logo

वडाको राजस्व दुई लाख !

मदनराज भट्ट
डडेलधुरा, साउन २५
आन्तरिक स्रोत केही पनि नभएको भागेश्वर गाउँपालिका वडा नं. ४ को कार्यालयले गत आर्थिक वर्ष २०७४/०७५ मा कार्यालयगतका प्रायोजनका शुल्कबाट अढाई लाख बढी राजस्व संकलन गरेको छ । वडाले सिफारिस, मालपोत, पञ्जीकरण गरी कुल दुई लाख ७६ हजार दुई सय ९७ रुपैयाँ राजस्व संकलन गरेको सोमबार कार्यालयमा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी दिइएको हो ।गत आर्थिक वर्षमा सञ्चालित नीति तथा योजनाहरुबारे वडावासीलाई जानकारी दिँदै कार्यक्रम वडासचिव पुरुषोत्तम जोशीले भौतिक पूर्वाधार निर्माणमा एक करोड २१ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको बताए । सचिव जोशीले प्रस्तुत गरेको खर्च विवरणमा सबैभन्दा बढी ७० लाख ९० हजार रकम सडक निर्माणमा खर्च गरिएको उल्लेख छ भने त्यसपछि विद्यालयतर्फ १४ लाख ३६ हजार रकम खर्च भएको छ । सामाजिक सुरक्षा भत्तातर्फको कुल प्राप्त रकम ४८ लाख १४ हजारमध्ये ४४ लाख मात्रै वितरण गरिएको र चार लाख १४ हजार गाउँपालिकालाई फिर्ता गरिएको छ । सुरक्षा भत्ता लिने सम्पर्कमा नआएपछि उक्त रकम फिर्ता गरिएको सचिव जोशीले बताए । वडा कार्यालयमा एक सय ४७ जन्मदर्ता भएका थिए भने १७ मृत्यु दर्ता भएका थिए । ४४ विवाह दर्ता हुँदा १६ जनाले बसाइसराइ गरेको उनले बताए । जनप्रतिनिधि आएको पहिलो वर्षमा गाउँपालिकाबाट प्राप्त रकमले सडक, विद्यालय, सिँचाइलगायतका क्षेत्रमा राम्रो काम भएको प्रतिक्रिया दिँदै स्थानीयले आफ्ना माग गरिएका योजनाहरु छनौट गरिनुपर्नेमा जोड दिए । सिँचाइका लागि नहरको सर्वे भए पनि उक्त योजना अघि बढ्न नसकेको भन्दै स्थानीय दलबहादुर विष्टले गुनासो गरे । ‘वर्षाैँदेखि सिँचाइको माग गर्दै आएका छौँ’, उनले भने, ‘जनप्रतिनिधि आएको पहिलो एक वर्षमा त हाम्रा माग सम्बोधन भएन, अबका वर्षमा गर्न आग्रह गर्दछु ।’ बनचुल्ल गाउँमा सिँचाइ योजना ल्याउनसके ३० बढी परिवार लाभान्वित हुने उनको भनाइ थियो । उनको गुनासोको जवाफ दिँदै वडा अध्यक्ष रत्नबहादुर विष्टले प्रदेश सरकारबाट यस वर्ष पोखरी निर्माणका लागि तीन लाख रकम आएकाले यस वर्ष उक्त रकमबराबरको काम गर्न आग्रह गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रमबाट वडा कार्यालयका नीति तथा योजनाहरु वडावासीलाई छर्लंग रुपमा गरिएकाले पारदर्शी रहको बताउँदै वडा अध्यक्ष विष्टले यसले सुझाव संकलनसँगै गुनासा प्राप्त भएकाले आगामी दिनमा वडावासीका हितका लागि योजनाहरु मागबमोजिम सञ्चालन गर्न आफू लागिपर्ने बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

केराखेतीप्रति किसानको बढ्दो आकर्षण

झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका...

वन संरक्षणमा महिलाको सहभागिता बढ्यो

पछिल्लो समय जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासङ्घ दाङले जनाएको...

मधेशको विकास नभएसम्म देशको विकास सम्भव छैनः मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै