logo

व्यवसाय क्षेत्रका प्रतिकूल कानुन संशोधन गर्न महासंघको आग्रह

काठमाण्डौं, साउन २५
नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटी व्यवसायीहरुको प्रतिकूल हालै लागू भएका कानुनहरु तत्काल संशोधनका लागि पहल गरिदिन आग्रह गरेको छ । महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले व्यवसायी मैत्री ऐन कानुन लागू नभए समग्र निर्माण व्यवसाय नै धराशायी हुनसक्ने जानकारी गराएको हो । जवाफमा मन्त्री पण्डितले व्यवसायीहरुको समस्या समाधानका लागि सचिवस्तरीय बैठक आयोजना गर्ने प्रतिबद्धता जनाएका छन् । निर्माणकार्यमा कमी/कमजोरी भएमा व्यवसायीहरुलाई कारबाहीका लागि विगतका ऐन कानुन नै पर्याप्त भएको सन्दर्भमा मुलुकी अपराध ऐन बमोजिम थप कार्वाही आवश्वक नरहेको जानकारी महासंघले दिएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २५० मा उल्लेख भएअनुसार विविध कारणले निर्माणकार्यमा दोषीलाई १० वर्ष कैद र एक लाख जरिवानाको प्रावधानप्रति महासंघले कडा आपत्ति जनाएको छ । कारबाहीका लागि विद्यमान सार्वजनिक खरिद ऐन २०६३ तथा खरिद नियमावली २०६४ नै पर्याप्त रहेको अवस्थामा मुलुकी अपराध ऐनबमोजिम थप कारबाहीको कुनै औचित्य नरहेको महासंघ अध्यक्ष श्रेष्ठले बताए । यसैबीच निर्माण व्यवसायीहरुको इजाजतपत्र दर्ता र नवीकरण गर्दा खास गरी ‘घ’ वर्गको हकमा सम्पूर्ण सात सय ५३ स्थानीय तहहरुमा अधिकार गएकोमा ती तहहरुबाट आफूखुसी दस्तुर लगाउने तथा तोक्ने गरिएबाट ‘घ’ वर्गका निर्माण व्यवसायीहरुलाई अत्यन्त ठूलो मर्का परेको महासंघले जनाएको छ । समस्या समाधानका लागि केन्द्रीय संघीय कानुन निर्माण व्यवसाय ऐन २०५५ मै दर्ता र नवीकरण शुल्क तोक्न महासंघले आग्रह गरेको छ ।
कतिपय स्थानीय तहबाट ‘घ’ वर्गका निर्माण व्यवसायीहरुको इजाजतपत्र नवीकरण गर्ने क्रममा उक्त फर्म/कम्पनी दर्ता भएको मितिदेखि नै व्यवसाय कर बुझाउनुपर्ने र सो कर नबुझाएमा आर्थिक वर्षको नवीकरण नगरिदिने कारणबाट व्यवसायीहरु आर्थिक मारमा परेको महासंघको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू भएको मितिदेखि मात्र व्यवसाय कर लिई सम्बन्धित ‘घ’ वर्गका निर्माण व्यवसायीहरुको इजाजतपत्र नवीकरण गरिदिने व्यवस्थाका लागि आवश्यक निर्देशन गरिदिनु महासंघले आग्रह गरेको छ । ‘घ’ वर्गका निर्माण व्यवसायीहरुको इजाजतपत्र नवीकरण गर्ने क्रममा व्यवसायीहरु आर्थिक रुपमा दोहोरो करको मारमा परेको र सम्बन्धित कार्यालयहरुबीच उचित समन्वय समेत नभएकाले समस्या समाधानका लागि पहल गर्न महासंघले अनुरोध गरेको छ । महासंघ प्रतिनिधिमण्डलमा महासंघका कोषाध्यक्ष रोशन दाहाल, महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष सुबित श्रेष्ठ, निर्माण व्यवसायी संघ ललितपुरका अध्यक्ष नमराज खड्का, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायतको सहभागिता रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आगलागी पीडितलाई राहत

रुकुमपूर्वमा आगलागी पीडित ज्ञानप्रसाद बुढा९दीलबहादुर बुढा०को परिवारलाई आज राहत वितरण गरिएको छ...

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका...

जडीबुटी खेतीबाट आत्मनिर्भर बन्दै महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समुहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुनथालेका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै