logo

बालक अपहरण गरी हत्या

अपहरणकारी दुई जना तामाङ पनि प्रहरी मुठभेडमा मारिए

काठमाण्डौं, साउन २२
अपहरणकारी समूहले बालक अपहरण गरी हत्या गरेका छन् । अपहरणकारीले सिन्धुपाल्चोक ज्यामिरे–९ स्थायी घर भई काठमाडौं महानगरपालिका–३२ काँडाघारी बस्ने गणेश बहादुर खड्काको छोरा वर्ष ११ को निशान खड्कालाई आइतबार साँझ अपरहण गरी हत्या गरेका हुन् । बालक अपहरणकारी पनि प्रहरी मुठभेडमा मारिएका छन् । अपहरणमा परेका बालक निशानको खोजीकार्यमा संलग्न प्रहरी र अपहरणकारीबीच भएको मुठभेडमा दुई जना अपहरणकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी मुठभेडमा मृत्यु हुनेमा नुवाकोट सामरीका २२ वर्षका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थरीका २३ वर्षका अजय तामाङ रहेका छन् । आइतबार साँझ काँडाघारीबाट निशान एक्कासि बेपत्ता भएका थिए । निशानको खोजतलास भइरहेको अवस्थामा सोही दिन बेलुका ९ बजेको समयमा अपरिचित व्यक्तिले बालकको आमा चमेली खड्काको मोबाइलमा फोन गरी निशानलाई आफूहरुले अपहरण गरेको जानकारी दिएका थिए । अपहरणकारीले चमेलीसँग ४० लाख रुपैयाँ फिरौती रकम माग गरेको प्रहरीले जनाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले निशानको खोजतलासीको क्रममा सोमबार दिउँसो साँढे १२ बजेको समयमा भक्तपुरको ठिमी नगरपालिका–९ स्थित श्याम लवटको निर्माणाधीन घर जगसँगै खनिएको खाल्डोमा निशानको लास फेला पारेको थियो । निशानलाई अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न रहेका अपराधी व्यक्तिहरु भक्तपुर जिल्लाको पाइलटबाबा जंगलतर्फ भागेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई खोजतलास गर्न गएको थियो । प्रहरी पाइलटबाबा जंगलतर्फ जाने क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–८ पाइलटबाबाको आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । अपहरणकारीले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपछि भएको मुठभेडमा अपहरणकारीको मृत्यु भएको हो । मुठभेड हुँदा प्रहरी टोलीले आफ्नो आत्मरक्षाको लागि गोली प्रहार गर्दा अपराधी समूहमा रहेका दुई जना व्यक्तिलाई लाग्न गई उनीहरुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट पेस्तोल थान–१ र पेस्तोलको गोली दुई राउण्ड बरामद गरेको जनाएको छ । बालक अपहरणपश्चात् हत्या भएको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दशैंको मौका पारी मनपरी भाडा असुल्दै गाडीधनी

बझाङ दशैं नजिकिएसँगै बझाङमा चल्ने जिपहरुले मनपरी भाडा असुल्न थालेका छन् । दशैं–तिहाररको समयमा देश विदेशबाट घर...

प्रधानमन्त्री र अख्तियार प्रमुखको भेट रहस्यमय

एक जना प्रधानन्यायाधीशलाई अस्वाभाविक रुपले तर्साएपछि फेरि त्यसरी ने अस्वाभाविक लाग्ने गरी एकै दिन सुनुवाइ एकै...

सेयर धितोमा बैंक तथा फाइनान्स कम्पनीहरुको ४१ अर्ब १२ करोड रुपैयाँ कर्जा

बैंक तथा फाइनान्स कम्पनीहरुले सेयर धितो लिएर ४१ अर्ब १२ करोड ८८ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । नेपाल...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै