोइड भर्सन बजारमा ल्याउने भएको हो । विश्वमा सबैभन्दा धेरै प्रयोग हुने अपरेटिङ सिस्टम एन्ड्रोइड हो । यसले विश्वको स्मार्टफोनको बजारमा महत्वपूर्ण हिस्सा ओगट्ने गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो, बच्चाहरुले तालिम लिन थाले

दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन्...

भारतको औद्योगिक उत्पादन घट्यो

भारतको औद्योगिक उत्पादनमा सुधारको नतिजा गत अगष्ट महिनामा केही कमजोर रहेको विवरण सार्वजनिक भएको छ...

मुद्राको विषयमा जापान र अन्य मुलुकहरुसँग कुरा गर्न चाहन्छ अमेरिका

अमेरिकी वाणिज्य सचिव स्टिभिन नुचिनले जापान तथा अन्य मुलुकहरुसँग मुद्राको एकाधिकारको विषयमा छलफल आवश्यक रहेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै