logo

वाणिज्य बैंकहरुलाई भारतीय बैंकबाट ऋण लिन बाटो खुल्ला

काठमाण्डौं, साउन २५
वाणिज्य बैंकहरुलाई भारतीय बैंकहरुबाट ऋण लिनको लागि बाटो खुल्ला भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनियम नियमित गर्ने ऐन २०१९ को दफा १० ‘ख’ले दिएको अधिकार प्रयोग गरी भारतीय बैंक तथा वित्तीय संस्थाहरुसँग भारतीय मुुद्रामा ऋण लिनको लागि बाटो खुल्ला गरिएको हो । तर यस्तो कर्जा लिनको लागि नौवटा शर्तहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । भारतीय बैंक तथा फाइनान्स कम्पनीहरुसँग भारतीय मुद्रामा लिएको कर्जा जलविद्युुत् उत्पादन तथा प्रसारणलाइन विस्तार, सडक, सुरुङमार्ग, विमानस्थल, केवलकार, पुुलजस्ता भौतिक पूर्वाधारहरु (हाउजिङ, जग्गा विकासजस्ता रियलस्टेट क्षेत्रबाहेक) विदेशी मुुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र र लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्न सकिनेछ । यसको लागि राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको हुुनुुपर्नेछ भने ऋण मागको लागि सम्बन्धित बैंकको सञ्चालक समितिको बैंठकले स्वीकृत गर्नुुपर्नेछ । राष्ट्र बैंकका अनुसार यस्तो ऋणको भुक्तानी अवधि एकदेखि पाँच वर्षको हुुनेछ तर राष्ट्र बैंकले स्वीकृति दिएको खण्डमा यस्तो कर्जा नवीकरण समेत हुुन सक्नेछ । यस्तो ऋणमा ऋणदाताले लगाउने सम्पूर्ण शुल्क समेत गरी ऋणको अधिकतम ब्याजदर भारत सरकारले जारी गरेको पछिल्लो तीन सय ६४ दिने टे«जरी बिलको औसत डिस्काउन्ट दरमा अधिकतम एक प्रतिशत प्रिमियम थप गरी सोभन्दा बढी नहुने गरी तय गरेको हुुनुुपर्नेछ । ऋणमा उक्त शुल्कबाहेक अन्य कुुनै पनि शुल्क कमिसन दिन नपाइने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैैंकका अनुसार भारतीय मुुद्रामा ऋण लिनको लागि राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्नेछ । ऋण रकम भित्रिसकेपछि अनिवार्यरुपमा राष्ट्र बैंकमा लेखांकन गराउनुुपर्नेछ । ऋणको सावाँ तथा ब्याज रकम भुक्तानी गर्दा राष्ट्र बैंकलाई जानकारी गराई अभिलेखमा अद्यावधिक गराउनुुपर्नेछ । यसैगरी ऋणको ब्याज भुक्तानी गर्दा प्रचलित नियमअनुुसार लाग्ने करकट्टी गरेर मात्र भुक्तानी गर्नुुपर्नेछ । बैंकले ऋण रकम भित्र्याउँदा सम्पत्ति शुुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुुनको पूर्णरुपमा पालना हुुनुुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
‘पैसा लैजान आग्रह गरे पनि व्यवसायीहरुले लगेनन्’ :- नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले केन्द्रीय बैंकले व्यवसायीहरुलाई पैसा लैजान आग्रह गरे पनि नलगेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा गभर्नर नेपालले उक्त कुरा बताएका हुुन् । जतिखेर वित्तीय प्रणालीमा तरलताको अभाव थिएन अर्थात् तरलता सहज थियो, त्यो हामीले व्यवसायीलाई पैसा लैजान भन्यौं तर लगेनन्। अहिले आएर व्यवसायीहरु पैसा पाइएन, ब्याज महंगो भयो भनेर दोहोरो कुरा गरिरहेकाछन्, गभर्नर नेपालले भने । वित्तीय प्रणालीमा ब्याज बढ्नुुको मूल कारण संस्थागत निक्षेप रहेको भन्दै संस्थागत निक्षेप तान्नको लागि अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि गभर्नर नेपालले बैंकरहरुलाई आग्रह गरेकाछन् । बैंकिङ क्षेत्रमा धेरै पढे/बुुझेमा मानिसहरु रहेकाछन्, यस्ता मानिसहरुले संस्थागत निक्षेपको लागि अस्वस्थ प्रतिस्पर्धा गर्न राम्रो हुुँदैन, उनले भने । बैंकिङ क्षेत्रको जनशक्ति राम्रो भएको भन्दै सोही रुपमा काम गर्न पनि गभर्नर नेपालले निर्देशन दिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोडर्न होम बिल्डर्स खुल्यो

निजी निवास बनाउने सोच राख्नु हुनेहरुलाई लक्षित गरि मोडर्न होम बिल्डर्स प्रा लि खुलेको छ । काठमाण्डौको चावहिलमा...

भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान

विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ ।...

प्रगतिशील उम्मेदवारको घोषणा

नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचनका लागि प्रगतिशील इञ्जिनीयर समूहले उम्मेदवार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै