logo

नक्कली औषधिमा मुछिएको न्युरो कार्डियो अस्पतालबाट राजस्व ठगी

बिराटनगर, साउन २४
नक्कली औषधि बिक्रीवितरणमा मुछिएको न्युरो कार्डियो अस्पतालबाट राजस्व समेत चोरी हुने गरेको खुलेको छ । पछिल्लो समय मोरङ प्रहरीले अस्पतालको फार्मेसीमा छापा मारी नक्कली औषधि फेला परेपछि न्युरो कार्डियो अस्पतालको थप प्रकरणहरु खुल्न थालेका हुन् ।
स्रोतका अनुसार अस्पतालले आर्थिक वर्ष ०६८/०६९ देखि नै हालसम्म आउँदा बिरामीको रेकर्डको आधारमा सरकारलाई बुझाउनुपर्ने स्वस्थ्य सेवा करमा व्यापक अनियमितता गरेको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरस्थित एक उच्च स्रोतले दिएको जानकारीअनुसार अस्पतालले बिरामीको आधारविना नै अनुमानित रुपमा स्वास्थ्य सेवा कर बुझाउँदै आएको दाबी उक्त स्रोतले गरेको छ । राजस्व कार्यालयमा बुझाउने स्वास्थ्य सेवा करको तथ्यांक र उसैले जनस्वास्थ्य कार्यालमा बुझाउने बिरामीको रेकर्डले अस्पतालबाट स्वास्थ्य सेवा करमा ठगी गरेको पाइएको छ । उक्त अस्पतालले स्वास्थ्य सेवा करबाहेक आफ्नो पुरानो संरचनामा सञ्चालित अस्पतालको घरबहाल कर समेत अहिलेसम्म बुझाएको छैन । अस्पतालका सञ्चालक डा. विष्ट र उनकी श्रीमती अनिशा विष्ट प्रबन्धनिर्देशक रहेका छन् । अस्पतालले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट पान नम्बर ३०२००६९७१ लिई आर्थिक कारोबार गर्दै आए पनि न्यूरो डाइनेष्टिक एण्ड रिसर्च सेन्टर डा. विष्टको नाममा दर्ता भई पान नम्बर ३००९५६२५० लिएका छन् तर आन्तरिक राजस्व कार्यालयमा भने कुनै आर्थिक कारोबार नगरेको भनी विवरण बुझाएको स्रोतको दाबी छ । एकाघर परिवारका बीचमा नै दुई पान नम्बर लिई आर्थिक कारोबार गरेको अस्पतालले एउटाबाट कारोबार गरेको देखिए पनि दुवैबाट कारोबार गरी रिसर्च सेन्टरले करोडौँको राजस्व ठग्न सफल भएको स्रोतको भनाइ छ । यसबाहेक डा. विष्ट नै सञ्चालक रहेको न्यूरोहेल्थ कलेजले विद्यार्थी भर्नाका नाममा मापदण्डविपरीत लाखौँ रुपैयाँ विद्यार्थीसँग असुल्ने गरेका स्रोतले जानकारी दिएको छ । सोही कलेजमा एचए अध्ययनका लागि आवेदन गरेका विद्यार्थीले सीटीईभीटीबाट निःशुल्क छात्रवृत्तिसहित नाम निकाल्न सफल हुँदा समेत कलेजका सञ्चालक विष्ट र प्रबन्धनिर्देशक विष्टले निःशुल्क भए पनि आधा शुल्क कलेजलाई दिन निर्देशन दिएको दाबी गरिएको छ । न्युरो कार्डियो अस्पतालले सञ्चालन गरेको लाइफ सपोर्ट फार्मेसीका सञ्चालक राजेश भट्टराई न्युरोका सञ्चालक वीरेन्द्र विष्टका ज्वाइँ भएको खुलेको छ भने उनी नै अस्पतालको डाइरेक्टरदेखि अस्पतालको फार्मेसी सञ्चालकसम्म रहेको नयाँ तथ्य पनि खुलेको हो । प्रदेश १ कै उत्कृष्ट अस्पताल भएको दाबी गर्ने विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसलिस्ट अस्पतालले न्यूनतम मापदण्ड समेत पूरा नगरेको पाइएको छ । अस्पताले ठूलो हल्ला गरेर मुटुरोगीको उपचार गर्ने नयाँ अमेरिकी प्रविधि विराटनगरमा आईसीडी नामक उपकरण भित्र्याएको दाबी गरेको थियो । तर उक्त प्रविधिबाट कुनै पनि बिरामीले अहिलेसम्म कुनै पनि सेवा पाएका छैनन् । नक्कली औषधि प्रकरणअघि पनि अस्पतालले मृत्यु भइसकेकालाई ठीक हन्छ भन्दै सघन उपचार कक्ष (आईसीयू)मा राखेर बिरामीका आफन्तसँग पैसा असुल्ने गरेको धेरै उदाहरणहरु सार्वजनिक भएका थिए । बिरामी निको हुने भन्दै भेन्टिलेटर (मेसिनद्वारा कृत्रिम श्वासप्रश्वास गराएर)मा राख्ने र बिरामीका आफन्तबाट राम्रो रकम असुल्ने गरेको पीडितहरुले बताएका छन् । असम्भव उपचारलाई सम्भव बनाउन सक्ने दाबी गर्ने उक्त अस्पतालले सामान्य मापदण्ड समेत पूरा गरेको छैन । जिल्ला अनुगमन समितिले अस्पतालले न्यूनतम मापदण्ड समेत पूरा नगरेको भन्दै चेतावनीसहित मापदण्ड पूरा गर्न निर्देशन दिएपछि उक्त तथ्य खुलेको हो । अस्पतालबाट उत्पादन भएको संक्रमणजन्य फोहोर निःसंक्रमण नगरी फाल्ने गरेको दाबी समाचार स्रोतले गरेको छ । अस्पतालको भवन भूकम्प प्रतिरोधात्मक बनाइनुपर्नेेमा त्यो मापदण्ड समेत पूरा नगरेको तथा आफ्नो हाताभित्र पार्किङको व्यवस्था समेत नरहेको पाइएको छ । निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुबाट गरिब तथा असहायका लागि न्यूनतम १० शय्या व्यवस्थापन गरी निःशुल्क उपचार प्रक्रिया मिलाउनुपर्नेमा न्युरो अस्पतालबाट सरकारी नियमको समेत बेवास्ता गरिएको दाबी अस्पताल स्रोतको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

खाद्यवस्तुमा विष हालेर ज्यान मार्नेलाई जीवित रहेसम्म कैद

सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हालेर खुवाएर कसैको हत्या गरेमा त्यसरी विष हालेर हत्या...

प्रजनन स्वास्थ्यको लागि तीनवटै सरकारले बजेट विनियोजन गर्नैपर्ने बाध्यता

मातृत्व तथा प्रजनन स्वास्थ्यको लागि केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले बजेट विनियोजन गर्नैपर्ने गरी...

विराट मेडिकल कलेजको फार्मेसीबाटै नक्कली औषधि बरामद

काठमाडौं मेडिकल कलेजबाट सम्बन्धनप्राप्त विराट मेडिकल कलेजमा सञ्चालन रहेको मेडिकल फार्मेसीबाटै नक्कली औषधि...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै