logo

अन्तिम दिन पनि थामिएन सेयर बजार घट्ने क्रम

छ दशमलव ६९ अंकले बजार ओरालो लाग्दा १९ करोड ६९ लाखको कारोबार

काठमाण्डौं, साउन २५
साताको सुरुवातदेखि नै घट्न थालेको सेयर बजारले साताको अन्तिम कारोबार दिन बिहीबार पनि निरन्तरता पाएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सेयर बजार परिसूचक छ दशमलव ६९ अंकले घटेर ११ सय ८० दशमलव ६३ बिन्दुुमा आएर रोकिएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३७ अंकले घटेर दुुई सय ४९ दशमलव १३ बिन्दुुमा आएर रोकिएको छ । बिहीबार एक कुुल एक सय ६३ कम्पनीहरुको कारोबार भएको छ । जसअनुुसार चार हजार तीन सय ७० वटा कारोबारमा आठ लाख ६९ हजार तीन सय सात कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १९ करोड ६९ लाख ४५ हजार दुुई सय ३७ रुपैयाँ पुुगेको छ । धितोपत्र बजारमा बिहीबार १० वटा समूहको कारोबार भएकोमा नौ वटा समूहको सूचकमा उच्च बिन्दुुले गिरावट आएको छ । ट्रेडिङ समूहको सूचकमा भने बिहीबार दुुई दशमलव ११ बिन्दुुले सुधार देखिएको छ । वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ३७ अंंकले घटेर एक हजार नौ दशमलव ८२ अंकमा झरेकोमा पाँच करोड २९ लाख १५ हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ । विकास बैंक समूहको सूचक एक दशमलव ३१ अंकले घटेर १४ सय १७ दशमलव १७ अंकमा झरेकोमा एक करोड ३८ लाख ३३ हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युत् समूहको सूचक पनि बिहीबार १६ दशमलव ८८ अंकले घटेर १४ सय छ दशमलव ५७ अंकमा झरेकोमा एक करोड ८० लाख ८६ हजार पाँच सय रुपैयाँको सेयर किनबेच भएको छ । निर्जीवन बीमा समूहको सूचक ७० दशमलव सात अंकले घटेर पाँच हजार सात सय ५५ दशमलव ८१ अंकमा झरेकोमा दुुई करोड १० लाख ८० हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी जीवन बीमा समूहको सूचक पनि एक सय दुई दशमलव ८३ अंकले घटेर पाँच हजार सात सय ७१ दशमलव ४० अंकमा झरेकोमा तीन करोड २२ लाख ६४ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ । होटल, फाइनान्स, अन्य र लघुवित्त समूहको सूचक पनि क्रमशः ३१ दशमलव ५२, शून्य दशमलव सात, शून्य दशमलव ४२ र १६ दशमलव ४७ अंकले घटेका छन् ।
बिहीबार बढी कमाउने कम्पनीको सूचीमा परेको आरम्भ माइक्रोफाइनान्सको सेयर मूल्य तीन रुपैयाँ ८७ पैसाले बढेर सात सय २४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य तीन रुपैयाँ ७० पैसाले बढेर दुुई सय ८० रुपैयाँमा किनबेच भएको छ । यसैगरी नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, मञ्जुुश्री फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुुमाउने कम्पनीको सूचीमा परेको मल्टीपर्पोस फाइनान्सको सेयर मूल्य नौ रुपैयाँ नौ पैसाले घटेर दुुई सय ५० रुपेैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य सात रुपैयाँ ८९ पैसाले घटेर ११ सय ४३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक खानीखोला हाइड्रो पावर कम्पनी, पूर्णिमा विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् । बिहीबार रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता नौ सय ६७ रुपैयाँमा दुुई करोड १९ लाख ८२ हजार तीन सय १९ रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी सपोर्ट माइक्रोफाइनान्सको पनि प्रतिकित्ता ११ सय ४३ रुपैयाँमा ९९ लाख ५३ हजार एक सय ६५ रुपैयाँको सेयर किनबेच भएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेप्से पुुनः १२ सय अंकमाथि

सेयर बजार परिसूचक पुुनः १२ सय अंकमाथि उक्लिएको छ । यसअघि लगातार घटेर ११ सय अंकमा झरेको नेप्से परिसूचक साताको...

स्पर्स लघुवित्तको लघुवित्तसम्बन्धी आधारभूत तालिम

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल सञ्चालनमा आएका आफ्ना २० वटा शाखा कार्यालमा कार्यरत प्रशिक्षार्थी...

सिटिजन्स बैंकद्वारा मालिका बाल विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेशनलले मालिका बाल विद्यालयलाई आर्थिक सहयोेग गरेको छ । बैंकले संस्थागत सामाजिक...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै