logo

आर्थिक र जनमञ्च दुवै ‘क’ वर्गमा

काठमाण्डौं, साउन २५
प्रेस काउन्सिल नेपालले दुईवटा आर्थिक वर्षको पत्रपत्रिकाको वर्गीकरणको नतिजा बिहीबार प्रकाशित गरेको छ । आर्थिक वर्ष २०७२/०७३ र आव ०७३/०७४ को पत्रपत्रिकाको वर्गीकरणको नतिजा एकैपटक प्रकाशित गरेको हो । काउन्सिका अनुसार चाहना पब्लिकेशन प्रालिद्वारा प्रकाशित आर्थिक दैनिक दुईवटै आर्थिक वर्षमा राष्ट्रियस्तरको ‘क’ वर्गमा परेको छ । यस्तै, चाहना पब्लिकेशन प्रालिद्वारा नै प्रकाशित राष्ट्रिय जनमञ्च साप्ताहिक पत्रिका पनि राष्ट्रिय स्तरको ‘क’ वर्गमा वर्गीकृत भएको छ । काउन्सिलका अनुसार आव ०७२/०७३ मा वर्गीकरणका लागि आवेदन दिने नौ सय १३ पत्रपत्रिकामध्ये आठ सय २६ वटा पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुगलगायतका कारणले ८७ वटा पत्रिका वर्गीकरणमा समावेश भएको छैन । यस्तै, आव ०७३/०७४ मा आवेदन गर्ने नौ सय ५३ वटा पत्रपत्रिकामध्ये आठ सय १६ वटा मात्र वर्गीकरणमा समावेश भएको छन् । हुबहु, न्यूनतम अंक अपुगलगायतका कारण एक सय ३७ वटा पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् । उक्त नतिजामाथि चित्त नबुझेमा पुनारावलोकनका लागि १५ दिन र दोब्बर दस्तुर तिरेर थप सात दिनको समयमा आधार र प्रमाणसहित निवेदन दिन समेत काउन्सिलले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोडर्न होम बिल्डर्स खुल्यो

निजी निवास बनाउने सोच राख्नु हुनेहरुलाई लक्षित गरि मोडर्न होम बिल्डर्स प्रा लि खुलेको छ । काठमाण्डौको चावहिलमा...

भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान

विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ ।...

प्रगतिशील उम्मेदवारको घोषणा

नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचनका लागि प्रगतिशील इञ्जिनीयर समूहले उम्मेदवार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै