logo

धानबालीमा ब्लाष्ट र गबारोको संक्रमण

तुलसीपुर, साउन २२
यहाँका किसानले लगाएका धानबालीमा ब्लाष्ट मरुवा रोग र गबारोको संक्रमण देखापरेकोे छ । रोपेको एक महिना नबित्दै धानबालीमा यस्तो रोग देखा परेपछि उत्पादन घट्ने चिन्तामा किसान छन् । कहिले पानी अभाव त कहिले रोगको चिन्ताले वर्षेनी सताउने गरेकामा यस वर्ष पनि समयमै खेती पनि भएन । अहिले आएर गबारो र ब्लाष्टको संक्रमणले धानबाली सखाप पार्न थाल्यो भन्दै उपचारका लागि धानको बोट लिएर कृषि सेवा केन्द्रमा आएकी तुलसीपुर–६ की किसान कल्पना चौधरीले यहाँका धेरै किसानका धानमा यस्तो देखिएको छ भनिन । धानमा रोग देखा परेपछि दिनहुँ किसान बजारका एग्रोभेट, कृषि सेवा केन्द्रमा आउने गरेका छन् । पश्चिम दाङका बाघमारे, शान्तिनगर, पवननगर, फूलबारी गोलटाकुरी, हलवार, मानपुर, टरिगाउँ, डुरुवाका विभिन्न वडाबाट किसान कृषि सेवा केन्द्र र तुलसीपुरका एग्रोभेटमा उपचारको उपाय खोज्दै आउने गरेका छन् । धेरैजसो किसानका धानबालीमा गबारो र ब्लाष्ट रोग देखा परेको तुलसीपुर उपमहानगरपालिका कृषि सेवा केन्द्रका प्रमुख तिलकबहादुर केसीले जानकारी दिए । उनले कतैकतै भने जिंकको समस्याका कारण खैरो रोग लागेको भन्ने गुनासो आएकाले रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिइएको बताए । धेरैजसो हाइब्रेड जातको युएस ३१२ धानमा यो रोग देखा परेको छ । “दैनिक आठ/दश किसान कार्यालयमा आउँछन्, समस्या लिएर रोगको नियन्त्रणको उपाय सिकाएर पठाउने गरेका छौँ”,उनले भने । धुलेब्याड राखेका स्थानका धानमा बढी रोग देखिएकाले किसानलाई आगामी वर्ष हिलेब्याड राख्न सल्लाह दिएको प्रमुख केसीले बताए । तुलसीपुरस्थित एग्रीनेपाल प्रालिमा पनि दैनिक ३० जनासम्मले धानको बोट बोकेर आउने गरेको कृषि प्राविधिक माधव केसीले जानकारी दिए । ब्लाट रोगका लागि ‘हेक्जाकोनाजोल’ तथा नेटिभो वाण र गबारोका लागि ‘कोलेरो पाइरीफष्ट’ वा साइपरमेथ्रीन साँझ वा बिहान प्रयोग गर्न सल्लाह दिइएको पनि उनले बताए। रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सुन्तला किसानलाई बजारको चिन्ता

डोटीमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला बढेकामा खुशी भएका यहाँका ग्रामीण...

शीत भण्डारले जगायो किसानमा उत्साह

जिल्ला सहकारी सङ्घको अगुवाइमा पश्चिम नवलपरासीमा शीत भण्डार स्थापना हुने भएको छ । रु २६ करोडको लागतमा स्थापना...

शीत भण्डारले जगायो किसानमा उत्साह

जिल्ला सहकारी सङ्घको अगुवाइमा पश्चिम नवलपरासीमा शीत भण्डार स्थापना हुने भएको छ । रु २६ करोडको लागतमा स्थापना...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

राज्यको इच्छालाई संस्थागत गर्ने काम सार्वजनिक नीतिले गर्दछ । संविधानद्वारा राज्यलाई निर्दिष्ट गरेका...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै