logo

बृहत् तीज व्यापार मेला हुने

काठमाण्डौं, साउन २५
महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्टसंसार डटकमको व्यवस्थापनमा बृहत् तीज व्यापार मेला आयोजना हुने भएको छ । ‘हामी सबै सिर्जनशील महिलाको एउटै नारा ‘सीप सिकौं, उद्यम गरौं, बनौँ आत्मनिर्भर सारा’ भन्ने मूल नारासहित भदौ ७ देखि १० गतेसम्म प्रदर्शनी हल भृकुटीमण्डपमा १७औं तीज महोत्सव हुने भएको हो । मेलालाई जापानको प्रसिद्ध ब्राण्ड मिनिसोले प्रस्तुत गरेको छ भने डाबर नेपालको गुलाबरी रोज वाटरको मुख्य प्रायोजन तथा महिलाहरुले प्रयोग गर्ने सेफ्टीको सहकार्य रहेको छ । सन २००२ बाट महिला सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले तीज महोत्सव सुरु भएको हो । यसपटक दुई सयभन्दा बढी स्टलहरु रहने आयोजकले जानकारी दिएको छ । त्यसैगरी मेलामा एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गर्ने पनि आयोजकको भनाइ छ । महिला सिर्जना र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले यसपटक पाँच उत्कृष्ट व्यवसायलाई अवार्ड दिने पनि बताइएको छ । साथै मेलामा अवलोकनकर्ताहरुको लागि निःशुल्क स्वास्थ्यशिविर, निःशुल्क फोटो सुट, निःशुल्क मेहेन्दी आर्ट, निःशुल्क हेयर कटिङलगायत हात खाली नजाने उपहारहरु पनि राखिएको बताइएको छ । समाज कल्याण, महिला तथा बालबालिका मन्त्री थममाया थापाबाट उद्घाटन हुने कार्यक्रममा १० वटाभन्दा बढी स्टल, असहाय, अशक्त, अपाङ्ग र ग्रामीण क्षेत्र पिछडिएका दिदीबहिनीहरुलाई निःशुल्क प्रदान गरिने भएको छ । यस महोत्सवमा ५० रुपैयाँ प्रवेश शुल्क पनि राखिएको बताइएको छ । यसबाट प्राप्त भएको ५० प्रतिशत रकम सामाजिक संस्थालाई प्रदान गरिएको छ । साथै दूरदराज वा रोगी बिरामी महिला दिदीबहिनीहरुलाई उपचार खर्च प्रदान गरिने बताइएको छ ।   (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोडर्न होम बिल्डर्स खुल्यो

निजी निवास बनाउने सोच राख्नु हुनेहरुलाई लक्षित गरि मोडर्न होम बिल्डर्स प्रा लि खुलेको छ । काठमाण्डौको चावहिलमा...

भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान

विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ ।...

प्रगतिशील उम्मेदवारको घोषणा

नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचनका लागि प्रगतिशील इञ्जिनीयर समूहले उम्मेदवार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै