logo

मेगाका स्वतन्त्र सञ्चालक अग्रवालद्वारा फर्जी बिल पेस गरेर रकम भुक्तानी

काठमाण्डौं, साउन २५
मेगा बैंकका स्वतन्त्र सञ्चालक दिपेन्द्र अग्रवालले फर्जी बिल पेस गरेर बैंकबाट रकम भुक्तानी लिने गरेको देखिएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकका सञ्चालकहरुले कुुनै पनि किसिमको पारिश्रमिक पाउँदैनन् । उनीहरुल पाउने भनेको बैंठक भत्ता, आवतजावत गाडी भाडा, मोबाइल, पेट्रोल तथा पत्रपत्रिका खर्च नै हो । तर मेगाका स्वन्त्र सञ्चालक अग्रवालले भने यिनै कुराहरुको नाउँमा बैंकको स्रोत र साधनको चरम दुुरुपयोग गरेको मेगा बैंक स्रोतले भनेको छ । अग्रवाल विराटनगरका स्थायीवासी हुुन् । काम र व्यवसायको सिलासिलामा उनी सधैँ काठमाडौं बस्छन् । तर काठमाडौंमै रहेको अवस्थामा पनि अग्रवालले बैंकको सञ्चालक समितिको बैठकमा आउँदा भने आफू विराटनगरमा रहेको र बैठक सकेर पुुनः विराटनगर नै जाने भन्दै आवतजावत हवाइ भाडा र काठमाडौंमा होटलमा बसेको भन्दै उक्त रकमको भुक्तानी बैंकबाट लिने गरेकाछन् । होटलको लागि अग्रवालले नक्कली बिल प्रयोग गर्ने गरेकाछन् भने हवाइ टिकटको लागि भने पहिला विराटनगरबाट दुुईतर्फी टिकट बुुक गर्ने र त्यसको प्रिन्ट निकाल्ने अनि त्यसपछि उक्त टिकटलाई रद्द गरी पहिला प्रिन्ट गरेको टिकट बैंकमा पेस गरेर रकम भुक्तानी लिने गरेकाछन् । अग्रवालले अहिलेसम्म यसैगरी लाखौं रुपैयाँ भुक्तानी लिइसकेकाछन्, स्रोतले भनेको छ । तर लामो समयसम्म यसो गरे पनि अग्रवालविरुद्ध मेगा बैंकका कुुनै पनि सञ्चालक तथा कर्मचारीहरुले आवाज उठाएका थिएनन् । तर पछिल्लो समय भने आफूलाई गैरकानुुनीरुपमा सेयर खरिद गरेको अफवाह फैलाएर सञ्चालक पदबाट हटाएको, पछिल्लो निर्वाचनमा पनि भाग लिन नदिएको भन्दै बैंकका सञ्चालक समितिका पदाधिकारीहरु तथा व्यवस्थापन प्रमुुखरुविरुद्ध विषवमन गरिरहेका छन्, स्रोतले भनेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार एकाघर परिवारका व्यक्ति सञ्चालक रहेको बैंकमा कुनै पनि व्यक्तिले आफू र आफ्नो परिवार तथा नातेदारहरु समेतको नाउँमा कुुनै सेयर खरिद गर्न पाउँदैनन् ।तर नेपाल इन्भेष्टर फोरममा समेत संलग्न रहेका अग्रवालले राष्ट्र बैंकको उक्त निर्देशनको अवज्ञा गर्दै आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तको नाउँमा सेयर खरिद गरेका थिए । सोही आधारमा अग्रवालको उक्त कार्य गैरकानुुनी रहेको भन्दै उनीविरुद्ध राष्ट्र बैंकमा उजुरी दर्ता भएको हो । स्रोतका अनुसार अग्रवालले आफू मेगा बैंकमा स्वतन्त्र सञ्चालक नै रहेको अवस्थामा आफ्नो छोरी, श्रीमती र आफ्न्तको नाउँमा झण्डै सात लाख कित्ता सेयर खरिद गर्ने गरेका थिए । अग्रवालले सेयर खरिद गरेको केही वर्षमा नै मेगा बैंकको प्रतिकित्ता सेयर मूल्य बढेर झण्डै छ सय रुपैयाँको हाराहारीमा पुुगेको थियो । यसरी बैंकको सेयर मूल्य बढ्दा अग्रवालले खरिद गरेको मेगाको सेयर भ्यालुु बढेर झण्डै ३५ करोड रुपैयाँको हाराहारीमा पुुगेको थियो । तर अहिले सिंगो सेयर बजार ओरालो लागेसँगै मेगाको प्रतिकित्ता सेयर मूल्य निकै घटेको छ । पछिल्लो समय मेगाको एक सय ६० रुपैयाँको हाराहारीमा सेयर कारोबार भएको छ । यो मूल्यलाई आधार मान्ने हो भने अग्रवालले मेगाको सेयरबापत नै केही वर्षयता झण्डै १५ करोड रुपैयाँ गुुमाइसकेकाछन् । सिंगो सेयरबजार नै ओरालो लागेको अवस्थामा अग्रवालले मेगाको सेयर मूल्य घट्नुुमा व्यवस्थापनको नै कमजोरी रहेको भन्दै बैंक र बैंकका सञ्चालकविरुद्ध मर्यादाविपरीत टीकाटिप्पणी सुरु गरेका हुुन्, स्रोतले भनेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोडर्न होम बिल्डर्स खुल्यो

निजी निवास बनाउने सोच राख्नु हुनेहरुलाई लक्षित गरि मोडर्न होम बिल्डर्स प्रा लि खुलेको छ । काठमाण्डौको चावहिलमा...

भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान

विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक जागरण अभियान आवश्यक रहेकामा जोड दिइएको छ ।...

प्रगतिशील उम्मेदवारको घोषणा

नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचनका लागि प्रगतिशील इञ्जिनीयर समूहले उम्मेदवार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै