logo

प्रदेश नं. ७ का दुई जिल्लामा ३२ हजार मेक्ट्रिक टन केरा उत्पादन

सुनिल आउजी
धनगढी, साउन २२
प्रदेश नं. ७ को तराईका दुई जिल्लाहरु कैलाली र कञ्चनपुरका झण्डै एक हजार किसानहरु केराखेतीमा आबद्ध रहेका छन् । साबिकको जिल्ला कृषि विकास कार्यालयले कैलाली र कञ्चनपुर जिल्लाले दिएको जानकारीअनुसार कैलालीमा छ सय २५ हेक्टर जमिनमा केराखेती रहेको र त्यसमा उत्पादन हुने २० हजार मेक्ट्रिक टन केरा उत्पादन र छ सय २५ जना किसान आबद्ध रहेका छन् । कञ्चनपुरमा तीन सय ५० हेक्टर जमिनमा केराखेती रहेकोमा पाँच सय ५७ जना किसान आबद्ध छन् भने वार्षिक उत्पादन १२ हजार मेक्ट्रिक टन केरा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । केरा कृषकहरुले सरकारले केरा कृषकहरुलाई टिकाउन नसकेको समेत गुनासो गरेका छन् । उनीहरुले प्रदेश सरकार र स्थानीय तहले नेपाली केरालाई प्रोत्साहन दिनुपर्ने भारतीय केरालाई विस्थापित गनुपर्ने दुवै तहका सरकारलाई आग्रह गरेका छन् । कैलाली–कञ्चनपुर केरा कृषकले स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरी स्थानीय तहका सरकारलाई नीति बनाउन आग्रह गरेका छन् । ‘स्थानीय क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूललगायतका कृषि उपजहरु भारतबाट आयात हुन्छन्’, केरा कृषकहरुले भने, ‘यसले गर्दा स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुले बजार पाउँदैन र बारीमै सडाएर फाल्नुपर्ने अवस्था छ ।’ उनीहरुले स्थानीय उत्पादनलाई प्रोत्साहन मिल्ने गरी स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिम्मेवार बन्न आग्रह गरे ।
केरा कृषक संघर्ष समितिले कैलालीको गोदावरी नगरपालिकामा आयोजना गरेको व्यावसायिक केरा खेतीको सम्भावना र चुनौती रहेको राष्ट्रिय कृषक महासंघका केन्द्रीय सदस्य प्रकाश थापाले बताए । उनका अनुसार स्थानीय क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुको बजारीकरणका लागि भारतीय कृषि उपजहरुको आयातमा न्यूनीकरण गर्न जरुरी रहेको बताए । त्यसैगरी भारतबाट आउने केराको क्वारेन्टाइनमार्फत रोग परीक्षण गरेरै मात्रै केरा आयात हुनुपर्ने केरा कृषक लक्ष्मीराम आचार्यले बताए । उनका अनुसार क्वारेन्टाइनमार्फत रोग परीक्षण गरेरै मात्रै केरा आयात गर्न सुझाव दिए । केराको उपयुक्त लेबलिङ र प्याकेजिङको आधारमा छुटपुर्जी दिनुपर्ने, भारतबाट आयात हुने केराको इन्टिडम्पिङ नियम कायम गरी मूल्य समायोजन गर्नुपर्ने, भन्सारमा हुने भन्सार चुहावट रोक्नुपर्ने, केरा व्यवसायमा लागेका कृषकहरुको सुरक्षा गर्नुपर्नेमा उनले बताए  । सीमाक्षेत्रमा रहेका क्वारेन्टाइन कार्यालयले बाह्य मुलुकबाट आयात हुने केराको परीक्षण नगरेरै नेपालमा केरा पठाउने गरेको केरा किसानहरुको गुनासो रहेको छ । केरा कृषक संयुक्त संघर्ष समिति कञ्चनपुर–कैलालीका अध्यक्ष सुरेन्द्र बहादुर चौधरीले भन्सार क्षेत्रमा रहेका सम्बन्धित निकायको बेवास्ताका कारण केरा कृषकहरुले समस्या भोग्नुपरेको पनि उनले बताए । उनका अनुसार भारतबाट आउने केरा स्वास्थ्यका लागि नराम्रो भए पनि सरकारी पक्षले नै भारतीय केरालाई प्रवद्र्धन गरेको बताए । ‘एकातिर हामीलाई सरकारले युवा स्वरोजगार भन्दै युवाहरुलाई व्यावसायिक रुपमा केराखेतीमा लाग्न प्रेरित गरेको छ’, उनले भने, ‘अर्कोतिर केरा कृषकहरुलाई प्रोत्साहन गर्नुको सट्टा उल्टो असहयोग भयो ।’ केरा विकास सहकारी कञ्चनपुरका अध्यक्ष पूर्णबहादुर साउदले प्रक्रियागत ढङ्गबाट भारतीय केरा नेपाल आउनुमा आफूहरुको कुनै विरोध नभएको र क्वारेन्टाइन गरेर मात्रै भारतीय केरा नेपाल आउनुपर्नेमा उनको भनाइ छ । हेल्भेटासका प्राविधिक टेकबहादुर सिंहका अनुसार लाखौं लगानी गरेर केराखेती गरेका कृषकहरुको केरा खेतमै कुहिन्छ । कैलाली कञ्चनपुर व्यावसायिक केराखेतीका लागि सम्भावना भएको क्षेत्र भएकाले उनले सरकारले कृषकले उत्पादन गरेको केराको बजारीकरणमा ध्यान दिनुपर्ने बताए । उनले कैलाली कञ्चनपुरमा मात्र झण्डै एक हजार हेक्टरमा व्यावसायिक केराखेती हुने गरेको बताएका छन् । भारतमा उत्पादित केरा आयातमा रोक लगाइए पनि कैलालीका उपभोक्ताले भने महंगो मूल्य तिरेर भारतीय केरा नै उपभोग गर्नुपरेको छ । स्थानीय केरा उत्पादक किसानहरुले कैलालीमा उत्पादित केरालाई प्रोत्साहन गर्ने भन्दै भारतबाट केरा आयातमा रोक लगाए पनि उपभोक्ता भने भारतीय केरा नै उपभोग गर्न बाध्य छन् । गौरीफन्टा नाकाबाट केरा आयातमा रोक लगाए पनि रुपैडिहा नाकाबाट नेपाल भित्रिने केरा नै कैलालीका उपभोक्ताले उपभोग गर्नुपरिरहेको छ । केरा उत्पादक किसानहरुले कैलाली केरामा आत्मनिर्भर छ भने पनि मागअनुसार उत्पादन गर्न नसक्दा भारतमा उत्पादित केरा नै नेपाली बजारमा भित्र्याउनुपरेको हो । किसानको पटक–पटकको मागपछि प्लान्ट क्वारेन्टाइन कार्यालय धनगढीले गत वर्षको असोजबाट भारतीय केराको आयातमा रोक लगाएको थियो । नजिकको गौरीफन्टा नाकाबाट केरा आयातमा रोक लगाएपछि रुपैडिहा नाका हुँदै नेपालगञ्ज भएर धनगढी पुग्ने केराको मूल्य दुई गुणा महंगो छ । रुपैडिहा नाकाबाट कैलाली भित्रिने केरा उपभोक्ताले प्रतिदर्जन ९० रुपैयाँसम्म तिर्नुपरेको छ । जबकि गौरीफन्टा नाका भएर आउँदा उक्त मूल्य ५० देखि ५५ रुपैयाँ पर्ने गरेको केरा व्यापारी बताउँछन् ।
गौरीफन्टा नाकाबाट केरा आयातमा रोक लगाए पनि नेपाली किसानले आवश्यकताअनुसार केरा उत्पादन गर्न रुपैडिहा नाकाबाट भारतीय व्यपारीले नै कैलाली ल्याउने गरेको थोक बिक्रेताहरु बताउँछन् । बजारमा प्रत्येक दिन हजारौँ टन केराको माग बढेको बेला थोक व्यापारीले ढुवानी, चिस्यानलगायतले मूल्य बढेको बताए । थोक व्यापारीका अनुसार लामो यात्रामा केरा ल्याउँदा केराको गुणस्तर समेत घटेको छ । टीकापुरमा केरा उत्पादन गर्दै आएका रामबहादुर कुँवरले गौरीफन्टा नाकाबाट केरा नेपाल भित्रिँदा कैलालीमा उत्पादित केराभन्दा प्रतिदर्जन १२ देखि १५ रुपैयाँसम्म सस्तो पर्दा स्थानीय केरा बिक्री नहुने गरेको बताए । आर्थिक वर्ष २०७३/०७४ मा मात्रै गौरीफन्टा नाकाबाट एक हजार छ सय ८९ मेट्रिक्टन केरा कैलाली भित्रिएको थियो । चालू आर्थिक वर्षको दुई महिनामा मात्रै चार सय ४४ टन केरा कैलाली भित्रिएको छ । ‘केराको माग अत्यधिक छ, तर नेपालमा केरा छन्, उपभोक्ताको मागअनुसार नै रुपैडिहा नाकाबाट केरा ल्याउनुपरेको छ’, जयश्री बासुलिङ ट्रेड एण्ड सप्लायर्सका सञ्चालक महादेव भट्टले भने, ‘नेपालमा सिजनअनुसार मात्रै केरा उत्पादन हुन्छ, त्यसैले भारतबाट केरा ल्याउनैपर्छ ।’ नजिकको नाकाबाट बन्द गरेर टाढाको नाकाबाट ल्याउनुपर्दा उपभोक्ता महंगो मूल्यमा किन्न बाध्य भएको उनको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कैलालीमा दुई सय ५० भन्दा बढी कृषक केरा खेतीमा छन् । करिब सात सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती गरिन्छ । कैलालीमा उत्पादन हुने केरा सुदूरपश्चिमका नौ वटै जिल्ला र दाङ, सुर्खेतलगायत जिल्लामा निर्यात हुने गरेको छ । झण्डै आठ लाख जनसंख्या रहेको कैलाली जिल्लामा वार्षिक ६४ हजार मेट्रिकटन तरकारी तथा फलफूलको आवश्यकता पर्दछ । कैलाली जिल्लामा चालू आर्थिक वर्ष २०७४/०७५ मा करिब १० हजार आठ सय मेट्रिकटन केरा उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७३/०७४ को तुलनामा यो आर्थिक वर्ष केरा उत्पादन बढेको छ । गत वर्ष सात सय ३५ हेक्टर जमिनमा नौ हजार नौ सय सय २२ मेट्रिक टन उत्पादन भएको थियो । तराईको भूभागमा उन्नत जातको केरा उत्पादन बढेसँगै पहाडी गाउँपालिका महोन्याल र चुरेमा स्थानीय केराको उत्पादन पनि बढेको तथ्यांकले देखाएको छ । (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मकैको चिउरा उद्योगको शिलान्यास

झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा...

उन्नत तोरीको बीउ वितरण

तोरीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले यसवर्ष यहाँका किसानलाई ३० क्वीन्टल उन्नत...

तरकारीले मूल्य नपाउँदा किसान चिन्तित

उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै