logo

प्रवासमा पुरुषोत्तमको एकल सांगीतिक कार्यक्रम

काठमाडौं,
आफ्नो देश छाडेर प्रवासी भूमिमा अध्ययन, रोजगार वा रोजगारको व्यवसाय गरेर बसेका नेपालीहरुमाझ मनोरञ्जनका लागि विभिन्न कार्यक्रमहरु आयोजना हुने गरेका छन् । जुन कार्यक्रममा सामूहिक र एकल हुने गरेका छन् । सामूहिक कार्यक्रम विगत लामो समयदेखि विश्वमा रहेका नेपालीमाझ सामेल हुँदै आएका छन् भने एकल साँझको प्रवासमा आयोजना हुन लागेको इतिहास भने त्यति लामो छैन ।
अहिले पछिल्लो समयमा आएर विश्वका विभिन्न देशमा नेपाली लोक दोहोरी एवं आधुनिक गायक गायिकाहरुको एकल साँझ गर्ने गरेको पाइएको छ । यसै सन्दर्भमा गत हप्ता मात्रै नेपाली सुगम संगीत क्षेत्रका एक नक्षत्र रामकृष्ण ढकालले अमेरिकाको न्यूयोर्क सहरमा उल्लासमय रुपमा एकल सांगीतिक प्रस्तुति सम्पन्न भएको आयोजक मितेरी ग्रुपको हिमालयन यभेन्टसले जानकारी दिएको छ । जसमा लाइभ बाजाका साथमा बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्देखि लिएर उनका दर्जनौं गीत प्रस्तुत गरेका थिए । चरिले त छाडेर गैगयो, माया गर्नेको चोखो माया, हिरा काट्ने हिरैमा राखेर, बिहान उठ्ने बित्तिकैलगायत सयौं चर्चित सुगम गीत, चलचित्रका गायकको रुपमा चिनिएका गायक ढकालको अमेरिकामा भएको यो पहिलो एकल साँझ हो भने देशभित्र त विगत लामो समयदेखि आफ्नो एकल साँझ गर्दै आएका छन् । ५० को दशकको सुरुवात हुनुभन्दा अगि नेपाली सुगम क्षेत्रका चर्चित गायकको रुपमा उदाएका गायक ढकालको यो प्रवासमा समेत आफ्नो एकल गायन प्रस्तुत गरेर आफ्नो छवीलाई अझ फराकिलो पार्न सफल भएका छन् । यस्तै गरेर नेपाली लोक दोहोरी गायनमा आफ्नो अलग गायन कला र गलाका माध्यमबाट परिचित सुमधुर स्वरका धनी गायक पुरुषोत्तम न्यौपानेले पनि अमेरिकामा दुईवटा आफ्नो एकल साँझमा प्रस्तुत हुने भएका छ्न् । आफ्नै जन्मेको गाउँको नाम ‘बलाम देवीथान बेल्टारीमै यो दुःखी जीवनलाई बिताइरहन पाउँ’ बाट औपचारिक रुपमा सांगीतिक यात्राको सुरुवातसँगै चर्चा कमाउनसमेत सफल रहेका गायक न्यौपाने संख्यात्मक रुपमा पाँच हजार १० हजार भनेर गफ लगाउनभन्दा पनि उनले जति पनि गीत गाएका छन् । सबै दर्शक श्रोताका जिब्रोमा झुण्डिएका छन् । श्रोताले पनि उनले गीत गाए भनेर औंला गन्न सक्ने किसिमले चर्चा कमाएका गीत छन् । फूलको वासना, ऐना हेरेर, झिलझिल सितारा, मिर्मी मुनि काली तुनेको, सररर पमनी घट्टामा, ढुङ्गे धारामा, पूर्वैमा झ्याल राखे, घामजस्तो चम्किलो जुन हुँदैन, आज मुग्लिङ झरौं, म त हिँडेँ पोखरा, कुर्तासुरुवाल हिल, घाँसै राम्रो सिरु, मलाई काठमाडौंले धपाएकै हो लगायत धेरै चर्चित गीतका गायक न्यौपाने विगत एक महिना पहिले अमेरिकाको सांगीतिक यात्रामा आफ्नी जीवन संगीनी तथा गायिका एवं सङ्कलक भगवती न्यौपानेका साथमा यात्रारत छन् र यसै अवसरमा अमेरिकाका विभिन्न सहरमा भएका सानातिना सांस्कृतिक कार्यक्रममा उनी सहभागी नै रहेका छन् यसका अलावा उनका प्रशंसक, दर्शक र प्रवासमा रहेका शुभ चिन्तकले यही अगस्त ५ तारिखका दिन अमेरिकाको न्यूयोर्क सहरमा रहेको बाजेको सेकुवामा एकल साँझ हुँदैछ भने अगस्त १२ तारिखमा स्याङ्जा समाज अमेरिकाले पनि उनको एकल साँझ गर्ने भएको जानकारी गायक न्यौपाने एवं स्याङजा समाज अमेरिकाका वर्तमान अध्यक्ष श्याम कार्कीले जानकारी दिएका छन् ।
यस्तै गरेर जापानमा रहेर व्यवसायका अलावा गीत संगीतका अनवरत रुपमा संघर्ष गर्दै आएका लोकदोहोरी तथा सुगम गायक तथा संगीतकार रामकृष्ण बम मल्लले पनि यही आउँदो अक्टोबर २ तारिखका दिन जापानको टोकियोमा रामकृण बम मल्ल एकल साँझ आयोजना हुने भएको छ । वाग्लुङमा जन्मेर ५० को दशकको सुरुवातबाटै नेपाली गायन क्षेत्रमा उदाएका गायक मल्ल नेपालमा रहँदा पनि विभिन्न सांस्कृतिक कार्यक्रम, प्रतियोगिताहरुमा भाग लिएर आफ्नो उत्कृष्टता देखाइसकेका छन् भने प्रवासमा गएपछि पनि आफ्नो व्यवसायका अलावा सांगीतिक यात्रालाई पनि निरन्तरता दिइरहेका छन् । भने बेलाबेलामा आफ्ना सांगीतिक एलबम पनि बजारमा ल्याइरहेका छन् । जापानमा फरक शैलीमा हुन लागेको यो एकल साँझमा उनलाई वाद्यवादकमा मादलमा रिसी पौडेल, सारङगीमा मनबहादुर थापा, ढोलकमा उत्तम विक, बाँसुरीमा खड्ग पुन अक्टो प्याडमा भरत सुनार र हार्मोनियममा गायक स्वयं रहनेछन् भने अन्य अतिथि वाद्यवादक एवं गायकगायिकाहरु पनि रहनेछन् । कलाकारहरुलाई आकस्मिक रुपमा भैपरी आउने उपचारको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले राखेको कलाकार कल्याणकारी कोषलाई अझै सहयोग गर्ने हेतुले आयोजना गर्न लागिएको उक्त एकल साँझ एक सामाजिक सेवाको भावनाले आयोजना गर्न लागिएको आयोजकले जमानकारी दिएको छ । वाग्लुङ समाज जापान, गल्कोट स्पोर्ट क्लब जापान,अन्तर्राट्रिय साहित्य समाज जापान, दर्शन समाज जापान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखा सहआयोजक रहेको यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने तयारीका सात जुटिरहेको आयोजक समितिका संयोजक डिपी. पौडेलले जानकारी दिएका छन् । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा “ओके छ नी त ”

चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा निकै रमाइलो लोकदोहोरी गीत“ओके छ नी त ” गीतको भिडियो...

खुमन र गायत्रीको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै