logo

जीवितै मान्छेको मृत्युदर्ता प्रकरण

वडा अध्यक्षलाई किर्तेमा मुद्दा चलाउन सीडीओले पत्र काटे

काठमाण्डौं, साउन २४
जीवितै व्यक्तिको मृत्युदर्ताको प्रमाणपत्र बनाएर जग्गापास गरेको र भारतीय नागरिकलाई नेपाली नागरिक भनेर जन्मदर्ताको प्रमाणपत्र दिएको विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटले गरुडा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष राजेश कुमार सहनीलाई किर्ते मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ । यही साउन १७ मा च.नं १८२ को पत्रद्वारा किर्तेमा कारबाही अगाडि बढाउन निमित्त प्रमुख जिल्ला अधिकारीबाट पत्राचार भएको हो । वडाअध्यक्ष राजेश कुमार सहनीले भारतीयलाई नेपाली नागरिकता बनाउने प्रयासमा नेपाली नागरिक भनेर जन्मदर्ताको प्रमाणपत्र बनाएको र जीवित व्यक्तिलाई मरेको भनेर मृत्युदर्ता बनाई जग्गा नामसारी गरी अख्तियार दुरुपयोग गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग,गृह मन्त्रालय,प्रधानमन्त्री कार्यालयलगायतका निकायमा उजुरी परेको थियो । सो सम्बन्धमा आर्थिक दैनिकमा पहिलोपटक समाचार सार्वजनिक भएको थियो । गृह मन्त्रालयले समेत आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रौतहटलाई पत्राचार समेत गरेको छ । तर गत १७गते प्रहरीमा पत्राचार भएको भए पनि हालसम्म कोही/कसैलाई प्रहरीले पक्राउ भने गरेको छैन । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

केप टाउनदेखि काठमाडौंसम्म शान्तिको कामना गर्दै भ्रमण

दक्षिण अफ्रिकाको आठ सदस्यीय सद्भावना टोलीले संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय नेल्सन मण्डेला डे अर्थात्...

डच वातावरणविद् गोर्खा इको प्यानलमा

नेदरल्याण्डका वातावरणविद् मानित जाउलोले बिहीबार भक्तपुरस्थित गोर्खा इको प्यानल पुगेर कारखानाको अवलोकन भ्रमण...

ख्वप इन्जिनियरिङ कलेज र गोर्खा इको प्यानलबीच समझदारी

ख्वप कलेज अफ इन्जिनियरिङ लिवाली भक्तपुरले इन्जिनियरिगको अध्यापनका साथै अनुसन्धानलाई पनि थप प्राथमिकतामा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै