logo

पोखरेली ग्राहकको रोजाइमा शुभ बाँसबारी छालाजुत्ता

चन्द्रबहादुर नेपाली
पोखरा, साउन २४
लगानी र उत्पादनलाई आर्थिक वृद्धिको सबल हतियार मानिन्छ । हामी उत्पादन नगर्ने खपत मात्रै गर्ने भएपछि व्यापारघाटा हुनु स्वाभाविक नै हो । आयातको वृद्धिदर उच्च र निर्यातको वृद्धिदर न्यून हुनु व्यापारघाटाको अवस्था हो । हाम्रा उत्पादित वस्तुहरूले आन्तरिक बजारमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नु चानचुने कुरा होइन । पोखराको सिर्जनाचोकमा रहेको शुभ बाँसबारी छालाजुत्ता उद्योगले त्यो चुनौतीको सामना गरिरहेको छ । वि.सं. २०६९ सालमा जम्मा तीन लाख रुपैयाँ पुँजीबाट स्थापित शुभ बाँसबारी छालाजुत्ता उद्योगद्वारा उत्पादित जेन्ट्स र लेडिज छालाजुत्ता चप्पलहरू अधिकांश पोखरेली ग्राहकहरूको रोजाइमा पर्दै आइरहेका छन् । उद्योगका सञ्चालक पवित्रबहादुर नेपालीका अनुसार अहिलेसम्म सवा करोड रुपैयाँ उद्योगमा लगानी भएको छ । स्कूल, कलेज, पाटी, क्याजुयल, बुट, स्पोर्ट जुत्ताका सधैँ चप्पलका आइटमहरू उत्पादन भइरहेको छ । उनले भने, ‘विदेशी उत्पादनका आफ्नै ग्राहक छन् भने हाम्रा उत्पादनका पनि आफ्नै ग्राहक छन् । स्वदेशी उत्पादनको निश्चित समयावधिको वारेण्टी हुने र मर्मत गर्न पनि सकिने हुँदा ग्राहकको रुचि बढ्दो छ ।’ छ सय रुपैयाँदेखि दश हजार रुपैयाँसम्म मूल्य पर्ने जुत्ताचप्पलहरू थोक तथा खुद्रा बिक्रीवितरण हुँदै आइरहेको सञ्चालक नेपालीले बताए ।
उद्योगमा दक्ष र सहयोगी कामदारसहित २० जना जनशक्तिले काम गरिरहेका छन् । प्रतिजोर जुत्ता तयार गरेबापत एक सय रुपैयाँदेखि तीन सय ५० रुपैयाँसम्म कामदारले कमाउँछन् । मासिक रुपमा ३० हजार रुपैयाँदेखि ४५ हजार रुपैयाँसम्म कामदारले बुझ्ने गरेको सञ्चालक नेपालीले बताए । उत्पादित जुत्ताचप्पलहरू पोखरा, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, लमजुङ लगायतका ठाउँहरूमा थोकमा लैजाने गर्छन् । उत्पादन गर्नसके बजारीकरणको समस्या नरहेको नेपालीले बताए । स्कूल तथा कलेज भर्नाको बेला, विवाह र चाडपर्वको समयमा राम्रो व्यापार हुने गर्दछ । जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष समेत रहेका सञ्चालक नेपालीले कास्की बाहिरबाट मेला महोत्सवको नाममा स्टल राख्न आउन खोज्ने व्यापारी तथा व्यवसायीहरूलाई आफ्नो संस्थाले रोक लगाउने गरेको बताए । उनीहरूको उद्देश्य नै पैसा कमाउने तर ग्राहकहरूलाई सेवा सुविधा नदिने रहेको छ । परम्परागत शैलीमा रहेको उत्पादन प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न सके उत्पादन वृद्धि हुने र व्यापार अभिवृद्धि हुने कुरामा उनले जोड दिए । निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनको कार्यक्रम लागू गर्दै स्वाधीन अर्थतन्त्रको विकास गरेर व्यापारघाटाको पूर्णरुपले अन्त्य गर्नु जरुरी रहेको उनले बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ब्रिटानिया सय वर्षमा

सन् १९१८ मा स्थापना भएको ब्रिटानिया इण्डस्ट्रिज लिमिटेडले स्थापनाको सय वर्ष पूरा गरेको छ । सय वर्ष पुगेको...

गुम्बा बिहार पुनर्निर्माणमा गतिरोध अन्त्यका लागि आन्दोलन

नेपाल गुम्बा विहार महासंघले गुम्बा बिहार पुनर्निर्माणमा भएको गतिरोध अन्त्यका लागि शान्तिपूर्ण आन्दोलन गरेको...

स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनाका ९६ हजार विजेता

स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायोे योजना सफलतापूर्वक अघि बढिरहेको छ । करिब २० दिनअघि सुरु भएको यस...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै