logo

नेपाल र म्यान्मारका निजी क्षेत्रले व्यापारिक सम्बन्ध सुदृढ पार्ने

काठमाण्डौं, साउन २५
नेपाल र म्यान्मारका निजी क्षेत्रहरुबीच आर्थिक एवं व्यापारिक सम्बन्ध सुदृढ पार्ने भएका छन् । नेपालसँगको व्यापारिक सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले वरिष्ठ उद्यमी यू.को.को. लाटको नेतृत्वमा आएको म्यान्मारको उच्चस्तरीय औद्योगिक व्यापारिक प्रतिनिधिमण्डलले नेपाल उद्योग परिसंघका पदाधिकारी, उद्यमी व्यवसायीसँग भएको भेटमा उक्त विचार व्यक्त गरेको हो । प्रमुख यू.को.को.ले म्यान्मारमा पछिल्लो समय भएको महत्वपूर्ण राजनैतिक एवं अर्थपूर्ण परिवर्तनपछि सुधारका संकेत देखिनथालेकोले नेपालका उद्यमी–व्यवसायीसँग द्विपक्षीय व्यापार, लगानी प्रवद्र्धन र पर्यटन प्रवद्र्धनमा जोड दिन उत्साहित रहेको बताए । नेपाल बुद्धको जन्मस्थल भएको कारणले समेत प्रत्येक साल करिब २५ हजार म्यान्मारका पर्यटक लुम्बिनीको भ्रमण गर्न आउने हुँदा पर्यटन प्रवद्र्धनको लागि समेत द्विपक्षीय सम्बन्ध सुदृढ गर्न व्यवसायीस्तरमा नै सम्बन्ध सुदृढ हुनुपर्ने उनले बताए । नेपालको जलस्रोत र सौर्य ऊर्जामा म्यान्मारले लगानी गर्नसक्ने सम्भावना रहेको र द्विपक्षीय आर्थिक सम्बन्ध अभिवृद्धि गर्न निजी क्षेत्रबाट केही समयअगाडि हिमालय एयरलाइन्सको प्रत्यक्ष उडान रहेकोमा सो व्यवस्थाको निरन्तरता वा सिधा हवाइ सेवाको व्यवस्था भएमा दुई देशबीच पर्यटन एवं अन्य आर्थिक क्रियाकलापमा उल्लेख्य वृद्धिको सम्भावना रहेको समेत लाटले बताए । सो अवसरमा नेपाल भ्रमणमा रहेका म्यान्मारका उद्यमी–व्यवसायलाई स्वागत गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले म्यान्मारमा गत केही वर्षअगाडिको ठूलो राजनैतिक परिवर्तनपश्चात् तीव्र गतिमा बढ्न गइरहेको आर्थिक क्रियाकलापको फाइदा समेत नेपाललगायत यस क्षेत्रका राष्ट्रले लिने अपेक्षा रहेको बताउँदै १९ मार्च १९६० देखि नै दौत्य सम्बन्ध स्थापना भई ऐतिहासिक र सांस्कृतिक सम्बन्ध दुई मुलुकबीच भए पनि आर्थिक सम्बन्ध अपेक्षाकृत हुन नसकेको पृष्ठभूमिमा अब दुवै मुलुकले बदलिएको अवस्थामा व्यापारघाटा कम गर्न, औद्योगिक लगानी अभिवृद्धि गर्न र पर्यटन प्रवद्र्धनमा समेत उपयुक्त पहल गर्नुपर्ने विषयमा जोड दिए । नेपालले म्यान्मारसँग क्रमिक व्यापारघाटा व्यहोर्नुपरेको सन् २०१५/०१६ मा निर्यात ४४ लाख सात हजार र आयात एक अर्ब ६४ करोड ४८ लाख १० हजार रुपैयाँबराबर भएको र आयातमा मासको दाल, दाल, गेडागुडीका सामान भएको र नेपालले निर्यात सम्भाव्य वस्तुमा ऊनी गलैंचा, चिया, कफीमा विशेष जोड दिई पुष्पव्यवसायमा पनि म्यान्मारबाट नेपालले धेरै सिक्ने अवसर प्राप्त गर्नसक्ने बताए । नेपाल र म्यान्मारबीच कृषि प्रशोधन, शिक्षा खासगरी चिकित्सा तथा इन्जिनियरिङ र पर्यटनमा द्विपक्षीय सहयोगको प्रबल सम्भावना रहेको उनले बताए । म्यान्मारको व्यापारिक प्रतिनिधिमण्डलमा यू.को.को. लाट (होटल व्यवसाय, एफएमसीजी), यू. चिट को को लिन (निर्माण/औषधि व्यवसाय) यू. टिन्ट नाइङ्ग (निर्माण/निर्माण व्यवसाय), यू औङ्ग बो बो (निर्माण/निर्माण व्यवसाय), यू ह्लामिन (ट्राभल्स र शिक्षा), यू. थिन ह्टीके (निर्माण/खनिज व्यवसाय), यू.थु.ज. (कफिव्यवसायी), कानोक्वानयोपुएट (कस्मेटिक) प्रदिपकुमार (व्यापार) यू सन्दीप भुषाल (ज्वलेरी) यू. वासु वाग्ले (औषधी) र यू विष्णु वाग्ले (व्यापार) मा संलग्न रहेका प्रतिनिधिमण्डलका सदस्यसँग परिसंघका उद्यमी व्यवसायीले सामूहिक भेटघाट गरेर आफ्नो–आफ्नो उद्यम व्यवसायको क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुबीच बीटुबी छलफल गर्ने कार्यक्रम समेत रहेको छ । सो अवसरमा परिसंघ पदाधिकारी, गभर्निङ काउन्सिल सदस्य राष्ट्रिय परिषद् सदस्य एवं परिसंघ सदस्यहरुको समेत उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोडर्न होम बिल्डर्स खुल्यो

निजी निवास बनाउने सोच राख्नु हुनेहरुलाई लक्षित गरि मोडर्न होम बिल्डर्स प्रा लि खुलेको छ । काठमाण्डौको चावहिलमा...

भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान

विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ ।...

प्रगतिशील उम्मेदवारको घोषणा

नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचनका लागि प्रगतिशील इञ्जिनीयर समूहले उम्मेदवार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै